यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रेमालिया
२ राजाहरू 15 : 25
25 तिनका मुख्य अधिकृतहरूमध्येका एक जना, रमल्याहका छोरा पेकहले तिनको विरुद्धमा षड्यन्त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।
२ राजाहरू 15 : 27
27 यहूदाका राजा अजर्याहको बाउन्नौँ वर्षमा रमल्याहका छोरा पेकह सामरियामा इस्राएलका राजा भए, र तिनले बीस वर्ष राज्य गरे।
२ राजाहरू 15 : 30
30 तब एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र रचे। होशियाले आक्रमण गरेर तिनको हत्या गरे, र उज्जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।
२ राजाहरू 16 : 1
1 रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्य गर्न लागे।
२ राजाहरू 16 : 5
5 तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकहले यरूशलेमको विरुद्धमा लड़ाइँ गरेर आहाजलाई घेरा हाले, तर तिनीहरूले जित्न सकेनन्।
२ इतिहास 28 : 6
6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई त्यागेका थिए।
यशैया 7 : 1
1 जब उज्जियाहका नाति, योतामका छोरा आहाज यहूदाका राजा थिए, तब अरामका राजा रसीन र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा लड़ाइँ गर्न आए, तर उनीहरू विजयी हुन सकेनन्।
यशैया 7 : 4
4 र त्यसलाई भन्, ‘होशियार होऊ, शान्त बस र तिमी नडराऊ। यी दुई धूवाँ उठ्ने अगुल्टा, रसीन र अरामको भयङ्कर रीस, र रमल्याहको छोराको कारण तिम्रो मन पनि कातर नहोस्।
यशैया 8 : 6
6 “यस प्रजाले शान्तिसित बग्ने शीलोको पानीलाई तिरस्कार गरी रसीन र रमल्याहको छोरामा आनन्द मनाएको कारणले,
Leave a Reply