यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लगाम
भजनसंग्रह 32 : 9
9 समझै नभएको घोडा अथवा खच्चरजस्ता तिमी नहोऊ, जसलाई रोक्न लगाम र डोकरि चाहिन्छन्, नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।
हितोपदेश 26 : 3
3 घोडाको लागि कोर्रा, गधाको लागि करेली, र मूर्खहरूका पिठिउँको लागि लट्ठी!
प्रकाश 14 : 20
20 सहर बाहिरको दाख-कुण्डमा ती अंगूर कुल्चिए, दाख-कुण्डबाट रगत निस्किबग्यो। त्यो रगत घोडाको लगामसम्म पुग्ने गरी गहिरो थियो, र तीन सय किलोमिटरसम्म फैलिएको थियो।
२ राजाहरू 19 : 28
28 तैंले मेरो विरुद्धमा झोँक देखाएकोले, र तेरो अहङ्कार मेरो कानमा पुगेको कारणले, म तेरो नाकमा बल्छी र तेरो मुखमा लगाम लगाइदिनेछु, र तँ आएकै बाटो भएर म तँलाई फर्कन लाउनेछु’।”
भजनसंग्रह 39 : 1
1 सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि दाऊदको भजन [1] मैले भनें, “म आफ्नो चालचलनमा सावधान रहनेछु, र आफ्नो जिब्रोलाई पापबाट रोक्नेछु। दुष्टहरू मेरो सामुन्ने रहुञ्जेल म आफ्नो मुखमा महला लाएर बस्नेछु।”
Leave a Reply