लेबनान

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लेबनान

व्यवस्था 1 : 7
7 अब तिमीहरूले शिविर तोड़ेर आफ्‍नो यात्रा सुरु गर। एमोरीहरूको पहाड़ी देशमा र त्‍यसका छेउछाउका सबै जातिहरूमा— अराबामा, पहाड़मा, पश्‍चिमतिरको तराईमा, नेगेवमा, र समुद्रका किनारमा कनानीहरूको देशसम्‍म, लेबनानसम्‍म र महानदी यूफ्रेटिससम्‍मै जाओ।

व्यवस्था 3 : 25
25 मलाई पारि जान दिनुहोस्, र यर्दन पारिको त्‍यो असल भूमि, त्‍यो सुन्‍दर पहाड़ी देश र लेबनान म देख्‍न पाऊँ।”

व्यवस्था 11 : 24
24 तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै [1] तिमीहरूको सिमाना हुनेछ।

यहोशू 1 : 4
4 मरुभूमिदेखि लेबनानसम्‍म लिएर महानदी, अर्थात्‌ यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्‍मै देश— पश्‍चिमतिर महासागरसम्‍मै [1] तिमीहरूको सिमाना हुनेछ।

यहोशू 9 : 1
1 जब यर्दन पारि पहाड़ र तराईमा, र लेबनानसम्‍म महासमुद्रको [1] किनारमा बस्‍ने हित्ती, एमोरी, कनानी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका राजाहरूले यो सब सुने,

न्यायकर्ताहरू 3 : 3
3 ती जातिहरू यी नै हुन्‌: पलिश्‍तीहरूका पाँच शासकहरू, सबै कनानीहरू, सीदोनीहरू र लेबनानका पहाड़हरूमा बाल-हेर्मोन डाँड़ादेखि लेबो-हमातसम्‍म बस्‍ने हिव्‍वीहरू।

यर्मिया 18 : 14
14 के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?

श्रेष्‍ठगीत 4 : 15
15 तिमी त बगैँचाको फुहारा, लेबनानबाट बग्‍दैआएकी पानीको मूल हौ।

न्यायकर्ताहरू 9 : 15
15 “काँढ़ाको पोथ्राले रूखहरूलाई भन्‍यो, ‘यदि तिमीहरू साँच्‍ची नै मलाई तिमीहरूका राजा अभिषेक गर्न चाहन्‍छौ भने मेरो छत्रछायामा आओ। होइन भने, काँढ़ाहरूबाट आगो निस्‍केर लेबनानका देवदारुहरूलाई स्‍वाहा पारोस्‌।’

२ राजाहरू 19 : 23
23 आफ्‍ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्‍दा उच्‍च टाकुराहरूमा। मैले त्‍यसका सबैभन्‍दा अल्‍गा देवदारुका रूखहरू, त्‍यसका सबैभन्‍दा असल सल्‍लाका रूखहरू ढालें। म त्‍यसको पल्‍लो कुनामा, त्‍यसका सबैभन्‍दा सुन्‍दर वनहरूमा पुगें।

२ इतिहास 2 : 8
8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्‌न निपुण छन्‌।

भजनसंग्रह 29 : 5
5 परमप्रभुको आवाजले देवदारुहरू भाँचिन्‍छन्‌। परमप्रभुले लेबनानका देवदारुहरू टुक्रा-टुक्रा पार्नुहुन्‍छ।

भजनसंग्रह 104 : 16
16 परमप्रभुले लाउनुभएका वृक्षहरू र लेबनानका देवदारुहरूले मनग्‍य पानी पाएका छन्‌।

यशैया 2 : 13
13 लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

यशैया 14 : 8
8 सल्‍लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्‌न कोही रूख काट्‌ने आएको छैन।”

इजकिएल 27 : 5
5 तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्‍लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्‍तूल बनाउनलाई लेबनानको देवदारु लिए।

२ राजाहरू 19 : 23
23 आफ्‍ना समाचारवाहकहरूद्वारा तैंले परमप्रभुमाथि अनादर थुपारिस्, र तैंले भनिस्, “मेरा धेरै रथहरूसित म पहाड़का टाकुराहरूमा चढ़ेको छु, लेबनानका सबैभन्‍दा उच्‍च टाकुराहरूमा। मैले त्‍यसका सबैभन्‍दा अल्‍गा देवदारुका रूखहरू, त्‍यसका सबैभन्‍दा असल सल्‍लाका रूखहरू ढालें। म त्‍यसको पल्‍लो कुनामा, त्‍यसका सबैभन्‍दा सुन्‍दर वनहरूमा पुगें।

२ इतिहास 2 : 8
8 “मलाई लेबनानबाट देवदारु, सल्‍ला र चन्‍दनका काठहरू पनि पठाइदिनुहोस्, किनभने मलाई थाहा छ कि तपाईंका मानिसहरू लेबनानमा काठहरू काट्‌न निपुण छन्‌।

नहूम 1 : 4
4 उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌।

यशैया 40 : 16
16 वेदीका दाउराको निम्‍ति लेबनान प्रशस्‍त हुँदैन, न त त्‍यसमा भएका पशुहरू होमबलिको निम्‍ति प्रशस्‍त हुन्‍छन्‌।

होशे 14 : 7
7 मानिसहरू फेरि त्‍यसको छहारीमा बस्‍नेछन्‌। मकैझैँ त्‍यो लहलह बढ्‌नेछ र दाखको बोटझैँ त्‍यो फुल्‍नेछ, र त्‍यसको ख्‍याति लेबनानको दाखमद्यजस्‍तै हुनेछ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *