रोग

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रोग

३ यूहन्‍ना 1 : 2
2 प्रिय मित्र, म प्रार्थना गर्दछु, कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्‍वास्‍थ्‍य ठीक रहोस्‌। तिम्रो आत्‍मिक जीवन ठीक छ भन्‍ने म जान्‍दछु।

रोमी 5 : 3 – 4
3 यति मात्र होइन, तर हामी आफ्‍नो सङ्कष्‍टमा रमाउँछौं, यो जानेर कि सङ्कष्‍टले सहनशीलता उत्‍पन्‍न गराउँछ,
4 सहनशीलताले चरित्र, र चरित्रले आशा उत्‍पन्‍न गराउँछ।

यर्मिया 29 : 11
11 किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्‍ति बनाएको छु, ती म जान्‍दछु,” परमप्रभु भन्‍नुहुन्‍छ। “ती तिमीहरूका उन्‍नतिको निम्‍ति हुन्, नोक्‍सानीको निम्‍ति होइनन्, तिमीहरूलाई आशा र भविष्‍य दिनलाई।

प्रकाश 21 : 4
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”

२ कोरिन्थी 4 : 17
17 किनकि हाम्रो हलुको र क्षणभरको कष्‍टले हाम्रा निम्‍ति अतुलनीय तथा अनन्‍तको महान्‌ महिमा तयार गरिरहेछ।

यूहन्‍ना 9 : 1 – 7
1 त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो।
2 उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”
3 येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।
4 मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।
5 म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।”
6 यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो।
7 अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो।

१ पत्रुस 2 : 24
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।

रोमी 1 : 11 – 12
11 किनभने तिमीहरूलाई बलिया पार्नलाई केही आत्‍मिक वरदान तिमीहरूलाई दिन सकूँ भनेर म तिमीहरूलाई भेट्‌ने उत्‍कट इच्‍छा गर्दछु।
12 यसरी तिमीहरूको र मेरो, हाम्रो पारस्‍परिक विश्‍वासबाट, हामी दुवैले एक-अर्काबाट प्रोत्‍साहन पाउन सकौं।

यशैया 40 : 29 – 31
29 उहाँले थकितहरूलाई बल दिनुहुन्‍छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्‍छ।
30 युवक पनि दुर्बल र थकित हुन्‍छन्, र जवान मानिसहरू थाकेर लोट्‌छन्‌।
31 तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्‌नेछन्, र दगुरेर पनि तिनीहरू थाक्‍नेछैनन्‌। तिनीहरू हिँड्‌नेछन्‌ तापनि मूर्च्‍छा पर्नेछैनन्‌।

लूका 10 : 9
9 त्‍यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्‍वरको राज्‍य तिमीहरूका नजिक आइपुगेको छ।’

मत्ती 4 : 24
24 उहाँको कीर्ति सिरियाभरि फिँजियो, र बिरामीहरू, अर्थात्‌ विभिन्‍न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका, र छारेरोग लागेका, र पक्षाघात भएकाहरू सबैलाई मानिसहरूले उहाँकहाँ ल्‍याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो।

लूका 9 : 1
1 तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्‍ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।

प्रस्‍थान 4 : 10 – 12
10 त्‍यसपछि मोशाले परमप्रभुलाई भने, “प्रभु, म बोल्‍नमा उस्‍तो सिपालु छैनँ, न त अघि म सिपालु थिएँ न अहिले तपाईं बोल्‍नुभएपछि म सिपालु भएको छु, किनकि म बोल्‍नमा र जिब्रो चलाउनमा ढिलो छु।”
11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख कसले बनायो? मानिसलाई लाटो वा बहिरो कि देख्‍ने वा अन्‍धो कसले बनाउँछ? के म परमप्रभुले नै होइन र?
12 अब जा, म तँलाई बोल्‍न सहायता गर्नेछु, र तैंले के-के बोल्‍नुपर्ने हो सो सिकाउनेछु।”

याकूब 5 : 14 – 15
14 के तिमीहरूमध्‍ये कोही बिरामी छ? त्‍यसले मण्‍डलीका एल्‍डरहरूलाई बोलाओस्‌। तिनीहरूले प्रभुको नाउँमा त्‍यसलाई तेलले अभिषेक गरेर त्‍यसको निम्‍ति प्रार्थना गरून्,
15 र विश्‍वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्‍यसलाई निको पार्नुहुनेछ, र यदि त्‍यसले पाप गरेको छ भने त्‍यसलाई क्षमा हुनेछ।

यशैया 53 : 5
5 तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं।

मत्ती 4 : 23
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।

मत्ती 8 : 16
16 जब साँझ पर्‍यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्‍याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्‍नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *