लाजरस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लाजरस

यूहन्‍ना 11 : 14
14 येशूले तिनीहरूलाई स्‍पष्‍ट भनिदिनुभयो, “लाजरस मरेका छन्‌।

यूहन्‍ना 11 : 44
44 त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।”

यूहन्‍ना 12 : 18
18 उहाँले यो चिन्‍ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्‌न गएको थियो।

यूहन्‍ना 12 : 2
2 तिनीहरूले उहाँको निम्‍ति त्‍यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्‍नेहरूमध्‍ये एक जना थिए।

यूहन्‍ना 12 : 9
9 यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्‍यहाँ हुनुहुन्‍छ भन्‍ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।

यूहन्‍ना 12 : 11
11 किनभने तिनैले गर्दा यहूदीहरूमध्‍ये धेरै जना छुटिएर गई येशूमाथि विश्‍वास गर्न लागेका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *