विजयी जीवन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विजयी जीवन

१ यूहन्‍ना 5 : 4
4 किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो।

रोमी 8 : 37
37 होइन, यी सबै कुरामा हामीलाई प्रेम गर्नुहुनेद्वारा हामी विजेताहरूभन्‍दा पनि अझ बढ़ी छौं।

१ कोरिन्थी 15 : 57
57 तर परमेश्‍वरलाई धन्‍यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा विजय दिनुहुन्‍छ।

१ यूहन्‍ना 5 : 4 – 5
4 किनकि परमेश्‍वरबाट जन्‍मेको हरेकले संसारमाथि विजय प्राप्‍त गर्छ, र संसारलाई जित्‍ने विजय हाम्रो विश्‍वास हो।
5 संसारमाथि विजय प्राप्‍त गर्ने को हो? त्‍यही हो, जसले येशू ख्रीष्‍ट परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी विश्‍वास गर्छ।

एफिसी 6 : 16
16 साथै विश्‍वासको ढाल उठाओ, जसबाट तिमीहरू दुष्‍टका सबै अग्‍निबाण निभाउन सक्‍नेछौ।

यशैया 41 : 10 – 13
10 यसैले नडरा, किनकि म तँसित छु। निरुत्‍साहित नहो, किनकि म तेरा परमेश्‍वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले म तँलाई सम्हाल्‍नेछु।
11 “तँदेखि रिसाउनेहरू सबै निश्‍चय नै लज्‍जित हुनेछन्, र शर्ममा पर्नेछन्‌। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन्‌ र नष्‍ट हुनेछन्‌।
12 तेरा शत्रुहरूलाई तैंले खोजे पनि उनीहरूलाई भेट्टाउनेछैनस्‌। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिलकुल निरर्थक हुनेछन्, र नष्‍ट हुनेछन्‌।
13 किनकि म, परमप्रभु तेरा परमेश्‍वर हुँ, म तेरो दाहिने हात समात्‍छु, र तँलाई यसो भन्‍छु, ‘नडरा, म तँलाई सहायता गर्नेछु’।

फिलिप्पी 2 : 13
13 किनकि तिमीहरूलाई उहाँको असल अभिप्रायअनुसार इच्‍छा गर्ने र काम गर्ने दुवै तुल्‍याउनलाई परमेश्‍वर तिमीहरूमा काम गर्नुहुन्‍छ।

रोमी 16 : 20
20 शान्‍तिका परमेश्‍वरले चाँड़ै नै शैतानलाई तिमीहरूका खुट्टामुनि कुल्‍चनुहुनेछ। हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूसँग रहोस्‌।

गलाती 2 : 20
20 म ख्रीष्‍टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्‍त जिउने म होइनँ, तर ख्रीष्‍ट ममा जिउनुहुन्‍छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्‍यो परमेश्‍वरका पुत्रमा विश्‍वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्‍ति आफूलाई अर्पण गर्नुभयो।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

मर्कूस 8 : 36
36 किनभने मानिसले सारा जगत्‌ हात पारेर आफ्‍नो प्राण गुमायो भने त्‍यसलाई के फाइदा हुन्‍छ?

रोमी 6 : 14
14 किनकि पापले तिमीहरूमाथि राज्‍य गर्नेछैन, किनकि तिमीहरू व्‍यवस्‍थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ।

याकूब 1 : 22
22 तर वचन पालन गर्ने होओ, र सुन्‍ने मात्र भएर आफैलाई धोका नदेओ।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

गलाती 5 : 16
16 तर म भन्‍दछु, पवित्र आत्‍माद्वारा हिँड़, र पापमय स्‍वभावका लालसा पूरा नगर।

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

रोमी 5 : 5
5 आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रा हृदयमा खन्‍याइएको छ।

१ कोरिन्थी 6 : 19
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।

१ पत्रुस 5 : 7
7 तिमीहरूका सारा फिक्री उहाँलाई सुम्‍पिदेओ, किनकि उहाँले तिमीहरूको वास्‍ता गर्नुहुन्‍छ।

१ यूहन्‍ना 2 : 15
15 संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्‍यसमा हुँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *