रोप्ने र कटनी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रोप्ने र कटनी

गलाती 6 : 7
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।

२ कोरिन्थी 9 : 6 – 8
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।
7 अनि हरेक मानिसले आफ्‍नो मनमा सङ्कल्‍प गरेबमोजिम देओस्, इच्‍छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्‍वरले प्रेम गर्नुहुन्‍छ।
8 परमेश्‍वरले तिमीहरूलाई हरेक आशिष्‌ प्रशस्‍त मात्रामा दिन सक्‍नुहुन्‍छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्‍त होस्, र हरेक असल कामको निम्‍ति तिमीहरूले प्रशस्‍त मात्रामा दिन सक।

लूका 6 : 38
38 देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्‍त परिमाणमा खाँदीखाँदी बेसरी हल्‍लाएर, पोखिने गरी तिमीहरूको पोल्‍टामा राखिदिनेछन्‌। किनकि जुन नापले तिमीहरू दिन्‍छौ, त्‍यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”

गलाती 6 : 7 – 10
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।

गलाती 6 : 6 – 10
6 वचनको शिक्षा पाउने हरेकले आफ्‍ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।
10 यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्‍वासका परिवारका हुन्‌।

२ कोरिन्थी 9 : 10 – 11
10 छर्नेलाई बीउ र खानलाई भोजन दिनुहुनेले तिमीहरूलाई बीउ दिनुहुनेछ, र त्‍यसमा वृद्धि गराउनुहुनेछ, अनि तिमीहरूका धार्मिकताको फसल बढ़ाउनुहुनेछ।
11 तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ।

मलाकी 3 : 10
10 सम्‍पूर्ण दशांश ढुकुटीमा ल्‍याओ, ताकि मेरो घरमा भोजन रहोस्‌। यसमा मलाई जाँचेर हेर,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ, “म स्‍वर्गका ढोकाहरू उघारेर पर्याप्‍त ठाउँ पनि नहुनेसम्‍मका आशिष्‌ तिमीहरूमाथि बर्साउँछु वा बर्साउँदिनँ,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

फिलिप्पी 4 : 14 – 19
14 तापनि मेरो कष्‍टमा तिमीहरू सहभागी भयौ, सो असल गर्‍यौ।
15 तिमी फिलिप्‍पीहरू आफै पनि जान्‍दछौ, कि सुसमाचारको सुरुमा म माकेडोनियाबाट बिदा हुँदा, दिने र लिने काममा, तिमीहरूबाहेक कुनै मण्‍डलीको सहभागिता मसँग भएको थिएन,
16 किनभने थेसलोनिकेमा पनि तिमीहरूले मलाई एक पटकभन्‍दा बढ़ी नै मेरो निम्‍ति सहायता पठायौ।
17 मैले भेटी खोजेको होइन, तर म त तिमीहरूमा यस्‍तो फलको आशा राख्‍छु, जो तिमीहरूकै हिसाबमा जम्‍मा हुँदैजाओस्‌।
18 मैले पाउनुपर्नेभन्‍दा बढ़ी नै पाएको छु। इपाफ्रोडिटसद्वारा पठाइदिएका तिमीहरूको मीठो बास्‍ना भएको, र परमेश्‍वरलाई मनपर्दो र ग्रहणयोग्‍य बलिदान पाएर म तृप्‍त भएको छु।
19 मेरा परमेश्‍वरले आफ्‍नो महिमामा उहाँको सम्‍पत्तिअनुसार तिमीहरूको हरेक खाँचो ख्रीष्‍ट येशूमा पूरा गरिदिनुहुनेछ।

२ कोरिन्थी 9 : 6
6 तर कुरा यही हो, कि थोरै छर्नेले थोरै नै कटनी गर्छ, र प्रशस्‍तसँग छर्नेले प्रशस्‍तसँग कटनी गर्छ।

गलाती 6 : 7 – 9
7 धोकामा नपर, परमेश्‍वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्‍दछ त्‍यसैको कटनी पनि गर्नेछ।
8 जसले आफ्‍नो पापमय स्‍वभावको निम्‍ति रोप्‍तछ, त्‍यसले आफ्‍नो पापमय स्‍वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्‍माको निम्‍ति रोप्‍तछ, त्‍यसले आत्‍माबाट नै अनन्‍त जीवनको कटनी गर्नेछ।
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

लूका 18 : 10 – 14
10 “दुई जना मानिस प्रार्थना गर्न मन्‍दिरमा गए— एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने।
11 फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, म अरू मानिसहरूजस्‍तो धुताहा, अन्‍यायी, व्‍यभिचारी, अथवा यही कर उठाउनेजस्‍तो पनि छैनँ।
12 म हप्‍तामा दुई पल्‍ट उपवास बस्‍तछु। मैले पाएका सबै थोकको दशांश म दिन्‍छु।’
13 “तर कर उठाउनेचाहिँ टाढ़ै उभिएर स्‍वर्गतिर आँखा पनि नउठाई यसो भन्‍दै आफ्‍नो छाती पिट्यो, ‘हे परमेश्‍वर, म पापीमाथि दया गर्नुहोस्‌!’
14 “म तिमीहरूलाई भन्‍दछु, योचाहिँ मानिस त्‍यस अर्काभन्‍दा धर्मी ठहरिएर आफ्‍नो घरतिर लाग्‍यो। किनभने हरेक जसले आफूलाई उच्‍च पार्दछ, त्‍यो होच्‍याइनेछ, तर जसले आफूलाई होच्‍याउँछ, त्‍यो उच्‍च पारिनेछ।”

हितोपदेश 28 : 20
20 विश्‍वसनीय मानिसले बेसरी आशिष्‌ पाउनेछ, तर धनी हुनलाई व्‍यग्र बन्‍नेहरू दण्‍डविना रहनेछैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *