यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राम्रो नेता को गुण
१ तिमोथी 4 : 12
12 जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।
प्रस्थान 18 : 13 – 27
13 भोलिपल्ट मोशा मानिसहरूका निम्ति न्याय गर्नलाई बसे। मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म मोशाको वरिपरि आए।
14 मोशाले मानिसहरूका निम्ति गरेका सबै काम मोशाका ससुराले देखेर तिनलाई सोधे, “यो तिमीले मानिसहरूका निम्ति गरेको के काम हो? किन तिमी मात्र न्याय गर्न एकलै बसिरहन्छौ, र मानिसहरूचाहिँ बिहानदेखि बेलुकासम्म तिम्रो वरिपरि उभिरहन्छन्?”
15 मोशाले आफ्ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्वरको इच्छा बुझ्न आउँछन्।
16 तिनीहरूको केही विवाद छ भने तिनीहरू मकहाँ आउँछन्, र कुनै मानिस र त्यसको भाइबन्धुको बीचमा म न्याय गरिदिन्छु, अनि म तिनीहरूलाई परमेश्वरका विधिविधानहरू बताइदिन्छु।”
17 मोशाका ससुराले तिनलाई भने, “तिमीले गरेको यो काम ठीक भएन।
18 तिमी घोटिनेछौ— तिमी र तिमीकहाँ आउने यी सबै मानिसहरू। किनभने यो काम तिम्रो निम्ति साह्रै चर्को छ। तिमीले यो काम एकलै गर्न सक्नेछैनौ।
19 मेरो कुरा सुन, म तिमीलाई केही सल्लाह दिनेछु, र परमेश्वर तिमीसित रहून्। तिमीचाहिँ परमेश्वरको अगि मानिसहरूका प्रतिनिधि भएर तिनीहरूका मुद्दा उहाँको सामु लैजानू।
20 तिमीले तिनीहरूलाई विधिविधानहरू सिकाउने गर्नू, र तिनीहरूले जिउने तरीका र गर्नुपर्ने कर्तव्य तिनीहरूलाई सिकाइदिनू।
21 तर सबै मानिसहरूमध्येबाट परमेश्वरको भय मान्ने, योग्य मानिसहरू चुन। तिनीहरू अनुचित फाइदा घिनाउने ईमानदार व्यक्तिहरू होऊन्। तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास र दश-दशमाथि नायक हुनलाई नियुक्त गर।
22 तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ता भएर सेवा गरून्। सबै ठूला-ठूला मुद्दाहरूचाहिँ तिनीहरूले तिम्रो सामु ल्याऊन्, तर साना-साना मुद्दाहरूचाहिँ तिनीहरूले नै इन्साफ गरून्। यसरी तिमीलाई सजिलो पर्नेछ, किनकि तिनीहरूले पनि तिम्रो भार बाँड्नेछन्।
23 तिमीले यो उपाय गर्यौ भने र परमेश्वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्न सक्नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्नो घरमा चित्त बुझाएर जानेछन्।”
24 मोशाले आफ्ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे।
25 मोशाले सारा इस्राएलबाटका योग्य-योग्य मानिसहरूलाई छाने, र तिनीहरूलाई मानिसहरूमाथि नायक बनाए, अर्थात् हजार-हजारका नायक, सय-सयका नायक, पचास-पचासका नायक र दश-दशका नायक।
26 तिनीहरूले हरसमय मानिसहरूका न्यायकर्ताका रूपमा सेवा गर्थे। गाह्रा-गाह्रा विषयहरूचाहिँ तिनीहरूले मोशाकहाँ ल्याउँथे, तर हरेक मामुली कुरा तिनीहरू आफैले इन्साफ गर्थे।
27 तब मोशाले आफ्ना ससुरालाई बिदा गरे, र यित्रो आफ्नो देशको बाटो लागे।
भजनसंग्रह 27 : 1
1 दाऊदको भजन [1] परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?
भजनसंग्रह 130 : 1 – 8
1 यात्राको गीत [1] हे परमप्रभु, म तपाईंलाई गम्भीर सङ्कष्टको स्थितिमा पुकार गर्दछु।
2 हे परमप्रभु, मेरो पुकार सुनिदिनुहोस्! कृपाको लागि गरिएको मेरो पुकारमा तपाईंका कानले ध्यान देऊन्।
3 हे परमप्रभु, तपाईंले पापको लेखा लिनुभयो भने त, हे प्रभु, को खड़ा हुन सक्छ र?
4 तर तपाईंमा क्षमा छ, र नै तपाईंको भय मानिन्छ।
5 म परमप्रभुको प्रतीक्षा गर्छु, मेरो प्राणले प्रतीक्षा गर्छ, अनि उहाँको वचनमा म आशा राख्तछु,
6 पालेले बिहानको प्रतीक्षा गरेको भन्दा बढ़ी, मेरो प्राणले परमप्रभुको प्रतीक्षा गर्छ।
7 हे इस्राएल, परमप्रभुमा आफ्नो आशा राख् किनभने परमप्रभुमा नै अचूक कृपा छ, अनि उहाँमा नै सम्पूर्ण उद्धार छ।
8 उहाँले नै मोल तिरेर इस्राएललाई तिनीहरूका सबै पापबाट छुटाउनुहुनेछ।
Leave a Reply