यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वासना
मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्दछु, जसले कोही स्त्रीलाई कामवासनाको इच्छाले हेर्दछ, त्यसले अघिबाटै आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ।
गलाती 5 : 16
16 तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
१ कोरिन्थी 6 : 18
18 व्यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्यो शरीरबाट बाहिर हुन्छ, तर व्यभिचार गर्ने मानिसले आफ्नै शरीरको विरुद्धमा पाप गर्दछ।
१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्वरको इच्छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्नो निम्ति पत्नी लिनू, सो तिमीहरू प्रत्येकले जान,
5 तर परमेश्वरलाई नचिन्ने अविश्वासीहरूजस्तै कामुकताको कुवासनामा नबस।
कलस्सी 3 : 5
5 यसकारण तिमीहरूमा जो सांसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता, खराब इच्छा र लोभ, जो मूर्तिपूजा हो।
१ यूहन्ना 2 : 16
16 किनकि संसारमा भएका सबै थोक, अर्थात् शरीरको अभिलाषा, आँखाको अभिलाषा, जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन्।
२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्वास, प्रेम र शान्तिको लक्ष्य राख।
गलाती 5 : 19 – 21
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
१ कोरिन्थी 6 : 13
13 “भोजन पेटको निम्ति, र पेट भोजनको निम्ति हो।” तर परमेश्वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्यभिचारको निम्ति होइन, तर प्रभुको निम्ति हो, र प्रभु शरीरको निम्ति हुनुहुन्छ।
अय्यूब 31 : 1
1 कुनै स्त्रीलाई कुदृष्टिले नहेर्ने मैले मेरा आँखासित वाचा बाँधे।
रोमी 8 : 6
6 किनभने, पापमय स्वभावमा मन लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु जीवन र शान्ति हो।
गलाती 6 : 8
8 जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ।
यूहन्ना 14 : 15
15 “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ।
१ पत्रुस 2 : 11
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
याकूब 1 : 14 – 15
14 तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ।
15 तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ।
हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
भजनसंग्रह 119 : 37
37 व्यर्थका कुराहरू हेर्नदेखि मेरा आँखालाई फर्काइदिनुहोस्, तपाईंका वचनअनुसार मेरो प्राणलाई सुरक्षित राख्नुहोस्।
फिलिप्पी 4 : 8
8 अन्त्यमा भाइ हो, जे कुरो सत्य छ, जे कुरो आदरणीय छ, जे कुरो न्यायसङ्गत छ, जे कुरो शुद्ध छ, जे कुरो प्रेम-योग्य छ, जे कुरो कृपामय छ, यदि केही श्रेष्ठता, प्रशंसाको योग्य केही छ भने यी नै कुराका विचार गर।
भजनसंग्रह 119 : 9 – 10
9 जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
10 म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्।
Leave a Reply