यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रिचाब
२ शमूएल 4 : 12
12 तब दाऊदले आफ्ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्ड्याइदिए। तर ईश्बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।
२ राजाहरू 10 : 15
15 तिनले त्यो ठाउँ छोड़ेपछि, रेकाबका छोरा यहोनादाब तिनलाई भेट गर्नलाई आइरहेका तिनले भेटे। येहूले उनलाई अभिवादन गरेर भने, “म तिमीतर्फ भएझैँ के तिमी मतर्फ छौ?” यहोनादाबले भने, “म छु।” येहूले भने, “त्यसो भए, मलाई आफ्नो हात देऊ।” उनले त्यसै गरे, र येहूले उनलाई समातेर आफ्नो रथमा राखे।
२ राजाहरू 10 : 23
23 तब येहू र रेकाबका छोरा यहोनादाब बालको मन्दिरभित्र गए। येहूले बालका सेवकहरूलाई भने, “चारैतिर हेर, र यो निश्चय गर कि तिमीहरूसँग यहाँ परमप्रभुका कुनै पनि दासहरू नहोऊन्— बालका सेवकहरू मात्रै।”
१ इतिहास 2 : 55
55 याबेसमा बस्ने शास्त्रीका वंशहरू: तिरातीहरू, शिम्मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्मतबाट आए।
यर्मिया 35 : 6
6 तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्तानले कहिल्यै दाखमद्य नपिओ।
यर्मिया 35 : 8
8 रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात् न त हामी आफै न हाम्रा पत्नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,
यर्मिया 35 : 16
16 रेकाबको छोरो योनादाबका सन्तानले त आफ्ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।
यर्मिया 35 : 19
19 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ: ‘रेकाबको छोरो योनादाबको सन्तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”
नहेम्याह 3 : 14
14 फोहोर ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरी छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले।
Leave a Reply