यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वर्मवुड
व्यवस्था 29 : 18
18 होशियार! तिमीहरूमध्येका कोही पुरुष वा स्त्री, अथवा वंश वा कुलको हृदय ती जातिका देवताहरूको पूजा गर्न आज परमप्रभु हाम्रा परमेश्वरदेखि बरालिएर नजाओस्। होश गर, तिमीहरूका बीचमा यस्तो तीतो विष उत्पन्न गर्ने कुनै जरो नहोस्।

हितोपदेश 5 : 4
4 तापनि अन्तमा त त्यो स्त्री पित्तझैँ तीतो, र दुईधारे तरवारझैँ लाग्ने हुन्छे।
यर्मिया 9 : 15
15 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “हेर, म यस प्रजालाई ऐरेलु खुवाउनेछु, र पिउनलाई विषालु पानी दिनेछु।
यर्मिया 23 : 15
15 यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्वरहीनता फैलिएको छ!”
विलाप 3 : 19
19 तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु।
प्रकाश 8 : 11
11 त्यस ताराको नाउँ “ऐरेलु” हो, र त्यसले गर्दा पानीको एक तिहाइ भाग तीतो भयो, र पानी तीतो भएको हुनाले धेरै मानिसहरू मरे।
Leave a Reply