लीस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लीस

भजनसंग्रह 75 : 8
8 परमेश्‍वरको बाहुलीमा एउटा कचौरा छ, जसमा मरमसला मिसाएको छ, फीँज भएको मद्य छ। उहाँले त्‍यो खन्‍याउनुहुन्‍छ, अनि पृथ्‍वीका दुष्‍टहरू सबैले त्‍यसको थिग्रासम्‍मै पिउँछन्‌,

यशैया 25 : 6
6 सर्वशक्तिमान्‌ परमप्रभुले यसै पर्वतमा सारा मानिसहरूका निम्‍ति मीठा-मीठा थोकहरू— छिप्‍पिएको मद्य, असल-असल स्‍वादिष्‍ट थोकहरू, सबैभन्‍दा असल मद्यको भोज लाउनुहुनेछ।

यर्मिया 48 : 11
11 “मोआब युवावस्‍थादेखि नै आराम गरी बसेको छ। त्‍यो थिग्रो रहेको दाखमद्यजस्‍तै छ, जो एउटा भाँड़ाबाट अर्को भाँड़ामा खन्‍याइएको छैन— त्‍यो निर्वासनमा गएको छैन। यसैले त्‍यसको स्‍वाद अघिजस्‍तै रहिरहेको छ। त्‍यसको बास्‍ना बद्‌लेको छैन।

सपन्‍याह 1 : 12
12 त्‍यस बेला बत्ती बालेर म यरूशलेमलाई खोज्‍नेछु, र ढुक्‍क भएर बस्‍नेहरूलाई, थिग्रो भएर बसेको दाखमद्यजस्‍तै हुनेहरूलाई, र ‘परमप्रभुले न त असल न खराब गर्नुहुन्‍छ’ भनी विचार गर्नेहरूलाई म सजाय दिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *