यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लुटेरा मान्छे
तीतस 1 : 16
16 तिनीहरू परमेश्वरलाई चिनेका छौं भनी भान त पार्छन्, तर तिनीहरूले आफ्ना कामद्वारा उहाँलाई इन्कार गर्दछन्। तिनीहरू घृणित र अनाज्ञाकारी हुन्छन्, र कुनै पनि असल कामको निम्ति योग्यका हुँदैनन्।
१ पत्रुस 5 : 8 – 10
8 सचेत रहो, जागा रहो, तिमीहरूको शत्रु दियाबलस कसलाई भेट्टाऊँ र खाइहाँलू भनी गर्जने सिंहझैँ खोजिहिँड्छ।
9 विश्वासमा दह्रिला भएर त्यसको विरोध गर, किनकि संसारभरि नै तिमीहरूका दाजुभाइहरूले पनि यस्तै कष्टको अनुभव गरिरहनुपरेको छ।
10 सबै अनुग्रहका परमेश्वरले ख्रीष्टमा आफ्नो अनन्त महिमाको निम्ति तिमीहरूलाई बोलाउनुभएको छ। तिमीहरूले केही बेर कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई फेरि नयाँ पार्नुहुनेछ, स्थिर गर्नुहुनेछ र शक्तिशाली पार्नुहुनेछ।
२ पत्रुस 2 : 3
3 लोभको वशमा परेर तिनीहरूले झूटा कुरा बनाएर तिमीहरूबाट फाइदा उठाउनेछन्। तिनीहरूका दण्डको कुरा अघिबाटै निर्णय भइसकेको छ, र तिनीहरूका विनाशको कुरा जागै छ।
१ पत्रुस 4 : 12
12 प्रिय हो, तिमीहरूलाई पारख गर्ने अग्निमय परीक्षा तिमीहरूमाथि आइपर्दा केही अनौठो कुरा भएजस्तै तिमीहरू छक्क नपर।
१ तिमोथी 6 : 12
12 विश्वासको उत्तम लड़ाइँ लड़। अनन्त जीवन पक्रिराख। यसैमा तिमीलाई बोलावट भएको थियो, जब तिमीले धेरै साक्षीहरूका उपस्थितिमा तिम्रो विश्वासको असल साक्षी दिएका थियौ।
याकूब 1 : 5
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको अभाव छ भने उदार-चित्तसँग नझर्की दिनुहुने परमेश्वरलाई त्यसले मागोस्, र त्यसलाई त्यो दिइनेछ।
१ तिमोथी 4 : 1 – 16
1 पवित्र आत्मा प्रष्टै भन्नुहुन्छ, कि पछि आउने समयमा छली आत्मा र भूतप्रेतका सिद्धान्ततिर मन लाएर कोही विश्वासबाट तर्किजानेछन्।
2 झूट बोल्ने मानिसहरूका छलद्वारा नै यो हुनेछ, जुनहरूका विवेक तातो फलामले डामेको जस्तो हुन्छ।
3 तिनीहरू विवाह निषेध गर्छन्। विश्वास गर्नेहरू र सत्य जान्नेहरूले धन्यवादसाथ ग्रहण गर्नुपर्ने परमेश्वरले सृजनुभएका भोजनहरूबाट अलग्ग बस्ने आदेश दिन्छन्।
4 परमेश्वरले सृजनुभएको हरेक कुरा असल छ, र धन्यवादसाथ ग्रहण गरे कुनै थोक पनि इन्कार गरिनुपर्दैन।
5 किनभने त्यो परमेश्वरको वचन र प्रार्थनाले चोखो तुल्याइन्छ।
6 यदि तिमीले भाइहरूका सामु यी शिक्षा राखिदियौ भने तिमीले अनुसरण गरेका असल सिद्धान्त र विश्वासको वचनमा पुष्ट भएर तिमी ख्रीष्ट येशूका असल सेवक हुनेछौ।
7 भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।
8 किनभने शारीरिक तालीम केहीसम्म लाभको हुन्छ, तर ईश्वरभक्तिचाहिँ हरप्रकारले लाभदायक हुन्छ, किनकि यसमा वर्तमान र भविष्यत् जीवन दुवैको निम्ति प्रतिज्ञा रहेको हुन्छ।
9 यो भनाइ निश्चित र सम्पूर्ण रूपले ग्रहणयोग्य छ,
10 किनकि यस उद्देश्यले हामी परिश्रम र प्रयत्न गर्दछौं, किनकि हाम्रो आशा जीवित परमेश्वरमा राखिएको छ, जो सबै मानिसका, विशेष गरी उहाँमाथि विश्वास गर्नेहरूका मुक्तिदाता हुनुहुन्छ।
11 यी नै कुराको आज्ञा देऊ र सिकाऊ।
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
13 म नआउञ्जेलसम्म धर्मशास्त्र पाठ गरी सुनाउनमा, प्रचार गर्नमा र शिक्षा दिनमा ध्यान देऊ।
14 तिमीसँग भएका वरदानको अवहेलना नगर, जुन वरदान एल्डरहरूले तिनीहरूका हात तिमीमाथि राख्दा अगमवाणीद्वारा तिमीलाई मिलेको थियो।
15 यी कर्तव्यहरू पालन गर। तिनीहरूमा नै लागिबस, ताकि तिम्रो प्रगति सबैले देखून्।
16 आफ्नो विषयमा र आफ्नो शिक्षाको विषयमा होशियार बस। यी कुरामा लागिरह। यसो गर्नाले तिमीले आफैलाई र सुन्नेहरूलाई समेत बचाउनेछौ।
यशैया 30 : 1 – 33
1 परमप्रभु घोषणा गर्नुहुन्छ, “धिक्कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्चालन गर्छन् तर ती मेरा होइनन्, मित्रता गाँस्छन्, तर मेरो आत्माले होइन, र पापमाथि पाप बढ़ाएका छन्।
2 तिनीहरू मेरो सल्लाह नलिई मिश्रमा जान्छन्, फारोका रक्षाको निम्ति सहायता लिन जान्छन्। मिश्रदेशको छत्रछायामा शरण लिन जान्छन्।
3 तर फारोको रक्षाले तिमीहरूलाई लाजमा पार्नेछ, र मिश्रदेशको छत्रछायाले तिमीहरूमाथि शर्म ल्याउनेछ।
4 यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्,
5 यस्तो जातिको कारण तिनीहरू सबै लाजमा पर्नेछन्, जो तिनीहरूका निम्ति निकम्मा छन्, जसले न त केही सहायता न केही लाभ ल्याउन सक्छन्, तर शर्म र गिल्ला मात्र ल्याउँछन्।”
6 नेगेव देशका पशुहरूका विषयमा ईश्वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्ने सर्प निस्कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्ना धन-सम्पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरामा लदाएर त्यस जातिको निम्ति लैजान्छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन,
7 मिश्रदेशमा जसको सहायता एकदमै व्यर्थको छ। यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
8 अब जा, आउँदो समयको निम्ति अनन्त साक्षी होस् भनेर तिनीहरूका निम्ति एउटा पाटीमा, एउटा पुस्तकको मुट्ठामा त्यो लेख।
9 यो एउटा बागी प्रजा, धोका दिने छोराछोरीहरू हुन्, अर्थात् परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन्।
10 दर्शन देख्नेहरूलाई तिनीहरू भन्दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह।
11 यो बाटो छोड़, यो मार्गबाट हट, र इस्राएलका परमपवित्रसित हाम्रो सामना गर्न बन्द गर।”
12 यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यस समाचारलाई इन्कार गरेका छौ, र अत्याचारमाथि र छलका कुरामा भर परेका छौ।
13 यसकारण यो पाप तिमीहरूका निम्ति पुट्ट निस्केर तुरुन्तै खस्न लागेको एउटा अल्गो पर्खालजस्तै हुनेछ, जो क्षणभरमा एक्कासि ढल्नेछ।
14 कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्यो टुक्रा-टुक्रा भएर फुट्नेछ, कि त्यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्म पनि रहनेछैन।”
15 परमप्रभु परमेश्वर, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्नौ।
16 तिमीहरूले भन्यौ, ‘होइन, हामी त घोड़ामा चढ़ेर भाग्नेछौं’। यसैकारण तिमीहरूलाई भाग्नैपर्छ! तिमीहरूले भन्यौ, ‘हामी चाँड़ो दगुर्ने घोड़ाहरू चढ़ेर जानेछौं’। यसैकारण तिमीहरूलाई खेद्नेहरू चाँड़ो हुनेछन्।
17 एक जनाको धम्कीले एक हजार जना भाग्नेछन्, पाँच जनाको धम्कीले तिमीहरू सबै यसरी भाग्नेछौ, कि तिमीहरू पर्वतको टाकुरामा खड़ा रहेको एउटा झन्डाको खामो र डाँड़ाको एउटा झन्डाझैँ हुनेछौ।”
18 तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्!
19 हे यरूशलेममा बस्ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्ती सुन्ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।
20 परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्। तिमीहरूका आफ्नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्नेछौ।
21 तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”
22 तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्नेछौ, “पर जाओ!”
23 तिमीहरूले जमिनमा छर्ने बीउका निम्ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्जने अन्न सप्रिएका र प्रशस्त हुनेछन्। त्यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्।
24 तिमीहरूका खेतमा हलो जोत्ने गोरु र गधाहरूले काँटा र बेल्चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्।
25 त्यो ठूलो हत्याको दिन जब धरहराहरू भत्कन्छन्, तब सबै अल्गा-अल्गा पर्वतहरू र सबै उच्च डाँड़ाहरूमा पानीका खोलाहरू बग्नेछन्।
26 त्यसबाहेक जब परमप्रभुले आफ्नो प्रजाका घाउहरू बाँध्नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्यस दिन जून घामजस्तै लाग्नेछ र सूर्यको प्रकाश सात दिनको ज्योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।
27 हेर, दन्केको क्रोध र उठिरहेको बाक्लो धूवाँमा टाढ़ाबाट परमप्रभु आउँदैहुनुहुन्छ। उहाँका ओठ क्रोधले पूर्ण र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छन्।
28 उहाँको सास घिच्रोसम्मै डुबाउने उर्लंदो नदीझैँ छ। उहाँले जाति-जातिहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ र उहाँले मानिसहरूलाई कुबाटोतिर लैजाने लगाम तिनीहरूका मुखमा लगाइदिनुहुन्छ।
29 अनि पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ। परमप्रभुको पर्वत, अर्थात् इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई बाँसुरी बजाउनेहरू रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ।
30 रीसको झोँक, भस्म गर्ने आगोको ज्वाला, र गड्याङगुडुङ र आँधीबेहरी र असिनासहित परमप्रभुले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न र आफ्नो बाहुबलको चमक देख्न लगाउनुहुनेछ।
31 अश्शूर परमप्रभुको सोरले थर्कमान हुनेछ। उहाँले आफ्नो राजदण्डले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
32 दण्डको लहुरोको प्रत्येक प्रहार, जो परमप्रभुले तिनीहरूमाथि हान्नुहुनेछ, त्यो हातको खैँजड़ी र वीणाको सोरको साथ हुनेछ, र आफ्नो पाखुराको मुक्काले उहाँ तिनीहरूसित युद्धमा लड़ाइँ गर्नुहुनेछ।
33 किनभने तोपेतलाई अघिदेखि एउटा राजाको निम्ति तयार पारिएको हो। प्रशस्त आगो र दाउरासहित आगो सल्काउने खाल्डो गहिरो र ठूलो बनाइएको छ। जलिरहेको गन्धकको खोलाले झैँ परमप्रभुको सासले त्यसलाई जलाउनेछ।
Leave a Reply