विचार र दिमाग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् विचार र दिमाग

रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

फिलिप्पी 4 : 8
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।

यशैया 26 : 3
3 जसको मन तपाईंमा अड़िएको छ, त्‍यसलाई तपाईंले पूरा शान्‍तिमा राख्‍नुहुन्‍छ, किनभने त्‍यसले तपाईंमाथि भरोसा राख्‍छ।

२ कोरिन्थी 10 : 3 – 6
3 किनभने हामी संसारका हौं, तापनि सांसारिक लड़ाइँ त लड्‌दैनौं।
4 किनकि हाम्रो युद्धका अस्‍त्र-शस्‍त्र सांसारिक होइनन्, तर किल्‍लाहरू नाश गर्ने ईश्‍वरीय सामर्थ्‍य तिनमा छ।
5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।
6 तिमीहरूको आज्ञाकारिता पूरा भएपछि हरेक अनाज्ञाकारितालाई दण्‍ड दिन हामी तयार बस्‍नेछौं।

फिलिप्पी 4 : 4 – 9
4 प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर।
5 तिमीहरूको सहनशीलता सबै मानिसहरूलाई थाहा होस्‌। प्रभु नजिकै हुनुहुन्‍छ।
6 कुनै कुरामा चिन्‍तित नहोओ, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्‍यवादसहित तिमीहरूका बिन्‍ती परमेश्‍वरमा जाहेर होऊन्,
7 र समझले नै भियाउन नसकिने परमेश्‍वरको शान्‍तिले तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नेछ।
8 अन्‍त्‍यमा भाइ हो, जे कुरो सत्‍य छ, जे कुरो आदरणीय छ, जे कुरो न्‍यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्‍य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्‍ठता, प्रशंसाको योग्‍य केही छ भने यी नै कुराका विचार गर।
9 तिमीहरूले जुन कुरा मबाट सिक्‍यौ, र ग्रहण गर्‍यौ र सुन्‍यौ र ममा देख्‍यौ, त्‍यही गर, र शान्‍तिका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

२ तिमोथी 1 : 7
7 किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।

हितोपदेश 4 : 23
23 सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो।

रोमी 7 : 23
23 तर मेरा अङ्गहरूमा अर्को नियमले मेरो मनमा रहेको नियमसँग युद्ध गर्दछु, र मेरा अङ्गहरूमा वास गर्ने पापको नियमले मलाई बन्‍धनमा पार्दछ।

याकूब 1 : 8
8 किनकि दोहोरो मन भएको मानिस उसका सबै चालचलनमा अस्‍थिर हुन्‍छ।

रोमी 12 : 1 – 2
1 यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर।
2 यस संसारको ढाँचामा नचल, तर आफ्‍नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्‍वरको असल, ग्रहणयोग्‍य र सिद्ध इच्‍छा के हो, त्‍यो तिमीहरूले जाँच्‍न सक।

मत्ती 21 : 22
22 विश्‍वास गरेर प्रार्थनामा जे माग्‍छौ त्‍यो तिमीहरूले पाउनेछौ।”

फिलिप्पी 2 : 5
5 तिमीहरूमा यस्‍तो मन होस्, जो ख्रीष्‍ट येशूमा पनि थियो।

यर्मिया 33 : 3
3 ‘मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु र तैंले नजानेका गहिरा र गुप्‍त कुराहरू म तँलाई बताउनेछु’।

मत्ती 15 : 11
11 जे मुखभित्र पस्‍तछ, त्‍यसले मानिसलाई अशुद्ध पार्दैन। तर जे मुखबाट बाहिर निस्‍कन्‍छ, त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।”

२ कोरिन्थी 10 : 5
5 परमेश्‍वरका ज्ञानको विरुद्धमा खड़ा हुने बहसहरू र हरेक अहङ्कारपूर्ण बाधालाई हामी नाश गर्छौं, र हरेक विचारलाई ख्रीष्‍टको आज्ञापालन गर्नलाई वशमा पार्छौं।

लूका 21 : 34
34 “तर तिमीहरू आफ्‍नो विषयमा होशियार रहो, नत्रता भोग-विलास, मतवालापन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला, र तिमीहरूमाथि एक्‍कासि त्‍यो दिन पासोझैँ आइपर्ला।

हितोपदेश 17 : 22
22 प्रसन्‍न हृदय असल औषधी हो, तर पेलिएको आत्‍माले हड्डीहरू सुकाउँछ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

एफिसी 4 : 22 – 24
22 छली लालसाहरूद्वारा भ्रष्‍ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्‍बन्‍धित तिमीहरूको पुरानो स्‍वभाव त्‍याग।
23 र आफ्‍नो भित्री वर्तावमा नयाँ होओ,
24 र परमेश्‍वरको स्‍वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्‍टि भएको नयाँ स्‍वभावलाई धारण गर।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *