यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रात
उत्पत्ति 1 : 5
5 परमेश्वरले उज्यालोलाई “दिन” र अँध्यारोलाई “रात” भन्नुभयो। साँझ पर्यो र बिहान भयो— पहिलो दिन।
उत्पत्ति 1 : 16
16 अनि परमेश्वरले दुई विशाल ज्योतिहरू बनाउनुभयो— ठूलो ज्योति दिनमाथि प्रभुत्व गर्न, र सानो ज्योति रातमाथि प्रभुत्व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।
उत्पत्ति 1 : 18
18 दिन र रातमाथि प्रभुत्व गर्न अनि उज्यालो र अँध्यारोलाई अलग-अलग गर्नलाई ती आकाशमा राख्नुभयो। अनि परमेश्वरले हेर्नुभयो, त्यो असल थियो।
भजनसंग्रह 19 : 2
2 हरेक दिन तिनीहरूले वार्तालाप गर्छन्, र हरेक रात तिनीहरूले ज्ञानको प्रदर्शन गर्छन्।
भजनसंग्रह 77 : 6
6 राती मैले आफ्ना गीतहरू सम्झें, म ध्यानमा बसें, र मेरो आत्माले यो सोध्यो:
भजनसंग्रह 119 : 148
148 तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्छन्।
भजनसंग्रह 139 : 11
11 यदि म भनूँ, “अँध्यारोले मलाई छोप्नेछ, अनि प्रकाश मेरो चारैतिर रातको अन्धकार हुनेछ,”
भजनसंग्रह 134 : 1
1 यात्राको गीत [1] परमप्रभुका सबै सेवकहरू, परमप्रभुको प्रशंसा गर, तिमीहरू जो परमप्रभुको भवनमा राती उहाँको सेवा गर्दछौ।
लूका 6 : 12
12 ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।
प्रकाश 21 : 25
25 दिनमा त्यसका ढोकाहरू कुनै किसिमले बन्द हुनेछैनन्, र त्यहाँ रात नै हुनेछैन।
प्रकाश 22 : 5
5 त्यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्वर नै तिनीहरूको उज्यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन्।
प्रस्थान 14 : 24
24 अनि रातको पछिल्लो पहरमा परमप्रभुले मिश्रीहरूको सेनालाई आगो र बादलको खम्बाबाट हेर्नुभयो, र मिश्रीहरूको सेनालाई अलमल्ल गराइदिनुभयो।
न्यायकर्ताहरू 7 : 19
19 गिदोन र तिनीसँग भएका एक सय मानिसहरू राती दश बजे छाउनीको छेउमा पुगे। पहरा-चौकीको पालो भर्खर फेरेको थियो। तिनीहरूले आफ्ना तुरही फुके र आफ्ना हातमा भएका गाग्रा फुटाए।
१ शमूएल 11 : 11
11 भोलिपल्ट शाऊलले आफ्ना मानिसहरूका तीन दल बनाए। बिहानीपख तिनीहरू अम्मोनीहरूको छाउनीभित्र पसे र मध्याह्नसम्म उनीहरूको संहार गरे। त्यसपछि बाँचेकाहरू दुई जना एकसाथ नहुने गरी तितरबितर भए।
नहेम्याह 12 : 9
9 तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवाहरूमा तिनीहरूका सामुन्ने बस्थे।
भजनसंग्रह 63 : 6
6 मेरो ओछ्यानमा म तपाईंको सम्झना गर्छु, र रातभरि तपाईंको ध्यान गर्छु।
भजनसंग्रह 119 : 148
148 तपाईंका प्रतिज्ञाहरूमाथि मनन गरूँ भनेर, मेरा आँखा रातका पहरहरूमा खुला रहन्छन्।
विलाप 2 : 19
19 हरेक पहरको सुरुमा राती उठेर करा। परमप्रभुको उपस्थितिमा नै तेरो हृदय पानीझैँ पोखा। गल्लीका मोड़मा भोकले मूर्च्छा खाने आफ्ना बालकहरूका प्राणको निम्ति आफ्नो हात उहाँतिर उठा।
मत्ती 14 : 25
25 बिहान तीन बजेतिर उहाँ समुद्रमाथि हिँड्दै तिनीहरूकहाँ आउनुभयो।
लूका 12 : 38
38 यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्यका हुन्।
प्रेरित 23 : 23
23 त्यसपछि तिनले कप्तानहरूमध्ये दुई जनालाई बोलाई भने, “आज राती नौ बजेतिर दुई सय सिपाहीहरू, सत्तरी जना घोड़चढ़ी र दुई सय भालावालहरूलाई कैसरियासम्म जान तयार पारी राख।
यशैया 15 : 1
1 मोआबको विषयमा ईश्वरवाणी: एकै रातमा मोआबको आर सहर उजाड़ र नष्ट पारियो! एक रातमा मोआबको कीर सहर उजाड़ र नष्ट भयो।
Leave a Reply