यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वर्षा
याकूब 5 : 18
18 तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।
लेवीहरू 26 : 4
4 म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्।
जकरिया 10 : 1
1 वसन्त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्छ।
१ राजाहरू 18 : 41 – 45
41 अनि एलियाले आहाबलाई भने, “गएर खानपान गर्नुहोस्, किनभने म ठूलो झरी आइरहेको सुन्दैछु।”
42 तब आहाब खानपान गर्न गए, तर एलियाचाहिँ कर्मेल डाँड़ाको टाकुरामा चढ़े, र त्यहाँ तिनले भूइँमा निहुरेर आफ्नो टाउको घुँड़ाहरूका बीचमा राखे।
43 तिनले आफ्नो चाकरलाई भने, “गएर समुद्रतिर हेर्।” त्यसले गएर हेर्यो। त्यसले भन्यो, “त्यहाँ केही छैन।” एलियाले सात पल्ट त्यसलाई “गएर हेर्” भने।
44 सातौँ पल्टमा चाकरले भन्यो, “मान्छेको हात जत्रो एउटा बादल समुद्रबाट उठ्दैछ।” तब एलियाले त्यसलाई भने, “गएर आहाबलाई भन, ‘आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्, नत्रता तपाईंलाई पानीले रोक्नेछ’।”
45 यसै बीचमा कालो बादलले आकाश छायो, हुरी चल्यो र ठूलो पानी पर्न लाग्यो, र आहाब आफ्नो रथमा चढ़ेर यिजरेलमा गए।
यशैया 55 : 10
10 जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,
यर्मिया 14 : 22
22 जाति-जातिहरूका व्यर्थका देवताहरूमध्ये कसैले वर्षा ल्याउन सक्छ र? अथवा के आकाश आफैले झरी बर्साउन सक्छ? हे परमप्रभु हाम्रा परमेश्वर, त्यो गर्ने त तपाईं नै हुनुहुन्छ। यसैकारण हामी हाम्रो आशा तपाईंमा राख्दछौं, किनकि तपाईंले मात्र यी सबै गर्नुहुन्छ।
१ राजाहरू 8 : 35
35 “जब तपाईंका प्रजाले तपाईंको विरुद्धमा पाप गरेकाले आकाश बन्द भएर पानी परेको छैन, र तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारण तपाईंको नाउँ स्वीकार गरी आफ्ना पाप त्यागेर त्यस ठाउँतिर फर्केर तिनीहरू प्रार्थना गर्छन्,
यर्मिया 5 : 24
24 तिनीहरू आफ्ना हृदयमा भन्दैनन्, ‘हामी परमप्रभु आफ्ना परमेश्वरको भय मानौं, जसले हामीलाई शरद् र बसन्त ऋतुको झरी, र कटनीको निम्ति ठहराइएका हप्ताहरू हामीलाई दिनुहुन्छ’।
भजनसंग्रह 72 : 6
6 उनी काटिएको चउरमा परेको वर्षाझैँ हुनेछन्, पृथ्वीलाई सिँचाइ गर्ने झरीझैँ।
जकरिया 14 : 17
17 सर्वशक्तिमान् परमप्रभु महाराजालाई दण्डवत् गर्न पृथ्वीका सबै परिवारमध्येका जो जाँदैनन्, तिनीहरूका निम्ति पानी पर्नेछैन।
याकूब 5 : 17
17 एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।
प्रेरित 14 : 17
17 तापनि उहाँले आफूलाई गवाहीविना छोड्नुभएन, किनकि उहाँले भलो गरेर तपाईंहरूलाई स्वर्गबाट पानीको झरी र फलवन्त ऋतु दिनुभयो र तपाईंहरूका हृदयलाई भोजन र आनन्दले सन्तुष्ट पार्नुभयो।”
१ शमूएल 12 : 16 – 19
16 “अब चूपचाप खड़ा होओ, र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बड़ो अचम्मको कामलाई हेर।
17 अहिले गहूँको कटनीको समय छ, होइन? म परमप्रभुलाई पुकार्नेछु, अनि उहाँले गर्जन र वृष्टि पठाउनुहुनेछ। तब तिमीहरूले देख्नेछौ र जान्नेछौ कि राजा मागेर तिमीहरूले परमप्रभुको दृष्टिमा कस्तो खराबी गरेका रहेछौ।”
18 तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्यसै दिन गर्जन र वृष्टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए।
19 तिनीहरूले शमूएललाई भने, “मृत्युदेखि बाँचौं भनेर परमप्रभु तपाईंका परमेश्वरसँग हामी तपाईंका सेवकहरूका निम्ति प्रार्थना गरिदिनुहोस्। किनभने हामीले हाम्रा पापमाथि राजा मागेर यो ठूलो खराबी थपेका छौं।”
उत्पत्ति 7 : 17 – 24
17 पृथ्वीमा चालीस दिनसम्म जलप्रलय भइरह्यो। पानी बढ़ेर जहाजलाई उचाल्न लाग्यो र त्यो जमिनबाट माथि जान लाग्यो।
18 पानी धेरै परिरह्यो र चौपट्टै बढ़ेर पृथ्वीमा भरिन लाग्यो, र जहाज पानी माथि-माथि उत्रन लाग्यो।
19 पानी पृथ्वीमा जोडसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा-अल्गा पर्वतहरू ढाकिए।
20 पानी बढ़ेर आयो र पर्वतहरूलाई सात मिटरसम्म डुबाइदियो।
21 पृथ्वीमा चलहल गर्ने सबै जीवित जीवात— के पक्षी, के पालिने पशु, के वन-पशु, के भूइँमा घस्रने सबै प्राणीहरू— तथा सबै मानिसहरू मरे।
22 ओबानो भूमिमा भएका सास हुने सबै प्राणी मरे।
23 अनि जति प्राणी जमिनमा थिए— के मानिस, के पशु, के घस्रने जन्तु, के पक्षी, सबै मासिए। तिनीहरू पृथ्वीबाट मासिए, केवल नोआ र जति जना तिनीसित जहाजमा थिए तिनीहरू मात्र जीवितै रहे।
24 अनि पृथ्वीमा पानी एक सय पचास दिनसम्म रहिरह्यो।
अय्यूब 37 : 6
6 उहाँले हिउँलाई भन्नुहुन्छ, ‘पृथ्वीमा झर्,’ र वर्षालाई भन्नुहुन्छ, ‘मुसलधारे वृष्टि होऊ’। यसरी उहाँले सृष्टि गर्नुभएका उहाँका कार्यहरू मानिसहरूले जानून्।
उत्पत्ति 7 : 10 – 12
10 अनि ठीक सात दिनपछि पृथ्वीमा जलप्रलयको पानी पर्न लाग्यो।
11 नोआका जीवनको छ सय वर्षको दोस्रो महिनाको सत्रौँ दिनमा ठूला-ठूला अगाधका सब मूलहरू फुटे, र आकाशका द्वारहरू खुले।
12 अनि चालीस दिन र रातसम्म पृथ्वीमा पानी परिरह्यो।
प्रस्थान 9 : 22 – 26
22 तब परमप्रभुले मोशालाई भन्नुभयो, “तेरो हात आकाशतिर पसार्, र सारा मिश्रभरि असिना परोस्— मिश्रभरिका मानिस, पशु, बारीमा उम्रने सबैमा असिना बर्सोस्।”
23 तब मोशाले आफ्नो लहुरो आकाशतिर पसारे, र परमप्रभुले गर्जन र असिना पठाउनुभयो, र पृथ्वीसम्म बिजुली चम्क्यो। अनि परमप्रभुले मिश्रमा असिना बर्साउनुभयो।
24 असिना पर्यो र बिजुली चम्क्यो। यस्तो त मिश्र राष्ट्रको प्रारम्भदेखि भएको थिएन।
25 असिनाले सारा मिश्रभरिका मैदानका मानिस र पशु दुवैलाई चुट्यो। असिनाले बारीमा उम्रेका सबैलाई चुट्यो र सबै रूखहरू नाङ्गा पार्यो।
26 केवल इस्राएलीहरू भएको गोशेन प्रदेशमा असिना परेन।
होशे 6 : 3
3 आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।”
प्रस्थान 9 : 33
33 अनि मोशा फारोबाट सहरदेखि निस्केर गए, र परमप्रभुतिर आफ्ना हात पसारे। तब गर्जन र असिना थामियो, र जमिनमा पानी ओइरिएन।
२ इतिहास 7 : 13
13 “जब म आकाशको ढोका थुन्छु र पानी पर्दैन, अथवा देशलाई नष्ट गर्न भनी सलहहरूलाई आज्ञा दिन्छु, अथवा मेरो प्रजामाथि विपत्ति पठाउँछु,
Leave a Reply