यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रिस
एफिसी 4 : 31 – 32
31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
लेवीहरू 19 : 18
18 “‘आफ्ना आफन्तहरूसित बदला लिन नखोज र इबी नराख, तर आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर। म परमप्रभु हुँ।
मत्ती 6 : 14 – 15
14 किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ।
15 तर तिमीहरूले मानिसहरूका अपराध क्षमा गरेनौ भने तिमीहरूका पिताले तिमीहरूका अपराध क्षमा गर्नुहुनेछैन।
एफिसी 4 : 32
32 जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक-अर्काप्रति कोमल मनका र दयालु होओ।
मर्कूस 11 : 25
25 जब तिमीहरू प्रार्थना गर्न खड़ा हुन्छौ, तब कसैको विरुद्धमा तिमीहरूको केही छ भने क्षमा गर, ताकि स्वर्गमा हुनुहुने तिमीहरूका पिताले पनि तिमीहरूका अपराधहरू क्षमा गरिदेऊन्।
एफिसी 4 : 26
26 क्रोध गर, तर पाप नगर। घाम अस्ताउन अघि नै तिमीहरूको रीस मरोस्,
१ कोरिन्थी 13 : 4 – 8
4 प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।
5 प्रेम हठी हुँदैन, न ढीट हुन्छ। प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन, झर्को मान्दैन, खराबीको हिसाब राख्दैन।
6 प्रेम खराबीमा प्रसन्न हुँदैन, तर ठीक कुरामा रमाउँछ।
7 प्रेमले सबै कुरा सहन्छ, सबै कुराको पत्यार गर्छ, सबै कुरामा आशा राख्छ, सबै कुरामा स्थिर रहन्छ।
8 प्रेमको कहिल्यै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्, भाषाहरू बन्द हुनेछन्, ज्ञान टलिजानेछ।
हितोपदेश 10 : 12
12 घृणाले कलह उत्पन्न गराउँछ, तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ
लूका 6 : 31
31 जसो मानिसहरूले तिमीहरूसँग गरून् भन्ने तिमीहरू इच्छा गर्दछौ, तिमीहरूले पनि तिनीहरूसँग त्यसै गर।
लूका 17 : 3 – 4
3 आफ्नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर।
4 यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”
गलाती 5 : 16 – 26
16 तर म भन्दछु, पवित्र आत्माद्वारा हिँड़, र पापमय स्वभावका लालसा पूरा नगर।
17 किनकि पापमय स्वभावका लालसा पवित्र आत्माको विरुद्ध हुन्छन्, अनि पवित्र आत्माको इच्छा पापमय स्वभावको विरुद्ध। तिमी जे गर्न चाहन्छौ त्यसबाट तिमीहरूलाई रोक्नका निम्ति यीचाहिँ एक-अर्काको विरुद्धमा हुन्छन्।
18 तर यदि तिमीहरू पवित्र आत्माद्वारा डोर्याइएका हौ भनेता तिमीहरू व्यवस्थाको अधीनमा हुँदैनौ।
19 पापमय स्वभावका कामहरू प्रत्यक्ष छन्, जो यी नै हुन्— व्यभिचार, अपवित्रता, लम्पटपना,
20 मूर्तिपूजा, मन्त्रतन्त्र, दुश्मनी, झैँझगड़ा, ईर्ष्या, क्रोध, स्वार्थीपन, फूट, गुटबन्दी,
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
22 तर पवित्र आत्माको फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता,
23 नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन।
24 तर तिनीहरू, जो ख्रीष्ट येशूका हुन्, तिनीहरूले पापमय स्वभावलाई त्यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्।
25 हामी पवित्र आत्माद्वारा जिउँछौं भने आत्माकै अनुसार हिँड़ौं।
26 हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्या नगरौं।
रोमी 12 : 17 – 21
17 कसैलाई खराबको सट्टा खराब नगर। जुन कुरा सबै मानिसहरूका दृष्टिमा आदरणीय छ, तिनमा ध्यान देओ।
18 हुन सक्छ भने, सकेसम्म सबैसँग शान्तिमा बस।
19 प्रिय हो, आफैले कहिल्यै बदला नलेओ, तर परमेश्वरको क्रोधमा छोडिदेओ। किनभने, लेखिएको छ, “बदला लिने काम मेरो हो, म नै बदला लिनेछु,” परमप्रभु भन्नुहुन्छ।
20 बरु, “तिम्रो शत्रु भोकाएको छ भने त्यसलाई खुवाओ, त्यो तिर्खाएको छ भने त्यसलाई पानी देओ। त्यसो गर्नाले तिमीले त्यसको टाउकोमा आगोको भुङ्ग्रो थुपार्नेछौ।”
21 खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।
हितोपदेश 19 : 11
11 मानिसको बुद्धिले त्यसलाई धैर्य दिन्छ, चित्त दुखाइका कुराप्रति आँखा चिम्लनु त्यसको लागि महिमा हो।
१ यूहन्ना 4 : 11
11 प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ।
याकूब 4 : 1
1 तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन् र?
रोमी 12 : 2
2 यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।
एफिसी 4 : 31
31 सबै तीतोपना, क्रोध र रीस, होहल्ला र निन्दा, सबै किसिमका डाहसमेत तिमीहरूले त्यागिदेओ।
हितोपदेश 20 : 22
22 यसो नभन्, “तेरो खराबीको साटो लिनेछु।” परमप्रभुको प्रतीक्षा गर्, र उहाँले तँलाई छुटाउनुहुनेछ।
Leave a Reply