विधवाहरूको हेरचाह गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विधवाहरूको हेरचाह गर्दै

याकूब 1 : 27
27 परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु।

१ तिमोथी 5 : 3 – 4
3 जो साँच्‍चै नै विधवा हुन्, तिनलाई आदर गर।
4 कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ।

व्यवस्था 24 : 17 – 21
17 परदेशी र टुहुरा-टुहुरीको न्‍याय दमन नगर। कुनै विधवाको ओढ्‌ने धितोमा नलेओ।
18 तिमीहरू मिश्रमा कमारा हुँदा परमप्रभु परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुरो सम्‍झना राख। यसकारणले मैले तिमीहरूलाई यसो गर्ने आज्ञा दिएको हुँ।
19 खेतमा बालीको कटनी गर्दा एक बिटा बिर्स्‍यौ भने, त्‍यो लिन फर्केर नजाओ। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति त्‍यो छोड़िदेऊ, ताकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका हातका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्‌।
20 भद्राक्षको रूखलाई टाँगोले हिर्काई त्‍यसका फल झारेपछि फेरि दोस्रो पल्‍ट हाँगाबाट फल नझार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका चाहिँ छोड़िदिनू।
21 आफ्‍नो दाखबारीका दाख टिप्‍दा दोस्रो चोटि सोहोरसाहर नपार्नू। परदेशी, टुहुरा-टुहुरी र विधवाका निम्‍ति ती उब्रेका छोड़िदिनू।

व्यवस्था 15 : 7 – 11
7 यदि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशको कुनै नगरमा कुनै दाजुभाइ गरीब छ भने, तिमीले त्‍यस गरीब भाइप्रति निष्‍ठुर भएर आफ्‍नो मुट्ठी नबाँध्‍नू।
8 बरु आफ्‍नो मुट्ठी खोलेर त्‍यसको खाँचोअनुसार जे-जति चाहिन्‍छ सापट दिनू।
9 होशियार! कसैले कर्जा-माफीको साल आउनै लाग्‍यो भन्‍ने कुभावना मनमा राखेर आफ्‍नो गरीब दाजुभाइलाई गोहार गर्न इन्‍कार गर्‍यो, भने त्‍यस गरीबले परमप्रभुकहाँ तिम्रो विरुद्ध आवाज उठाउनेछ, र तिमीलाई पापको दोष लाग्‍नेछ।
10 तिमीहरूले त्‍यसलाई निस्‍सङ्कोच दिनू, त्‍यसलाई दिँदा तिमीहरूको मनमा कष्‍ट नहोस्, किनकि यही कारणले नै परमप्रभु तिमीहरूका परमेश्‍वरले सबै काममा र तिमीहरूले हात हाल्‍ने हरेक कुरामा तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।
11 देशमा गरीब सधैँ हुनेछन्‌। यसकारण म तिमीहरूलाई आज्ञा दिँदैछु, आफ्‍ना भाइबन्‍धु र आफ्‍नो देशमा भएका गरीब र दरिद्र हुनेहरूलाई उदार-चित्तले दिनू।

१ तिमोथी 5 : 8
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।

व्यवस्था 14 : 28 – 29
28 प्रत्‍येक तीन वर्षको अन्‍तमा वर्ष-वर्षको उब्‍जनीको सबै दशांश सहरको ढुकुटीमा थन्‍क्‍याउनू,
29 के तिमीहरूसित सहरमा बस्‍ने केही हिस्‍सा वा अंश नहुने लेवीहरू, र परदेशी, टुहुरा-टुहुरी र विधवाहरू आएर अघाउञ्‍जेल खाऊन्, र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका सबै काममा तिमीहरूलाई आशिष्‌ देऊन्।

१ तिमोथी 5 : 1 – 25
1 वृद्ध मानिसलाई नहप्‍काऊ, तर तिनलाई बाबुलाई जस्‍तै गरी सम्‍झाऊ। आफूभन्‍दा सानाहरूसँग भाइसमान व्‍यवहार गर।
2 वृद्ध स्‍त्रीहरूसँग आमाझैँ, र युवतीहरूसँग चाहिँ सम्‍पूर्ण पवित्रतासाथ बहिनीसमान व्‍यवहार गर।
3 जो साँच्‍चै नै विधवा हुन्, तिनलाई आदर गर।
4 कुनै विधवाका छोरा-छोरी वा नाति-नातिनाहरू छन्‌ भने, तिनीहरूले सर्वप्रथम आफ्‍नै परिवारप्रति आफ्‍नो धार्मिक कर्तव्‍य पालन गर्न सिकून्, र आफ्‍ना माता-पिताका उपकारको ऋण चुकाउन सकून्, किनकि यो परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य हुन्‍छ।
5 तर जो साँच्‍चै नै विधवा हुन्, र तिनको कोही छैन भने, तिनले परमेश्‍वरको आशा राख्‍तछिन्, र रातदिन नम्र-निवेदन र प्रार्थनामा लागिरहन्‍छिन्‌।
6 तर यदि तिनी सुख-विलासमा मस्‍त रहन्‍छिन्‌ भनेता तिनी जीवित भएर पनि मरेकी तुल्‍य हुन्‌।
7 तिनीहरूलाई यी कुराको आज्ञा देऊ, ताकि तिनीहरू दोषरहित होऊन्‌।
8 यदि कसैले आफन्‍तहरूको र विशेष गरी आफ्‍नै परिवारको पालनपोषण गर्दैन भनेता त्‍यसले विश्‍वासलाई इन्‍कार गर्दछ, र विश्‍वास नगर्नेहरूभन्‍दा पनि खराब हुन्‍छ।
9 साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।
10 साथै तिनले असल काम गरेकी, छोरा-छोरीहरू हुर्काएकी, परदेशीहरूको सत्‍कार गरेकी, सन्‍तहरूका खुट्टा धोएकी, दुःखीहरूको उपकार गरेकी र जुनसुकै पनि असल काममा ध्‍यान दिएकी साबित हुनुपर्छ।
11 तर कम उमेरका विधवाहरूको नाउँचाहिँ विधवा-सूचीमा नलेख, किनकि जब तिनीहरूको काम-वासनाले तिनीहरूलाई ख्रीष्‍टबाट टाढ़ा लान्‍छ, तब तिनीहरूले विवाह गर्ने इच्‍छा गर्छन्‌।
12 यसरी आफ्‍नो पहिलो वाचा भङ्ग गरेको कारण तिनीहरू दण्‍डमा पर्छन्‌।
13 त्‍यसबाहेक तिनीहरू घर-घर डुल्‍ने भई अल्‍छी गर्ने मात्र होइन तर कुरौटे, अर्काको काममा हात हाल्‍ने, बोल्‍नु नहुने कुराहरू बोल्‍ने हुन्‍छन्‌।
14 यसकारण कम उमेरका विधवाहरूले विवाह गरून्, छोरा-छोरीहरू पाऊन्, घरबार सम्हालून्, र विरोधीलाई हाम्रो बदनाम गर्ने मौका नदेऊन्‌ भन्‍ने म चाहन्‍छु,
15 किनकि कोही-कोही त अघि नै शैतानतर्फ गएका छन्‌।
16 यदि विश्‍वासी स्‍त्रीका कोही आफन्‍तहरू विधवा छन्‌ भने तिनले उनीहरूलाई सघाऊन्, र मण्‍डलीमाथि कुनै बोझ नपरोस्, र मण्‍डलीले चाहिँ विधवाहरूलाई सहायता दिन सकोस्‌।
17 मण्‍डलीको असल रेखदेख गर्ने एल्‍डरहरू दोबर आदरका योग्‍य हुन्‍छन्, विशेष गरी, जसले वचनको प्रचार र शिक्षामा परिश्रम गर्छन्‌।
18 किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”
19 दुई वा तीन साक्षीको गवाहीबाहेक एल्‍डरको विरुद्धमा लाएको आरोप कहिल्‍यै स्‍वीकार नगर।
20 पापमा लागिरहनेहरूलाई सबैका सामु हप्‍काऊ, र यसरी अरूहरू पनि डराउनेछन्‌।
21 परमेश्‍वर र ख्रीष्‍ट येशूको सामु र चुनिएका स्‍वर्गदूतहरूका सामु म तिमीलाई कड़ा आज्ञा दिन्‍छु, कुनै भेदभाव वा पक्षपात नगरी यी नियमहरू तिमीले पालन गर।
22 कसैमाथि हात राख्‍ने काममा हतार नगर। कुनै मानिसको पापमा सहभागी नहोऊ। आफूलाई पवित्र राख।
23 अघिजस्‍तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
24 कुनै-कुनै मानिसका पापहरू त सोझै इन्‍साफमा पुग्‍ने गरी प्रत्‍यक्ष हुन्‍छन्, तर अरू कतिका पापहरू पछि मात्र देखा पर्छन्‌।
25 त्‍यसै गरी असल कामहरू त प्रत्‍यक्ष हुन्‍छन्, र जो प्रत्‍यक्ष छैनन्, ती पनि गुप्‍तमा रहन सक्‍दैनन्‌।

१ तिमोथी 5 : 9
9 साठी वर्षदेखि माथिकी विधवा, जसको एक चोटि मात्र विवाह भएको थियो, तिनलाई मात्र विधवा-सूचीमा राख।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *