लुसिफर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लुसिफर

यशैया 14 : 12 – 15
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।
13 तैंले आफ्‍नो हृदयमा भनिस्, “म स्‍वर्गमा उक्‍लनेछु। परमेश्‍वरका ताराहरूभन्‍दा माथि म मेरो सिंहासनलाई उच्‍च पार्नेछु। पवित्र पर्वतको सबैभन्‍दा उच्‍च टाकुरामा सभासद्‌को पर्वतमा म विराजमान हुनेछु।
14 म बादलको टुप्‍पाभन्‍दा माथि उक्‍लनेछु, म आफूलाई सर्वोच्‍च परमेश्‍वर जत्तिकै बनाउनेछु।”
15 तर तँ चिहानसम्‍म, खाड़लको तल्‍लो गहिराइसम्‍मै होच्‍याइस्‌।

प्रकाश 12 : 7 – 9
7 अनि स्‍वर्गमा लड़ाइँ भयो। मिखाएल र तिनका दूतहरूले त्‍यस अजिङ्गरसँग युद्ध गरे। अजिङ्गर र त्‍यसका दूतहरूले पनि युद्ध गरे,
8 तर यिनीहरू हारे, र यिनीहरूका निम्‍ति स्‍वर्गमा कुनै ठाउँ रहेन।
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

यशैया 14 : 12
12 ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्‍वर्गबाट कसरी खसेको छस्‌! उहिले जाति-जातिहरूलाई होच्‍याउने, तँ कसरी भूइँमा तल खसालिइस्‌।

२ कोरिन्थी 11 : 14
14 र यो कुनै अचम्‍मको कुरा होइन, किनकि शैतानले पनि ज्‍योतिर्मय स्‍वर्गदूतहरूको भेष धारण गर्छ।

यूहन्‍ना 8 : 44
44 तिमीहरू आफ्‍नो पिता दियाबलसका हौ, र तिमीहरूका पिताको इच्‍छा पूरा गर्ने तिमीहरूको सङ्कल्‍प छ। त्‍यो त सुरुदेखि नै हत्‍यारा थियो, र सत्‍यसँग त्‍यसलाई केही वास्‍ता छैन। किनभने त्‍यसमा केही सत्‍य छैन। जब त्‍यसले झूट बोल्‍दछ, त्‍यो आफ्‍नै स्‍वभावअनुसार बोल्‍दछ, किनभने त्‍यो झूटो हो र झूटको पिता हो।

लूका 10 : 18
18 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मैले शैतानलाई स्‍वर्गबाट बिजुलीझैँ खसिरहेको देखें।

प्रकाश 12 : 9
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

इजकिएल 28 : 17
17 तेरो सुन्‍दरताले गर्दा तेरो हृदय घमण्‍डले फुलियो, तैंले आफ्‍नो गौरवको कारण तेरो बुद्धिलाई भ्रष्‍ट पारिस्‌। यसैले मैले तँलाई जमिनमा फालिदिएँ। राजाहरूका अगि मैले तँलाई तमाशा बनाइदिए।

यहूदा 1 : 6
6 आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,

इजकिएल 28 : 14
14 अभिभावक करूब हुनलाई तँ अभिषेक गरिएको थिइस्, किनकि त्‍यसरी नै मैले तँलाई नियुक्त गरेको थिएँ। परमेश्‍वरको पवित्र पर्वतमा तँ थिइस्‌। अग्‍निमय पत्‍थरहरूका बीचमा तँ हिँड्‌थिस्‌।

इजकिएल 28 : 15
15 तँ सृजिएको दिनदेखि तँमा अधर्म फेला नपरेको दिनसम्‍म, तेरो चाल-ढङ्गमा तँ दोषरहित थिइस्‌।

१ पत्रुस 5 : 8
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्‌छ।

उत्‍पत्ति 3 : 1 – 24
1 परमप्रभु परमेश्‍वरले बनाउनुभएका वन-पशुहरूमध्‍ये सर्प सबभन्‍दा धूर्त थियो। त्‍यसले स्‍त्रीलाई भन्‍यो, “के परमेश्‍वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रूखको फल नखानू भनी भन्‍नुभएको छ?”
2 स्‍त्रीले सर्पलाई भनिन्, “बगैँचाका रूखहरूका फल हामी खान सक्‍छौं,
3 तर बगैँचाको बीचमा भएको रूखका फलको विषयमा परमेश्‍वरले भन्‍नुभएको छ, ‘त्‍योचाहिँ नखानू र नछुनू, नत्रता तिमीहरू मर्छौ’।”
4 सर्पले स्‍त्रीलाई भन्‍यो, “तिमीहरू मर्दैनौ।
5 किनकि परमेश्‍वर जान्‍नुहुन्‍छ कि जुन दिन तिमीहरू त्‍यो खान्‍छौ त्‍यही दिन तिमीहरूका आँखा खुल्‍नेछन्, र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्‍वरजस्‍तै हुनेछौ।”
6 जब स्‍त्रीले त्‍यस रूखको फल खानलाई असल र हेर्नमा रहरलाग्‍दो, र बुद्धि पाउनलाई त्‍यस रूखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्‍यस रूखको फल टिपेर खाइन्, र आफ्‍ना पतिलाई पनि दिइन्, र उनले पनि खाए।
7 अनि दुवैका आँखा खुले, र “नाङ्गै पो रहेछौं” भनी तिनीहरूले थाहा पाए। अनि अञ्‍जीरका पातहरू गाँसेर आफ्‍ना निम्‍ति तिनीहरूले वस्‍त्र बनाए।
8 अनि साँझपख परमप्रभु परमेश्‍वर बगैँचामा डुल्‍दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने, र मानिस र उनकी पत्‍नी बगैँचाका रूखहरूका बीचमा परमप्रभु परमेश्‍वरको नजरबाट लुके।
9 तर परमप्रभु परमेश्‍वरले मानिसलाई बोलाउनुभयो, “तँ कहाँ छस्‌?”
10 उनले भने, “मैले तपाईंको सोर बगैँचामा सुनें र म डराएँ, किनभने म नाङ्गै थिएँ, र म लुकें।”
11 उहाँले सोध्‍नुभयो, “तँ नाङ्गै छस्‌ भनेर कसले भन्‍यो? जुन रूखको फल नखानू भनी मैले तँलाई आज्ञा दिएको थिएँ के तैंले त्‍यो खाइस्‌?”
12 मानिसले भने, “जुन स्‍त्री तपाईंले मलाई मसँगै रहन भनी दिनुभएको थियो, त्‍यसैले मलाई त्‍यो रूखको फल दिई र मैले खाएँ।”
13 अनि परमप्रभु परमेश्‍वरले स्‍त्रीलाई भन्‍नुभयो, “तैंले यो के गरिस्‌?” स्‍त्रीले भनिन्, “सर्पले मलाई छल गर्‍यो, र मैले त्‍यो खाएँ।”
14 तब परमेश्‍वरले सर्पलाई भन्‍नुभयो, तैंले यसो गरेको हुनाले, “तँ सबै पाल्तु पशुहरू र सबै वन-पशुहरूभन्‍दा ज्‍यादा श्रापित हुनेछस्‌। पेटद्वारा तँ हिँड्‌नेछस्‌ र तेरो जीवनभरि तैंले माटो खानेछस्‌।
15 तेरो र स्‍त्रीको बीचमा, र तेरो सन्‍तान र स्‍त्रीको सन्‍तानको बीचमा म दुश्‍मनी हालिदिनेछु। त्‍यसले तेरो शिर कुच्‍च्‍याउनेछ, र तैंले त्‍यसको कुर्कुच्‍चो डस्‍नेछस्‌।”
16 स्‍त्रीलाई उहाँले भन्‍नुभयो, “तेरो सुत्‍केरी-वेदना म ज्‍यादै गरी बढ़ाइदिनेछु। दु:खसँग तैंले बालक जन्‍माउनेछस्‌। तेरो इच्‍छा पतितर्फ नै हुनेछ, र त्‍यसले तँलाई अधीनमा राख्‍नेछ।”
17 त्‍यसपछि आदमलाई उहाँले भन्‍नुभयो, तैंले तेरी पत्‍नीको कुरा सुनेर मैले नखानू भनेको रूखको फल खाएको हुनाले, “भूमि तेरो कारण श्रापित भएको छ। तेरो जीवनभरि दु:खसँग त्‍यसको उब्‍जनी तैंले खानेछस्‌।
18 त्‍यसले तेरो निम्‍ति काँढ़ा र सिउँड़ीहरू उमार्नेछ, र तैंले खेतको सागपात खानेछस्‌।
19 माटोमा नफर्कुञ्‍जेल तेरो निधारको पसीनाले कमाएको भोजन तैंले खानेछस्‌। किनकि माटैबाट तँ निकालिएको थिइस्‌। तँ माटै होस्, र माटैमा फर्किजानेछस्‌।”
20 आदमले आफ्‍नी पत्‍नीको नाउँ हव्‍वा राखे, किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन्‌।
21 परमप्रभु परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्‍ति छालाका लुगा बनाई तिनीहरूलाई लगाइदिनुभयो।
22 तब परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “मानिस हामीजस्‍तै असल र खराबको ज्ञान जान्‍ने भएको छ। अब त्‍यसले जीवनको रूखको फल पनि टिपेर खान नपाओस्, नत्रभने त्‍यो सधैँभरि जीवित रहला।”
23 यसैकारण जुन भूमिबाट उनी बनाइएका थिए, त्‍यसैको खेतीकिसानी गर्न परमप्रभु परमेश्‍वरले उनलाई अदनको बगैँचाबाट निकालिदिनुभयो।
24 उहाँले मानिसलाई धपाइदिनुभएपछि जीवनको रूखतर्फको बाटो पहरा गर्नलाई उहाँले अदनका बगैँचाको पूर्वपट्टि करूबहरू र चारैतिर घुमिरहने ज्‍वालामय तरवार राखिदिनुभयो।

इजकिएल 28 : 16
16 तेरा चारैतिरका व्‍यापारद्वारा तँ उपद्रवले भरिइस्, र तैंले पाप गरिस्‌। यसैले मैले तँलाई परमेश्‍वरको पर्वतबाट अपमान गरी खेदिदिएँ, र हे अभिभावक करूब, मैले तँलाई अग्‍निमय पत्‍थरहरूका बीचदेखि धपाइदिएँ।

२ पत्रुस 2 : 4
4 स्‍वर्गदूतहरूले पाप गर्दा परमेश्‍वरले तिनीहरूलाई बाँकी राख्‍नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्‍यायका दिनसम्‍मको निम्‍ति पातालको अन्‍धकारमा जकड़िराख्‍नुभयो।

हिब्रू 2 : 14
14 किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्‍यही स्‍वभाव लिनुभयो, ताकि मृत्‍युद्वारा नै मृत्‍युको शक्ति भएकोलाई, अर्थात्‌ दियाबलसलाई उहाँले नष्‍ट गरून्,

प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।
2 मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
5 त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।
7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।
8 र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।
9 जसको कान छ त्‍यसले सुनोस्‌—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।
11 अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो।
12 त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो।
14 पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो।
15 त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

१ तिमोथी 3 : 6
6 तिनी नयाँ विश्‍वासी नहोऊन्, नत्रता घमण्‍डले फुलेर तिनी दियाबलसले पाउने दण्‍डमा पर्नेछन्‌।

प्रकाश 12 : 4
4 त्‍यसको पुच्‍छरले स्‍वर्गको एक तिहाइ ताराहरूलाई सोहोरेर पृथ्‍वीमा फालिदियो। बालक जन्‍मनासाथ त्‍यसलाई निलिहालूँ भनी त्‍यो अजिङ्गर बालक जन्‍माउन लागेकी स्‍त्रीको सामुन्‍ने खड़ा थियो।

अय्‍यूब 1 : 6
6 एक दिन स्‍वर्गीय दूतहरू [1] परमप्रभुको सामुन्‍ने उपस्‍थित हुँदा शैतान [2] पनि तिनीहरूसँग आयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *