विवाद समाधान गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विवाद समाधान गर्दै

मत्ती 18 : 15 – 17
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।
16 तर त्‍यसले सुनेन भने आफ्‍नो साथ अरू एक वा दुई जनालाई लैजाऊ र दुई अथवा तीन साक्षीद्वारा प्रत्‍येक कुरा पक्‍का होस्‌।
17 यदि त्‍यसले तिनीहरूका कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, मण्‍डलीलाई भन। त्‍यसले मण्‍डलीको कुरा पनि सुन्‍न इन्‍कार गर्‍यो भने, त्‍यो तिम्रो लागि विधर्मी र कर उठाउनेसरह होस्‌।

एफिसी 4 : 31 – 32
31 सबै तीतोपना, क्रोध र रीस, होहल्‍ला र निन्‍दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्‍यागिदेओ।
32 जसरी परमेश्‍वरले ख्रीष्‍टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्‍यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।

हितोपदेश 15 : 1
1 नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ।

मत्ती 18 : 15
15 “तिम्रो भाइले तिम्रो विरुद्धमा अपराध गर्‍यो भने, गएर तिमीहरू दुई मात्र हुँदा त्‍यसको दोष देखाइदेऊ। त्‍यसले तिम्रो कुरा सुन्‍यो भने, तिम्रो भाइ आफ्‍नो भयो।

कलस्सी 3 : 13
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।

एफिसी 4 : 26
26 क्रोध गर, तर पाप नगर। घाम अस्‍ताउन अघि नै तिमीहरूको रीस मरोस्,

याकूब 4 : 1 – 6
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र?
2 तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ।
3 तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ।
4 व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ।
5 के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ,
6 तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।”

मत्ती 5 : 9
9 धन्‍य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्‍वरका छोराहरू कहलाइनेछन्‌।

मत्ती 5 : 24
24 तिम्रो भेटी त्‍यही वेदीको सामु छोड, र जाऊ। पहिले आफ्‍नो भाइसँग मिलाप गर, र त्‍यसपछि आएर आफ्‍नो भेटी चढ़ाऊ।

मत्ती 7 : 5
5 ए ढोंगी, पहिले आफ्‍नै आँखाबाट मूढ़ा निकाल, तब तिम्रो भाइको आँखाबाट धूलोको कण निकाल्‍नलाई तिमी सफासँग देख्‍न सक्‍नेछौ।

लूका 17 : 3
3 आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर।

याकूब 1 : 19 – 21
19 मेरा प्रिय भाइहरू, यो कुरा जान: प्रत्‍येक मानिस सुन्‍नमा छिटो, बोल्‍नमा ढिलो र रिसाउनमा धीमा हुनुपर्छ।
20 किनकि मानिसको रीसले परमेश्‍वरको धार्मिकता ल्‍याउँदैन।
21 यसैकारण सबै फोहोर कुरा र समस्‍त दुष्‍टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्‍छ।

याकूब 5 : 16
16 यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्‍ना पाप स्‍वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्‍ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ।

लूका 6 : 27
27 “तर तिमी सुन्‍नेहरूलाई म भन्‍दछु, आफ्‍ना शत्रुलाई प्रेम गर, र घृणा गर्नेहरूलाई भलाइ गर,

एफिसी 4 : 15 – 16
15 बरु प्रेमसित सत्‍य बोल्‍दै हरेक कुरामा हामी उहाँसम्‍मै, अर्थात्‌ ख्रीष्‍टसम्‍मै बढ्‌दैजाऔं, जो शिर हुनुहुन्‍छ।
16 उहाँबाट नै सारा शरीर प्रत्‍येक जोर्नीद्वारा जोडिएको र बाँधिएको भई प्रत्‍येक भागले ठीक-ठीक काम गरी सुगठित हुनेछ र प्रेममा वृद्धि हुँदैजानेछ।

यूहन्‍ना 7 : 24
24 मुख हेरेर होइन, तर ठीक किसिमले इन्‍साफ गर।”

१ यूहन्‍ना 4 : 7 – 8
7 प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ।
8 प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ।

हिब्रू 12 : 14 – 15
14 सबै मानिसहरूसँग शान्‍तिमा बस्‍ने र पवित्र हुने प्रयत्‍न गर; पवित्रताविना कुनै मानिसले परमप्रभुलाई देख्‍न सक्‍दैन।
15 ध्‍यान देओ, कि कुनै मानिस परमेश्‍वरको अनुग्रह प्राप्‍त गर्नदेखि वञ्‍चित नहोस्, ताकि तीतोपनको जरो उम्रेर आईकन त्‍यसले फूट नल्‍याओस्, र धेरै जनालाई अशुद्ध नपारोस्‌।

हितोपदेश 17 : 14
14 कलह सुरु हुनु बाँध भत्‍किनुजस्‍तो हो, त्‍यसैले वाद-विवाद चर्किनुभन्‍दा अघि नै त्‍यसलाई बन्‍द गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *