रेजिसाइड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रेजिसाइड

न्यायकर्ताहरू 3 : 23
23 तब एहूद दलानमा निस्‍के र एग्‍लोनलाई भित्रै छोड़ेर ढोकाहरू थुनिदिए र ताल्‍चा लगाइदिए।

२ शमूएल 1 : 16
16 किनकि दाऊदले त्‍यसलाई यसो भनेका थिए, “तेरो रगत तेरै शिरमाथि परोस्‌। जब तैंले भनिस्, ‘मैले परमप्रभुका अभिषिक्त जनलाई मारें,’ तब आफ्‍नै मुखले तैंले आफैलाई दोषी ठहराइस्‌।”

२ शमूएल 4 : 8
8 उनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्‍याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्‍ने, हजूरको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्‍ति साटो फेर्नुभयो।”

१ राजाहरू 15 : 29
29 तिनी राजा हुने बित्तिकै तिनले यारोबामका जम्‍मै परिवारलाई मारे। यारोबामको कुनै जीवित प्राणीलाई तिनले छोड़ेनन्, तर तिनीहरू जम्‍मैलाई सर्वनाश गरे। यसरी आफ्‍ना दास शीलोका अहियाहद्वारा भन्‍नुभएको परमप्रभुको वचन पूरा भयो।

१ राजाहरू 16 : 11
11 जिम्री राजा भएर राज सुरु गर्ने बित्तिकै तिनले बाशाका परिवारका जम्‍मैलाई मारे। तिनले बाशाका कुटुम्‍ब र मित्रमध्‍येको एउटै पुरुषलाई पनि जिउँदो छोड़ेनन्‌।

२ राजाहरू 9 : 24
24 तब येहूले आफ्‍नो धनु पूरा तानेर योरामको काँधहरूका बीचैमा हाने। त्‍यस काँड़ले तिनको मुटु नै छेड़्यो र तिनी आफ्‍नो रथैमा लोटे।

२ राजाहरू 9 : 27
27 जब यहूदाका राजा अहज्‍याहले यो देखे, तब तिनी बेथ-हागान जाने बाटो भएर भागे। येहूले तिनलाई खेदेर कराउँदै भने, “तिनलाई पनि मार।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा तिनको रथमा नै घाइते बनाए, तर तिनी भागेर मगिद्दोमा गए, र त्‍यहीँ नै मरे।

२ राजाहरू 12 : 21
21 तिनलाई मार्ने अधिकृतहरू शिम्‍मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबाद थिए। तिनी मरे र आफ्‍ना पित्रहरूसित दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अमस्‍याह राजा भए।

२ राजाहरू 14 : 20
20 तिनको लाश घोड़ामाथि बोकाएर ल्‍याइयो, र तिनी आफ्‍ना पित्रहरूसित दाऊदको सहर यरूशलेममा गाड़िए।

२ राजाहरू 15 : 10
10 याबेशका छोरा शल्‍लूमले जकरियाको विरुद्धमा षड्‌यन्‍त्र रचे। शल्‍लूमले तिनलाई मानिसहरूकै सामुन्‍ने आक्रमण गरेर मारे, र तिनीपछि राजा भए।

२ राजाहरू 15 : 14
14 त्‍यसपछि गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्‍ले। तिनले सामरियामा याबेशका छोरा शल्‍लूमलाई आक्रमण गरे, र तिनलाई मारेर तिनी राजा भए।

२ राजाहरू 15 : 25
25 तिनका मुख्‍य अधिकृतहरूमध्‍येका एक जना, रमल्‍याहका छोरा पेकहले तिनको विरुद्धमा षड्‌यन्‍त्र रचे। गिलादका पचास जना मानिसहरू आफ्‍नो साथमा लिएर सामरियामा भएको राजमहलको गढ़ीभित्र पसीकन पेकहले पकहीयालाई अनि अर्गोब र अरिहलाई पनि मारे। यसरी पेकहले पकहीयालाई मारे र तिनीपछि राजा भए।

२ राजाहरू 15 : 30
30 तब एलाहका छोरा होशियाले रमल्‍याहका छोरा पेकहको विरुद्धमा षड्‌यन्‍त्र रचे। होशियाले आक्रमण गरेर तिनको हत्‍या गरे, र उज्‍जियाहका छोरा योतामको बीसौँ वर्षमा तिनीपछि राजा भए।

२ राजाहरू 19 : 37
37 एक दिन जब उनी आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पूजा गरिरहेका थिए, तब उनका छोराहरू अद्रम्‍मलेक र शरेसेरले उनलाई तरवारले मारे, र उनीहरू आरारात देशमा भागेर गए। उनीपछि उनका छोरा एसरहदोन राजा भए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *