यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रिबेका
उत्पत्ति 22 : 23
23 बतूएल रिबेकाका पिता भए। यी आठै छोरालाई अब्राहामका भाइ नाहोरबाट मिल्काले जन्माइन्।
उत्पत्ति 24 : 67
67 इसहाकले रिबेकालाई आफ्नी आमा साराको पालमा लगे, र विवाह गरे। अनि तिनी उनकी पत्नी भइन्, र उनले तिनलाई प्रेम गरे। यसरी आफ्नी आमाको मृत्युपछि इसहाकले सान्त्वना पाए।
उत्पत्ति 25 : 20
20 इसहाकले चालीस वर्षको उमेरमा पद्दन-आरामका अरामी बतूएलकी छोरी अरामी लाबानकी बहिनी रिबेकासँग विवाह गरे।
उत्पत्ति 25 : 28
28 इसहाकले एसावलाई माया गर्थे, किनभने उनले शिकार गरेर ल्याएको मासु तिनले खान पाउँथे। तर रिबेकाले चाहिँ याकूबलाई माया गर्थिन्।
उत्पत्ति 26 : 11
11 यसकारण अबीमेलेकले सबै मानिसहरूलाई यसो भनेर चेताउनी दिए, “यी मानिस अथवा यिनकी पत्नीलाई छुने जुनसुकै मानिसलाई पनि निश्चय नै मृत्युदण्ड हुनेछ।”
उत्पत्ति 26 : 35
35 ती स्त्रीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो हुन गयो।
उत्पत्ति 27 : 29
29 जाति-जातिले तेरो सेवा गरून्। र मानिसहरूले तँलाई दण्डवत् गरून्। तेरा दाजुभाइहरूमाथि तेरो प्रभुत्व होस्, र तेरी आमाका छोराहरूले तँलाई दण्डवत् गरून्। तँलाई सराप्नेहरू सबै श्रापित होऊन्, र तँलाई आशिष् दिनेहरू सबैले आशिष् पाऊन्।”
उत्पत्ति 27 : 46
46 तब रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्त्रीहरूले गर्दा मेरो जीवनै हैरान भइसक्यो। याकूबले यस देशका केटीहरूमध्ये यस्तै एउटी केटीलाई विवाह गर्यो भने म बाँचेर के फाइदा हुन्छ?”
उत्पत्ति 49 : 31
31 त्यहीँ नै उनीहरूले अब्राहाम र तिनकी पत्नी सारालाई गाड़ेका थिए। र त्यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्नी रिबेकालाई पनि गाड़ेका थिए। त्यहीँ नै मैले लेआलाई गाडें।
रोमी 9 : 10
10 त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्,
Leave a Reply