राम्रो नियत

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राम्रो नियत

१ यूहन्‍ना 3 : 18
18 मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं।

कलस्सी 3 : 1 – 25
1 यसकारण यदि तिमीहरू ख्रीष्‍टसँग जिइउठाइएका छौ भने माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्‍ट हुनुहुन्‍छ, र परमेश्‍वरको दाहिने बाहुलीपट्टि बस्‍नुभएको छ।
2 माथिका कुरामा मन लगाओ। पृथ्‍वीमा भएका कुरामा होइन।
3 किनभने तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन परमेश्‍वरमा ख्रीष्‍टसँग लुकाइएको छ।
4 ख्रीष्‍ट, जो हाम्रो जीवन हुनुहुन्‍छ, उहाँ प्रकट हुनुहुँदा तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ।
5 यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।
6 यिनै कुराहरूका खातिर परमेश्‍वरको क्रोध आज्ञा नमान्‍नेहरूमाथि आउँदछ।
7 तिमीहरू पनि यी कुरामा रहँदा अघि एक समय यस्‍तै कुरामा चल्‍दथ्‍यौ।
8 तर अब तिमीहरूले पनि यी सबै कुरा त्‍याग: रीस, क्रोध, डाह, निन्‍दा, आफ्‍नो मुखबाट निस्‍कने फोहोर बोली।
9 एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्‍वभाव त्‍यसका चलनसमेत तिमीहरूले त्‍यागेका छौ,
10 र नयाँ स्‍वभाव धारण गरेका छौ, जो आफ्‍नो सृष्‍टिकर्ताको रूपअनुसार ज्ञानमा नयाँ भइरहेको छ।
11 यहाँ ग्रीक र यहूदी, खतनाका र बेखतनाका, अशिक्षित, असभ्‍य, कमारा र फुक्‍काको भेद रहनेछैन, तर ख्रीष्‍ट नै सबै कुरा र सबै कुरामा हुनुहुन्‍छ।
12 यसकारण परमेश्‍वरका चुनिएकाहरू, पवित्र र प्रिय भएर तिमीहरूले करुणा, दया, दीनता, नम्रता र धैर्य धारण गर।
13 एउटाले अर्कालाई सहने गर, कुनै मानिसको विरुद्धमा केही दोषको कारण छ भने, एक-अर्कालाई क्षमा गर्ने गर। जसरी प्रभुले तिमीहरूलाई क्षमा गर्नुभएको छ, त्‍यसरी तिमीहरूले पनि क्षमा गर्नुपर्छ।
14 यी सबैभन्‍दा बढ़ी बरु प्रेम धारण गर, जसले सबै थोकलाई सम्‍पूर्ण एकतामा एकसाथ बाँध्‍छ।
15 ख्रीष्‍टको शान्‍तिले तिमीहरूका हृदयमा राज्‍य गरोस्‌। साँच्‍चै, तिमीहरू त्‍यसको निम्‍ति एउटै शरीरमा बोलाइएका थियौ। तिमीहरू धन्‍यवादी होओ।
16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्‍ततासँग वास गरोस्‌। पूरा बुद्धिमानीसाथ एउटाले अर्कालाई सिकाओ र अर्ती देओ, र परमेश्‍वरप्रति आफ्‍नो हृदयमा रहेको कृतज्ञतासाथ भजन, स्‍तुति र आत्‍मिक गान गाओ।
17 कुरा वा काममा जे-जे गर्छौ, सबै कुरा उहाँद्वारा नै परमेश्‍वर पितालाई धन्‍यवाद चढ़ाउँदै प्रभु येशूको नाउँमा गर।
18 पत्‍नी हो, प्रभुको दृष्‍टिमा सुहाउँदो गरी आ-आफ्‍ना पतिहरूका अधीनमा बस।
19 पति हो, आ-आफ्‍ना पत्‍नीहरूलाई प्रेम गर र तिनीहरूप्रति कठोर नहोओ।
20 छोरा-छोरी हो, प्रत्‍येक कुरामा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर। किनकि यस कुराले प्रभुलाई प्रसन्‍न तुल्‍याउँछ।
21 बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌।
22 कमारा हो, प्रत्‍येक कुरामा यस संसारका आफ्‍ना मालिकहरूलाई आँखाका अगाडि खुशी तुल्‍याउने मात्र होइन, तर साँचो हृदयले प्रभुको डर राखेर तिनीहरूका अधीनमा बस।
23 तिमीहरू जे गर्छौ दिलोज्‍यानले गर्ने गर, मानिसको होइन, तर प्रभुको सेवा गरेजस्‍तै,
24 यो जानेर कि तिमीहरू आफ्‍ना उत्तराधिकार इनामको रूपमा पाउनेछौ। तिमीहरू प्रभु ख्रीष्‍टको सेवा गरिरहेका छौ।
25 किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।

भजनसंग्रह 26 : 1 – 12
1 दाऊदको भजन [1] हे परमप्रभु, म निर्दोष छु भनी प्रमाणित गरिदिनुहोस्‌। किनकि मैले निर्दोष जीवन बिताएको छु। कत्ति पनि नडगमगाईकन मैले परमप्रभुमा भरोसा राखेको छु।
2 मलाई जाँच्‍नुहोस्‌, हे परमप्रभु, र मेरो पारख गर्नुहोस्‌, मेरो मन र हृदय जाँच्‍नुहोस्‌।
3 किनकि तपाईंको प्रेम जहिले पनि मेरो सामुन्‍ने छ, र तपाईंकै सत्‍यतामा म निरन्‍तर चल्‍दछु।
4 म छली मानिसहरूसँग बस्‍दिनँ, र कपटीहरूको सङ्गत पनि गर्दिनँ।
5 कुकर्मीहरूको सङ्गतिलाई म घृणा गर्दछु, र दुष्‍टहरूसँग बस्‍न इन्‍कार गर्दछु।
6 निर्दोषतामा म हात धुन्‍छु, र हे परमप्रभु, तपाईंका वेदीको परिक्रमा गर्दछु।
7 उच्‍च स्‍वरमा धन्‍यवादको गीत गाउँदै म तपाईंका सबै आश्‍चर्यकर्मको वर्णन गर्दै हिँड्‌छु।
8 हे परमप्रभु, तपाईं वास गर्नुहुने भवन, तपाईंको महिमा विराजमान हुने ठाउँलाई म प्रेम गर्दछु।
9 मेरो प्राणलाई ती पापीहरूसँग, मेरो जीवनलाई ती रक्तपिपासुहरूसित नलैजानुहोस्‌,
10 जसका हात दुष्‍ट योजनाले भरिएका छन्‌, र जसका दाहिने हात घूसले भरिएका छन्‌।
11 तर म त निर्दोष जीवन जिउँछु, मेरो उद्धार गर्नुहोस्‌, र ममाथि कृपालु हुनुहोस्‌।
12 मेरा गोडा सम्‍म मार्गमा खड़ा छ, ठूलो समुदायमा म परमप्रभुको प्रशंसा गर्नेछु।

रोमी 13 : 1 – 7
1 हरेक व्‍यक्ति शासन गर्ने प्रशासकहरूका अधीनमा बसोस्‌। परमेश्‍वरबाट आएको अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन प्रशासकहरू छन्, ती परमेश्‍वरबाटै नियुक्त भएका हुन्‌।
2 यसकारण प्रशासकहरूका विरुद्धमा खड़ा हुनेले परमेश्‍वरबाट नियुक्त भएकाहरूको विरोध गर्छ, र जस-जसले विरोध गर्छन्, तिनीहरूले दण्‍डको आज्ञा पाउनेछन्‌।
3 किनभने सुकर्मको निम्‍ति होइन, तर कुकर्मको निम्‍ति शासकहरूको डर मानिन्‍छ। के तिमी प्रशासकको डरमा रहन चाहँदैनौ? त्‍यसो भए, असल काम गर, र तिमीलाई तिनीबाट प्रशंसा मिल्‍नेछ।
4 किनकि तिम्रो भलाइको निम्‍ति तिनी परमेश्‍वरका सेवक हुन्‌। तर यदि तिमी खराबी गर्छौ भने डर मान, किनभने तिनले तरवार व्‍यर्थमा भिर्दैनन्‌। खराब काम गर्नेमाथि परमेश्‍वरको दण्‍ड ल्‍याउने तिनी परमेश्‍वरका सेवक हुन्‌।
5 यसकारण परमेश्‍वरको दण्‍डबाट बच्‍नलाई मात्र होइन, तर विवेकको निम्‍ति पनि तिमी तिनका अधीनमा रहनुपर्छ।
6 यसैकारणले पनि तिमी कर तिर्दछौ। किनकि प्रशासकहरू यसै कामको निम्‍ति निरन्‍तर लागिरहेका परमेश्‍वरका सेवक हुन्‌।
7 तिर्नुपर्ने कुरा सबैलाई तिर— कर तिर्नुपर्नेलाई कर, महसूल तिर्नुपर्नेलाई महसूल, आदर गर्नुपर्नेलाई आदर, इज्‍जत गर्नुपर्नेलाई इज्‍जत गर।

१ तिमोथी 2 : 4
4 सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *