राम्रो गर्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राम्रो गर्दै

गलाती 6 : 9
9 भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्‍मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं।

मत्ती 5 : 16
16 यसरी नै तिमीहरूको ज्‍योति मानिसहरूका सामुन्‍ने चम्‍कोस्, र तिनीहरूले तिमीहरूका सुकर्म देखून्, र स्‍वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्‌।

एफिसी 2 : 10
10 किनकि हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।

याकूब 2 : 14 – 17
14 मेरा भाइ हो, यदि कोही मानिसले “मसित विश्‍वास छ” भन्‍छ, तर कामचाहिँ गर्दैन भने, यसबाट के लाभ? के त्‍यसको विश्‍वासले त्‍यसलाई बचाउन सक्‍छ र?
15 यदि कोही भाइ वा बहिनीले झुत्रे-झाम्रे लुगा लगाएको छ, र त्‍यसलाई दिनहुँको भोजनको अपुग छ,
16 र तिमीहरूमध्‍ये कसैले त्‍यसलाई, “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस, पेटभरि खाऊ” मात्र भन्‍छ, तर त्‍यसको शरीरलाई चाहिने कुराहरूचाहिँ दिँदैन भने, त्‍यसबाट के लाभ हुन्‍छ र?
17 यसरी विश्‍वास पनि काममा प्रकट हुँदैन भने त्‍यो विश्‍वास मृत हो।

गलाती 5 : 19 – 26
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,
20 मूर्तिपूजा, मन्‍त्रतन्‍त्र, दुश्‍मनी, झैँझगड़ा, ईर्ष्‍या, क्रोध, स्‍वार्थीपन, फूट, गुटबन्‍दी,
21 डाह, पियक्‍कड़पन, अश्लील मोजमज्‍जा र यस्‍तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्‍छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्‍ता कामहरू गर्दछन्, परमेश्‍वरका राज्‍यका हकदार बन्‍नेछैनन्‌।
22 तर पवित्र आत्‍माको फलचाहिँ प्रेम, आनन्‍द, शान्‍ति, धैर्य, दया, भलाइ, विश्‍वस्‍तता,
23 नम्रता, संयम हुन्‌। यस्‍ता कुराहरूका विरुद्धमा कुनै व्‍यवस्‍था छैन।
24 तर तिनीहरू, जो ख्रीष्‍ट येशूका हुन्, तिनीहरूले पापमय स्‍वभावलाई त्‍यसको वासना र लालसासहित क्रूसमा टाँगिदिएका छन्‌।
25 हामी पवित्र आत्‍माद्वारा जिउँछौं भने आत्‍माकै अनुसार हिँड़ौं।
26 हामी अहङ्कारी नहोऔं, एउटाले अर्कोलाई रीस नउठाऔं, र एउटाले अर्कोलाई ईर्ष्‍या नगरौं।

गलाती 2 : 16
16 र पनि हामी जान्‍दछौं, व्‍यवस्‍थाका कामद्वारा मानिस धर्मी ठहरिँदैन, तर येशू ख्रीष्‍टमाथिको विश्‍वासद्वारा धर्मी ठहरिन्‍छ। यसकारण हामीले पनि हाम्रो विश्‍वास ख्रीष्‍ट येशूमा राख्‍यौं, ताकि हामी व्‍यवस्‍थाका कामद्वारा होइन तर ख्रीष्‍टमा राखिएको विश्‍वासद्वारा धर्मी ठहरिन सकौं, किनकि व्‍यवस्‍थाका कामद्वारा कोही पनि धर्मी ठहरिँदैन।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *