यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विधवा र अनाथ
याकूब 1 : 27
27 परमेश्वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्कलङ्क राख्नु।
यशैया 1 : 17
17 भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
हिब्रू 13 : 1 – 25
1 भातृ-प्रेम बनिरहोस्।
2 परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्।
3 आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
5 तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ, “म तिमीहरूलाई कुनै रीतिले छोड्नेछैनँ, म तिमीहरूलाई त्याग्नेछैनँ।”
6 यसकारण निर्धक्क भएर हामी भन्दछौं, “प्रभु मेरा सहायक हुनुहुन्छ, म डराउनेछैनँ। मानिसले मलाई के गर्न सक्छ?”
7 आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।
8 येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
9 विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
10 हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11 प्रधान पूजाहारीले पापबलिको निम्ति जनावरको रगत महापवित्र स्थानमा ल्याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्छन्।
12 यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्ट भोग्नुभयो।
13 यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौं।
14 किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।
15 यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
16 भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
17 तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
18 हाम्रो निम्ति प्रार्थना गर। हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।
19 तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।
20 अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले
21 तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन।
22 भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।
23 तिमीहरूलाई यो थाहा दिन चाहन्छु, कि हाम्रो भाइ तिमोथी कैदबाट छुटेका छन्। यदि उनी चाँड़ै आए भने म उनको साथमा तिमीहरूलाई भेट्न आउनेछु।
24 तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
25 तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन।
१ तिमोथी 5 : 1 – 21
1 वृद्ध मानिसलाई नहप्काऊ, तर तिनलाई बाबुलाई जस्तै गरी सम्झाऊ। आफूभन्दा सानाहरूसँग भाइसमान व्यवहार गर।
2 वृद्ध स्त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्पूर्ण पवित्रतासाथ बहिनीसमान व्यवहार गर।
3 जो साँच्चै नै विधवा हुन्, तिनलाई आदर गर।
4 कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन् भने, तिनीहरूले सर्वप्रथम आफ्नै परिवारप्रति आफ्नो धार्मिक कर्तव्य पालन गर्न सिकून्, र आफ्ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्वरको दृष्टिमा ग्रहणयोग्य हुन्छ।
5 तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।
6 तर यदि तिनी सुख-विलासमा मस्त रहन्छिन् भनेता तिनी जीवित भएर पनि मरेकी तुल्य हुन्।
7 तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्।
8 यदि कसैले आफन्तहरूको र विशेष गरी आफ्नै परिवारको पालनपोषण गर्दैन भनेता त्यसले विश्वासलाई इन्कार गर्दछ, र विश्वास नगर्नेहरूभन्दा पनि खराब हुन्छ।
9 साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्कार गरेकी, सन्तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्यान दिएकी साबित हुनुपर्छ।
11 तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्टबाट टाढ़ा लान्छ, तब तिनीहरूले विवाह गर्ने इच्छा गर्छन्।
12 यसरी आफ्नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्डमा पर्छन्।
13 त्यसबाहेक तिनीहरू घर-घर डुल्ने भई अल्छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्ने, बोल्नु नहुने कुराहरू बोल्ने हुन्छन्।
14 यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन् भन्ने म चाहन्छु,
15 किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्।
16 यदि विश्वासी स्त्रीका कोही आफन्तहरू विधवा छन् भने तिनले उनीहरूलाई सघाऊन्, र मण्डलीमाथि कुनै बोझ नपरोस्, र मण्डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्।
17 मण्डलीको असल रेखदेख गर्ने एल्डरहरू दोबर आदरका योग्य हुन्छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्।
18 किनभने पवित्रशास्त्र भन्छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्नो कामको ज्याला पाउनुपर्छ।”
19 दुई वा तीन साक्षीको गवाहीबाहेक एल्डरको विरुद्धमा लाएको आरोप कहिल्यै स्वीकार नगर।
20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्काऊ, र यसरी अरूहरू पनि डराउनेछन्।
21 परमेश्वर र ख्रीष्ट येशूको सामु र चुनिएका स्वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।
याकूब 2 : 1 – 26
1 मेरा भाइ हो, प्रभु येशू ख्रीष्ट, महिमाका प्रभुमाथि तिमीहरूको विश्वास भएको हुनाले तिमीहरूले कुनै भेदभाव नदेखाओ।
2 यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने,
3 तिमीहरूले त्यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्नुहोस्” भन्छौ, र त्यस गरीबलाई चाहिँ “तँ त्यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्छौ भने,
4 के तिमीहरूले आफ्नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्यायकर्ता भएनौ र?
5 मेरा प्रियहरू, सुन, के परमेश्वरले संसारका गरीबहरूलाई विश्वासमा धनी तुल्याएर त्यस राज्यका उत्तराधिकारी हुनलाई चुन्नुभएन र? यहि राज्य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र?
6 तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्याचार गर्दैनन् र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन् र?
7 के तिनीहरूले त्यही आदरणीय नाउँको अपवाद गर्दैनन् र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ?
8 यदि “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्ने पवित्र-धर्मशास्त्रको राजकीय व्यवस्थालाई साँच्चै पूरा गर्दछौ भनेता असलै गर्दछौ।
9 यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्यवस्थाद्वारा अपराधी ठहरिन्छौ।
10 किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्छ तर एउटै कुरामा चुक्छ भने, व्यवस्थाका सबै कुरामा त्यो दोषी ठहरिएको हुन्छ।
11 किनकि जसले “व्यभिचार नगर्” भन्नुभयो, उहाँले “हत्या नगर्” पनि भन्नुभयो। तसर्थ यदि तिमीले व्यभिचार गर्दैनौ तर हत्या गर्दछौ भने, तिमी व्यवस्थाका अपराधी भएका छौ।
12 यसकारण तिमीहरूको बोली र व्यवहार स्वतन्त्रताको व्यवस्थाबमोजिम न्याय पाउनेहरूका जस्तै होस्।
13 किनकि जुन मानिसले कृपा गरेको छैन, त्यसको न्याय कृपाविना नै हुन्छ। कृपा न्यायमाथि विजयी हुन्छ।
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र?
17 यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
18 तर कसैले भन्ला, “तिमीसित विश्वास छ, मेराचाहिँ कामहरू छन्।” कामविनाको तिम्रो विश्वास मलाई देखाऊ, र मैले गरेको कामद्वारा म आफ्नो विश्वास तिमीलाई देखाउनेछु।
19 तिमीहरू विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ। त्यो असल हो। भूतात्माहरू पनि विश्वास गर्छन् र थरथर काम्छन्।
20 मूर्ख हो, कामविनाको विश्वास व्यर्थ हुन्छ भन्ने कुराको प्रमाण चाहन्छौ?
21 जब हाम्रा पुर्खा अब्राहामले आफ्नो छोरो इसहाकलाई वेदीमा अर्पण गरे, तब तिनी कामद्वारा नै धर्मी ठहरिएनन् र?
22 तिमी देख्तछौ, कि तिनका कामहरू सँगसँगै विश्वास क्रियाशील थियो, र कामद्वारा नै विश्वास पूर्ण भएको थियो।
23 पवित्रधर्मशास्त्रको यसो भन्ने वचन पूरा भयो, “अब्राहामले परमेश्वरमा विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो,” र उनी परमेश्वरका मित्र कहलिए।
24 तिमीहरू देख्तछौ कि कामद्वारा मानिस धर्मी ठहरिँदोरहेछ, विश्वासद्वारा मात्र होइन।
25 त्यसै गरी राहाब वेश्याले पनि, जब तिनले गुप्तचरहरूलाई सत्कार गरेर अर्कै बाटो पठाइदिइन्, तब कामहरूबाट तिनी धर्मी ठहरिएकी होइनन् र?
26 जसरी शरीर आत्मादेखि अलग हुँदा मरेको हुन्छ, त्यसै गरी विश्वास पनि कामहरूदेखि अलग हुँदा मरेको हुन्छ।
याकूब 2 : 14 – 17
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्वास छ” भन्छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्यसको विश्वासले त्यसलाई बचाउन सक्छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्ये कसैले त्यसलाई, “शान्तिसँग जाऊ, न्यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्छ, तर त्यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्यसबाट के लाभ हुन्छ र?
17 यसरी विश्वास पनि काममा प्रकट हुँदैन भने त्यो विश्वास मृत हो।
१ तिमोथी 5 : 5
5 तर जो साँच्चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्वरको आशा राख्तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्छिन्।
Leave a Reply