रोजगारदाताहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रोजगारदाताहरू

कलस्सी 4 : 1
1 मालिक हो, तिमीहरूका पनि स्‍वर्गमा मालिक हुनुहुन्‍छ भन्‍ने जानेर आफ्‍ना कमाराहरूसँग न्‍यायसङ्गत र उचित व्‍यवहार गर।

हितोपदेश 22 : 16
16 आफ्‍नो सम्‍पत्ति बढ़ाउन गरीबमाथि थिचोमिचो गर्ने, र धनीलाई उपहारहरू दिने दुवै व्‍यक्ति दरिद्र बन्‍छन्‌।

याकूब 5 : 4
4 जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्‍याला नै कराउँछ, र ती बाली काट्‌नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्‍मै पुगेको छ।

१ पत्रुस 2 : 18 – 20
18 कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,

रोमी 4 : 4
4 अब काम गर्नेले जुन ज्‍याला पाउँछ त्‍यो दान होइन, तर त्‍यो उसको पाउने हक हो।

कलस्सी 3 : 23
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,

एफिसी 6 : 9
9 मालिक हो, आफ्‍ना कमाराहरूसँग त्‍यस्‍तै व्‍यवहार गर, र धम्‍की दिन छोड, यो जानेर कि तिमीहरू दुवैका मालिक स्‍वर्गमा हुनुहुन्‍छ, र उहाँमा पक्षपात छैन।

लेवीहरू 19 : 13
13 “‘तिमीहरूले आफ्‍नो छिमेकीलाई थिचोमिचो नगर्नू, र त्‍यसलाई नलुट्‌नू। “‘ज्‍यालामा काम गर्नेको पैसा एक रात पनि तिमीहरूसँग नरहोस्‌।

यर्मिया 22 : 13
13 “धिक्‍कार त्‍यसलाई, जसले अधर्मले आफ्‍नो महल बनाउँदछ, जसले आफ्‍ना माथिल्‍ला कोठाहरू अन्‍यायले बनाउँछ, जसले आफ्‍ना देशवासीहरूलाई सित्तैमा सेवा गर्न लगाउँछ, र तिनीहरूलाई आफ्‍ना मेहनतको ज्‍याला दिँदैन।

मत्ती 20 : 10 – 15
10 जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।
11 ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।
12 तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’
13 “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ?
14 तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।
15 मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?

याकूब 5 : 5
5 तिमीहरू यस पृथ्‍वीका सुख-विलास र मोजमज्‍जामा मस्‍त भएर बसेका छौ। बलिका दिनको निम्‍ति तिमीहरूले आफैलाई पुष्‍टाई राखेका छौ।

कलस्सी 3 : 22
22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।

१ तिमोथी 5 : 18
18 किनभने पवित्रशास्‍त्र भन्‍छ, “दाइँ गर्ने गोरुको मुखमा मोहोलो नलगाउनू,” र “श्रमिकले आफ्‍नो कामको ज्‍याला पाउनुपर्छ।”

लेवीहरू 25 : 43
43 तिमीहरूले तिनीहरूमाथि कठोर व्‍यवहारले शासन नगर्नू, तर तिमीहरूका परमेश्‍वरको भय मान्‍नू।

लूका 10 : 7
7 तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्‍यसै घरमा बस। किनभने खेताला आफ्‍नो ज्‍यालाको योग्‍य हुन्‍छ। घर-घर नपसी हिँड़।

रोमी 13 : 1 – 14
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।
8 आपसमा प्रेम गर्नुबाहेक कसैको केही कुरामा ऋणी नहोओ। किनकि आफ्‍नो छिमेकीलाई प्रेम गर्नेले व्‍यवस्‍था पूरा गरेको हुन्‍छ।
9 “तैंले व्‍यभिचार नगर्, तैंले हत्‍या नगर्, तैंले चोरी नगर्, तैंले लोभ नगर्,” यी आज्ञाहरूबाहेक, र अरू जति आज्ञा छन्, ती सबैको सारांश यसै आज्ञामा पाइन्‍छ, अर्थात्‌ “तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।”
10 प्रेमले छिमेकीको खराबी गर्दैन। यसकारण प्रेम गर्नु नै व्‍यवस्‍था पूरा गर्नु हो।
11 यसबाहेक यो वर्तमान समय कस्‍तो छ, सो तिमीहरूलाई थाहा छ। अब निद्राबाट ब्‍यूँझने ठीक बेला आइपुगेको छ, किनकि हामीले पहिले विश्‍वास गरेको भन्‍दा अहिले हाम्रो मुक्ति अझ नजिक छ।
12 रात बितिसक्‍यो, र दिन नजिकै आइपुगेको छ। यसकारण अन्‍धकारका काम छोड़ेर हामी ज्‍योतिका हातहतियार धारण गरौं।
13 दिउँसोजस्‍तै गरी हामी ठीकसँग चलौं। मोजमज्‍जामा, पियक्‍कडपनमा, व्‍यभिचारमा, भ्रष्‍टाचारमा, झगड़ामा र डाहमा होइन।
14 तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र पापमय स्‍वभावको अभिलाषा पूरा गर्ने कुरामा ध्‍यान नदेओ।

रोमी 13 : 4
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।

१ तिमोथी 2 : 1 – 2
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।

मलाकी 3 : 5
5 “यसैले म न्‍याय गर्नलाई तिमीहरूको नजिक आउनेछु। टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू र झूटो गवाही बक्‍नेहरूका विरुद्धमा, मजदूरहरूलाई ज्‍यालामा ठग्‍नेहरू, विधवा र टुहुरा-टुहुरीमाथि अत्‍याचार गर्नेहरू, विदेशीलाई न्‍याय नगरिदिनेहरू, र मेरो डर नमान्‍नेहरू, यी सबैका विरुद्धमा म झट्टै गवाही दिनेछु,” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ।

मत्ती 10 : 10
10 यात्राको निम्‍ति झोली, दुई जोर दौरा, जुत्ता, लौरो नलेओ। किनभने खेतालाले उसको भोजन पाउनुपर्छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *