राशि चिन्हहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राशि चिन्हहरू

यर्मिया 27 : 9
9 यसैकारण ‘बेबिलोनका राजाको सेवा तिमीहरूले गर्नेछैनौ’ भन्‍ने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ फुकाउनेहरू, भूतप्रेत खेलाउनेहरू र जादूगरी गर्नेहरूका कुरा नसुन।

मीका 5 : 12
12 म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।

यर्मिया 10 : 2
2 परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।

व्यवस्था 18 : 10 – 12
10 आफ्‍नो छोरा वा छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने,
11 टुनामुना गर्ने, मृतकसँग सल्‍लाह लिने बिजुवा वा झाँक्री तिमीहरूका बीचमा कोही नहोस्‌।
12 यस्‍तो काम गर्ने व्‍यक्ति परमप्रभुको अगि घृणित हो। यी घृणित रीतिथितिहरूको कारणले परमप्रभु तिमीहरूका परमेश्‍वरले ती जातिहरूलाई तिमीहरूका सामुबाट निकालिदिनुहुनेछ।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

२ पत्रुस 1 : 21
21 किनकि मानिसको इच्‍छाबाट कुनै अगमवाणी आएन, तर पवित्र आत्‍माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्‍वरको तर्फबाट बोलेका हुन्‌।

भजनसंग्रह 147 : 4
4 उहाँले ताराहरूको संख्‍या निश्‍चित गर्नुहुन्‍छ, र एक-एकलाई आ-आफ्‍नो नाउँ दिनुहुन्‍छ।

आमोस 5 : 8
8 (किरकिटी र मृगशिरा तारा-समूहलाई सृजनुहुने, र घोर अन्‍धकारलाई प्रभातकालको उज्‍यालोमा परिवर्तन गर्नुहुने, दिनलाई अँध्‍यारो पारेर रात बनाउनुहुने, जसले समुद्रको पानीलाई बोलाउनुहुन्‍छ र त्‍यसलाई जमिनमा खन्‍याउनुहुन्‍छ— उहाँको नाउँ परमप्रभु नै हो।

लेवीहरू 19 : 31
31 “‘तिमीहरू झाँक्री, बोक्‍सी र जादू-मन्‍त्र गर्नेतिर नलाग्‍नू। तिनीहरूसित सल्‍लाह लिएर तिमीहरूले आफूलाई अशुद्ध नपार। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

यशैया 47 : 13
13 तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

व्यवस्था 4 : 19
19 आकाशमा परमप्रभु तिमीहरूका परमेश्‍वरले सारा मानिस-जातिलाई दिनुभएको घाम, जून, तारा— सारा ग्रह-नक्षत्र देख्‍दा तीप्रति आकृष्‍ट भएर तिमीहरूले तिनीहरूको पूजा र सेवा नगर।

व्यवस्था 13 : 1 – 3
1 तिमीहरूका बीचमा कोही अगमवक्ता वा कोही स्‍वप्‍न-दर्शी चमत्‍कारी चिन्‍ह वा आश्‍चर्यकर्म देखाउन तत्‍पर हुन्‍छ,
2 र त्‍यसले भनेको चिन्‍ह वा चमत्‍कार घटेपछि तिमीले नचिनेका “अन्‍य देवताहरूका पछि लागौं र तिनीहरूको पूजा गरौं” भनी त्‍यसले भन्‍यो भने,
3 तिमीहरूले त्‍यस अगमवक्ता वा स्‍वप्‍न-दर्शीका कुरा नसुन्‍नू। त्‍यो त तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।

लूका 21 : 25 – 27
25 “सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।
26 संसारमा हुन आउने घटनाहरूको आशङ्काले मानिसहरू मूर्च्‍छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्‌।
27 त्‍यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्‍नेछन्‌।

अय्‍यूब 9 : 9
9 उहाँले सप्‍तर्षि, मृगशिरा र किरकिटी ताराहरू र दक्षिणका तारागण बनाउनुभयो।

अय्‍यूब 38 : 31 – 32
31 “के तँ किरकिटी ताराहरूलाई बाँध्‍न सक्‍छस्‌? अथवा मृगशिराको पुञ्‍जलाई फुकाल्‍न सक्‍छस्‌?
32 के तैंले ग्रह नक्षत्रहरूलाई तिनका ऋतु-ऋतुमा निकाल्‍न सक्‍छस्‌? अथवा सप्‍तर्षि-तारा र तिनका दललाई डोर्‍याउन सक्‍छस्‌?

प्रस्‍थान 20 : 5
5 तिनीहरूका सामु ननिहुरनू, तिनीहरूको पूजा नगर्नू, किनकि म परमप्रभु तिमीहरूका परमेश्‍वर डाह गर्ने परमेश्‍वर हुँ। मेरो अवहेलना गर्ने पिता-पुर्खाका अधर्मको दण्‍ड उनीहरूका सन्‍तानहरूलाई उनीहरूका तेस्रो र चौथो पुस्‍तासम्‍म दिनेछु,

व्यवस्था 17 : 2 – 5
2 परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने कुनै सहरमा तिमीहरूका बीचमा बस्‍ने कोही स्‍त्री वा पुरुषले अरू देवताहरू वा घाम-जून, वा आकाशका ताराहरूको सेवा-पूजाद्वारा परमप्रभु तिमीहरूका परमेश्‍वरको करार भङ्ग गरी
3 उहाँको नजरमा दुष्‍ट काम गरेको तिमीहरूले चाल पायौ भने,
4 तिमीहरूले त्‍यसको राम्ररी सोध-खोज गर्नुपर्छ। यदि यो सत्‍य रहेछ र यस्‍तो घृणित काम इस्राएलमा भएकै रहेछ भने,
5 यस्‍तो दुष्‍ट काम गर्ने पुरुष वा स्‍त्रीलाई सहरको मूल ढोकामा ल्‍याई ढुङ्गाले हानेर मार्नू।

यशैया 47 : 13 – 14
13 तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।
14 निश्‍चय नै तिनीहरू ठुटाजस्‍तै छन्‌। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्‍वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्‍दैनन्‌। यहाँ कसैलाई आगो ताप्‍ने भुङ्‌ग्रो हुँदैन, न यहाँ बसेर ताप्‍नलाई आगो हुनेछ।

२ राजाहरू 23 : 5
5 यहूदाका नगरहरू र यरूशलेमका छेउछाउका अल्‍गा-अल्‍गा ठाउँहरूमा धूप बाल्‍ने पूजाहारीहरू, जुनहरूलाई यहूदाका राजाहरूले नियुक्त गरेका थिए— उनीहरू जसले बाललाई, घामलाई र जूनलाई, अनि नक्षत्रहरू र सम्‍पूर्ण तारामण्‍डललाई धूप चढ़ाउने गर्थे।

यशैया 8 : 1 – 232

1 परमप्रभुले मलाई भन्‍नुभयो, “आफ्‍नो निम्‍ति एउटा ठूलो कागतको मुट्ठा ले, र त्‍यसमा साधारण कलमले ‘महेर-शालल-हाज-बज’ [1] भनेर लेख्‌।
2 अनि म यसलाई पक्‍का गर्नलाई मेरा दुई विश्‍वासयोग्‍य गवाहहरू, अर्थात्‌ उरियाह पूजाहारी र येबेरक्‍याहको छोरो जकरियालाई बोलाउनेछु।”
3 तब मेरी पत्‍नी अगमवादिनीकहाँ म गएँ, र तिनी गर्भवती भएर एक जना छोरो जन्‍माइन्‌। अनि परमप्रभुले मलाई भन्‍नुभयो, “त्‍यसको नाउँ महेर-शालल-हाज-बज राख्‌।
4 बालकले ‘मेरा बुबा’ र ‘मेरी आमा’ भन्‍न जान्‍न अघि नै दमस्‍कसको धन र सामरियाको लूट अश्‍शूरका राजाले लैजानेछ।”
5 परमप्रभुले मलाई फेरि यसो भन्‍नुभयो,
6 “यस प्रजाले शान्‍तिसित बग्‍ने शीलोको पानीलाई तिरस्‍कार गरी रसीन र रमल्‍याहको छोरामा आनन्‍द मनाएको कारणले,
7 अब हेर्, परमप्रभुले यूफ्रेटिसका पानीको भल, अर्थात्‌ अश्‍शूरको राजा र त्‍यसका रवाफसहित तिनीहरूका विरुद्धमा ल्‍याउन लाग्‍नुभएको छ। त्‍यसका सबै नहरमाथि त्‍यो उर्लेर आउनेछ र त्‍यसका सबै किनारमाथि बग्‍नेछ।
8 त्‍यो बाढ़ीझैँ अगाड़ि बढ़ेर यहूदासम्‍मै बग्‍नेछ। त्‍यो त्‍यसको घिच्रैसम्‍म पुग्‍नेछ। त्‍यसको फिँजाइएका पखेटाले तेरो देशलाई ढाक्‍नेछ, हे इम्‍मानुएल!”
9 हे जातिहरू हो, युद्धको नारा लगाओ र चकनाचूर होओ! सुन, हे टाढ़ा-टाढ़ा देश हो, लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ! लड़ाइँको लागि तयार होओ, र चकनाचूर होओ!
10 युद्धको युक्ति रचना गर, तर त्‍यो विफल हुनेछ। तिमीहरूका उपाय प्रस्‍ताव गर, तर त्‍यो ठहर्नेछैन, किनकि परमेश्‍वर हामीसित हुनुहुन्‍छ।
11 यस प्रजाको मार्गमा नहिँड्‌नलाई परमप्रभुले मलाई चेताउनी दिँदै आफ्‍नो बलियो हात ममाथि राखेर मलाई यसो भन्‍नुभयो,
12 “जुन कुरालाई यी मानिसहरू षड्‌यन्‍त्र भन्‍छन्, त्‍यसलाई तैंले षड्‌यन्‍त्र नभन्, र जे कुरादेखि तिनीहरू डराउँछन्‌ त्‍यसदेखि तँ नडरा, त्‍यसदेखि भयभीत नहो।
13 सर्वशक्तिमान्‌ परमप्रभुलाई नै तैंले पवित्र ठान्‍नू, र उहाँकै भय तैंले मान्‍नू, उहाँसँग नै तँ डराउनू।
14 र उहाँ नै तेरो वासस्‍थान हुनुहुनेछ, तर इस्राएलका दुवै घरानाका निम्‍ति उहाँ एउटा ढुङ्गा हुनुहुनेछ, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ। अनि उहाँ यरूशलेमका मानिसहरूका निम्‍ति धराप र पासो हुनुहुनेछ।
15 धेरै जना ठेस खानेछन्, तिनीहरू लोट्‌नेछन्‌ र टुक्रा-टुक्रा हुनेछन्, तिनीहरू पासोमा पर्नेछन्‌ र पक्राउ पर्नेछन्‌।”
16 यो गवाही-पत्र बाँधिदेऊ र यो व्‍यवस्‍था मेरा चेलाहरूका बीचमा बन्‍द गरेर त्‍यसमा मोहोर लगाइदेऊ।
17 याकूबको घरानादेखि आफ्‍नो मुख लुकाउनुहुने परमप्रभुको म प्रतीक्षा गर्नेछु, र उहाँमा नै म मेरो भरोसा राख्‍नेछु।
18 म र परमप्रभुले मलाई दिनुभएका छोराछोरीहरू यहीँ नै छौं। सियोन पर्वतमा विराजमान हुनुहुने सर्वशक्तिमान्‌ परमप्रभुतर्फबाट इस्राएलमा हामी चिन्‍ह र लक्षण हौं।
19 जब मानिसहरूले तिमीहरूलाई भूतप्रेत खेलाउने र तन्‍त्रमन्‍त्र गर्ने धामीझाँक्रीसँग सल्‍लाह लेओ भनी भन्‍लान्, तब के मानिसहरूले आफ्‍ना परमेश्‍वरकहाँ गएर सोध्‍नुपर्दैन र? जीवितहरूका विषयमा मरेकाहरूलाई किन सोध्‍ने?
20 व्‍यवस्‍था र गवाहीकहाँ जाओ! यदि तिनीहरू यस वचनअनुसार बोलेनन्‌ भने तिनीहरूसित बिहानको मिरमिरे उज्‍यालो पनि छैन।
21 तिनीहरू कष्‍टित र भोका भएर देशमा घुमिहिँड्‌नेछन्‌। जब तिनीहरू अत्‍यन्‍तै भोका हुन्‍छन्, तब तिनीहरू रिसाउनेछन्, र मास्‍तिर हेरी आफ्‍ना राजा र आफ्‍ना परमेश्‍वरलाई सराप्‍नेछन्‌।
22 तब तिनीहरूले पृथ्‍वीतिर हेर्नेछन्, तर त्‍यहाँ दु:ख, अन्‍धकार र डरलाग्‍दो नैराश्‍य मात्र देख्‍नेछन्‌। अनि तिनीहरू घोर अन्‍धकारमा जाकिनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *