यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लेह
उत्पत्ति 29 : 16
16 लाबानका दुई छोरीहरू थिए। जेठीको नाउँ लेआ र कान्छीको नाउँ राहेल थियो।
उत्पत्ति 29 : 26
26 लाबानले भने, “हाम्रो देशमा जेठीको भन्दा कान्छीको विवाह अघिबाट गर्नुहुँदैन।
उत्पत्ति 29 : 35
35 तिनी फेरि गर्भवती भएर छोरो पाइन् र भनिन्, “यस पाली त म परमप्रभुको प्रशंसा गर्नेछु।” यसैले त्यसको नाउँ यहूदा राखियो। त्यसपछि तिनले जन्माउन छोड़िन्।
उत्पत्ति 30 : 13
13 अनि लेआले भनिन्, “म सुखी रहिछु। स्त्री जातिहरूले मलाई सुखी भन्नेछन्।” यसैले तिनले त्यसको नाउँ आशेर [4] राखिन्।
उत्पत्ति 30 : 21
21 केही समयपछि तिनले एउटी छोरी जन्माइन्, र तिनले त्यसको नाउँ दीना राखिन्।
उत्पत्ति 31 : 4
4 यसकारण याकूबले राहेल र लेआलाई आफ्ना बगाल भएको खर्कमा बोलाइपठाए,
उत्पत्ति 31 : 14
14 तब राहेल र लेआले तिनलाई भने, “हाम्रा बुबाको घरमा हाम्रा निम्ति हकको केही अंश छ र? के उहाँले हामीलाई विदेशीजस्तै सम्झनुभएको छैन र?
उत्पत्ति 31 : 17
17 तब याकूब उठेर आफ्ना छोराहरू र पत्नीहरूलाई ऊँटहरूमाथि राखे।
उत्पत्ति 33 : 7
7 त्यसपछि लेआ र तिनका छोराछोरीहरू आएर ढोग गरे। सबभन्दा पछि योसेफ र राहेल आए, र तिनीहरूले पनि ढोग गरे।
रूथ 4 : 11
11 तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्तै तुल्याऊन्। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्।
Leave a Reply