यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राज्य शिल्प
हितोपदेश 28 : 2
2 जब देश बागी बन्छ, त्यहाँ धेरै शासकहरू खड़ा हुन्छन्, तर समझशक्ति भएको ज्ञानी मानिसले अमनचैन कायम राख्छ।
दानिएल 1 : 5
5 राजाले उनीहरूलाई राजदरबारमा खाने गरेका दैनिक खाना र दाखमद्य दिनू भनी अशपेनजलाई हुकुम गरे। उनीहरूलाई तीन वर्षसम्म तालीम दिनुपर्थ्यो, र त्यसपछि उनीहरू राजाको सेवामा प्रवेश गर्नुपर्थ्यो।
उत्पत्ति 47 : 26
26 यसैले मिश्र देशमा जग्गाजमिनको विषयमा योसेफले एउटा ऐन बनाए, जो आजसम्म प्रचलित छ, कि उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ। पूजाहारीहरूका जग्गाजमिन मात्र फारोको भएन।
१ शमूएल 11 : 15
15 यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्यो उत्सव मनाए।
१ राजाहरू 1 : 14
14 जब तपाईं राजासँग कुरा गरिरहनुभएको हुन्छ त्यसै बेलामा म भित्र आउनेछु, र तपाईंले भन्नुभएको कुराको पुष्टि गरिदिनेछु।”
Leave a Reply