यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वाचा राख्दै
गन्ती 30 : 2
2 कुनै मानिसले परमप्रभुको निम्ति भाकल गर्यो अथवा वाचा बाँधेर शपथ खायो भने, त्यसले आफ्नो वचन भङ्ग गर्नुहुँदैन। त्यसको मुखबाट जुन वचन निस्केको थियो, त्यो त्यसले गर्नैपर्छ।
उपदेशक 5 : 5
5 भाकल गरेर पनि पूरा नगर्नुभन्दा त भाकल नगरेको अझ असल हो।
व्यवस्था 23 : 23
23 जे कुरा तिमीहरूको मुखबाट निस्कन्छ त्यो तिमीहरूले पूरा गर्नैपर्छ, किनकि परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले त्यो स्वेच्छापूर्वक आफ्नै मुखले भाकल गरेको हो।
व्यवस्था 23 : 21
21 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति कुनै भाकल गरेपछि त्यो पूरा गर्न ढिलो नगर, किनभने उहाँले त्यो पूरा भएको हेर्न चाहनुहुन्छ। नत्रता तिमीहरूलाई पाप लाग्नेछ।
मत्ती 12 : 36
36 म तिमीहरूलाई भन्दछु, हरेक व्यर्थको कुरा जो मानिसहरू बोल्दछन्, न्यायको दिनमा तिनीहरूले त्यसको लेखा दिनुपर्नेछ।’
Leave a Reply