यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राजमिस्त्री
२ कोरिन्थी 11 : 13
13 किनकि त्यस्ता मानिसहरू झूटा प्रेरितहरू र छली काम गर्नेहरू हुन्, र ख्रीष्टका प्रेरितहरूको भेष लगाएर हिँड्नेहरू मात्र हुन्।
१ इतिहास 14 : 1
1 टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए।
२ कोरिन्थी 11 : 14
14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतहरूको भेष धारण गर्छ।
इजकिएल 17 : 1 – 16
1 परमप्रभुको यो वचन मकहाँ आयो:
2 “हे मानिसको छोरो, एउटा उखान भन्, इस्राएलका घरानालाई एउटा दृष्टान्त दे।
3 तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: शक्तिशाली पखेटा र लामा-लामा रङ्गबिरङ्गका प्वाँखहरू भएको एउटा ठूलो गरुड लेबनानमा आयो, अनि देवदारुको टुप्पो त्यसले चुँड़ायो।
4 त्यसले त्यो टुप्पो व्यापारीको एउटा देशमा लग्यो, र पैकारीहरूको एउटा सहरमा त्यो रोप्यो।
5 “‘त्यसपछि त्यसले तिमीहरूका देशको केही बीउ लगेर मलिलो जमिनमा रोप्यो। त्यसले बैँसको बोटजस्तै प्रशस्त पानी भएको ठाउँमा त्यो रोप्यो,
6 र त्यो उम्रेर होचो फैलिने लहरा भयो, र त्यसका हाँगाहरू त्यस गरुडतिर फर्किए तर त्यसका जराहरूचाहिँ आफूमुनि नै रहे। यसरी त्यो एउटा लहरा भयो अनि त्यसका हाँगाहरू उम्रन थाले र त्यसबाट धेरै पातहरू निस्कन लागे।
7 “‘तर शक्तिशाली पखेटा र पूरै प्वाखले भरिएको अर्को एउटा ठूलो गरुड थियो। अब त्यस लताले आफ्ना जराहरू आफू रोपिएको ठाउँबाट पठाउन र पानी पाउनलाई आफ्ना हाँगाहरू पनि त्यस गरुडतिर फैलाउन लाग्यो।
8 त्यसमा हाँगाहरू लागून्, फलहरू फलून् र एउटा असल लता त्यो होस् भनेर त्यो प्रशस्त पानी भएको एउटा राम्रो जमिनमा लगाइएको थियो’।
9 “तिनीहरूलाई भन्, ‘परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: के त्यो सप्रला त? के त्यो जरैसमेत उखेलिँदैन र त्यसका फलहरू टिपिँदैनन्, र त्यो ओइलनेछैन र? त्यसका सबै नयाँ पालुवाहरू ओइलाइहाल्नेछन्। त्यसलाई जरैसमेत उखेल्नलाई खूब बलियो हात अथवा धेरै मानिसहरू चाहिनेछैन्।
10 त्यसलाई सार्यो भने पनि के त्यो सप्रन्छ र? पूर्वीय बतासले हानेपछि के त्यो जम्मै सुकिहाल्दैन र— त्यो उम्रेकै ठाउँमा सुकिहाल्दैन र?
11 तब परमप्रभुको यो वचन मकहाँ आयो:
12 “यस बागी घरानालाई भन्, ‘के तिमीहरू यी कुराको अर्थ के हो, सो जान्दैनौ?’ तिनीहरूलाई भन्: बेबिलोनको राजा यरूशलेममा गयो, र त्यसका राजा र भारदारहरूलाई आफूसँग बेबिलोनमा ल्यायो।
13 तब त्यसले राजाको वंशमध्येको एक जनालाई लिएर त्यसलाई शपथ खान लगाएर त्यससँग सन्धि गर्यो। अनि देशका प्रमुख मानिसहरूलाई त्यसले लग्यो,
14 ताकि त्यो राज्य निर्बल रहोस् र फेरि खड़ा हुन नसकोस्, र त्यसको सन्धिको वचन पालन गरेर मात्र त्यो रहन सकोस्।
15 तर मिश्रदेशले त्यसलाई घोड़ाहरू र एउटा ठूलो सेना देओस् भनेर त्यसले मिश्रदेशमा राजदूतहरू पठाएर बेबिलोनका राजाको विरुद्धमा त्यो राजा बागी भयो। के त्यो सफल हुनेछ र? के यस्तो काम गर्ने मानिस उम्कन सक्छ र? करार भङ्ग गरेपछि पनि के त्यो उम्कन सक्छ र?
16 “‘जस्तो म जीवित छु, परमप्रभु परमेश्वर भन्नुहुन्छ, त्यो बेबिलोनमा मर्नेछ, त्यसलाई सिंहासनमा बसाल्ने जुन राजाको शपथ त्यसले तुच्छ ठान्यो र जससँग गरेको सन्धि त्यसले भङ्ग गर्यो, त्यही राजाको मुलुकमा अर्थात् बेबिलोनमा मर्नेछ।
२ राजाहरू 12 : 12
12 अर्थात् सिकर्मीहरू, डकर्मीहरू र ढुङ्गा काट्नेहरूलाई। परमप्रभुको मन्दिरका मरम्मतको निम्ति तिनीहरूले काठपात र काटेर मिलाएका ढुङ्गाहरू किने, र मन्दिरका पुनर्निर्माणको लागि अरू सबै खर्च गरे।
यूहन्ना 8 : 12
12 येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”
२ यूहन्ना 1 : 9 – 11
9 ख्रीष्टको सिद्धान्तमा स्थिर नबसेर त्यसको सीमादेखि बाहिर जाने मानिससँग परमेश्वर हुनुहुन्न, तर यस सिद्धान्तमा स्थिर रहनेसँग पिता र पुत्र दुवै हुनुहुन्छ।
10 यदि कोही तिमीकहाँ आएर यो सिद्धान्त ल्याएन भने त्यसलाई घरमा स्वागत नगर्नू। त्यसलाई अभिवादन पनि नगर्नू।
11 किनकि त्यसलाई अभिवादन गर्ने त त्यसका दुष्ट कामहरूमा सहभागी हुन्छ।
हितोपदेश 20 : 12
12 सुन्ने कान र देख्ने आँखा, ती दुवै परमप्रभुले नै बनाउनुभएको हो।
२ शमूएल 5 : 11
11 टुरोसका राजा हीरामले दाऊदकहाँ राजदूतहरू पठाए। हीरामले तिनीहरूका साथमा देवदारुका काठ र सिकर्मी र डकर्मीहरू पनि पठाए, अनि तिनीहरूले दाऊदको निम्ति एउटा महल बनाए।
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
गन्ती 3 : 1 – 51
1 परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो।
2 हारूनका छोराहरूका नाउँ यी नै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार।
3 हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्।
4 तर नादाब र अबीहू सीनैको उजाड़-स्थानमा परमप्रभुको सामुन्ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्ने मरे, अनि तिनीहरूका सन्तान थिएन। त्यसैले एलाजार र ईतामार मात्र आफ्ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे।
5 परमप्रभुले मोशालाई भन्नुभयो,
6 “लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्यसलाई सहायता गरून्।
7 पवित्र वासस्थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्ति भेट हुने पालमा कामकाज गर्नेछन्।
8 भेट हुने पालको सबै सामानको जिम्मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्थानको काम गरेर इस्राएलीहरूको दायित्व पूरा गर्नेछन्।
9 इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्यसका छोराहरूलाई दिइहाल्नू।
10 तैंले हारून र त्यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्। तिनीहरूबाहेक अन्य कोही पवित्रस्थानको नजिक आए त्यो मानिस मारिओस्।”
11 फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
12 “इस्राएलीहरूमा पहिले जन्मेर गर्भ खोल्ने पुरुषहरू सबैका सट्टामा मैले लेवीहरूलाई इस्राएलीहरूका बीचबाट लिएको छु। यसैले लेवीहरू मेरै हुन्,
13 किनकि सबै पहिले जन्मने मेरा हुन्। मिश्रका पहिले जन्मेका सबैलाई मारेको दिन मैले इस्राएलका मान्छे र पशु दुवैका पहिले जन्मेका र बियाएकाहरूलाई मेरै निम्ति अलग गरेको थिएँ। तिनीहरू मेरा हुन्। म परमप्रभु हुँ।”
14 सीनैको उजाड़-स्थानमा परमप्रभुले मोशालाई भन्नुभयो,
15 “लेवीहरूलाई आ-आफ्ना परिवार र वंश गरी गन्ती गर्। एक महिना र त्यसदेखि बढ़ी उमेरको हरेक पुरुष तैंले गन्नू।”
16 यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्ती गरे।
17 लेवीका छोराहरूका नाउँ यी नै हुन्: गेर्शोन, कहात र मरारी।
18 गेर्शोनका वंशहरूका नाउँ यी नै हुन्: लिब्नी र शिमी।
19 कहातका वंशहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल।
20 मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्ना परिवारअनुसार यी नै हुन्।
21 गेर्शोनबाट लिब्नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्।
22 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ७,५०० थिए।
23 गेर्शोनका वंशहरूले आफ्ना पाल पवित्र वासस्थानको पछि पश्चिमपट्टि टाँग्नुपर्थ्यो।
24 गेर्शोनीहरूका परिवारहरूका मुखिया लाएलका छोरा एल्यासाप थिए।
25 भेट हुने पालमा गेर्शोनीहरूलाई पवित्र वासस्थान, पाल, त्यसको छत, भेट हुने पालको ढोकामा भएको पर्दा,
26 चोकका पर्दाहरू पवित्र वासस्थान र वेदीको वरिपरि भएको चोकको ढोकाको पर्दा, डोरीहरू, र यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरूको जिम्मा थियो।
27 कहातबाट अम्रामी, यिसहारी, हेब्रोनी र उज्जीएलीहरूका वंश भए। कहातका वंशहरू यी नै हुन्।
28 एक महिना र उँभोका पुरुषहरूको गन्तीअनुसार ती ८,६०० थिए। कहातीहरूलाई पवित्रस्थानको जिम्मा थियो।
29 कहातका वंशहरूले पवित्र वासस्थानको दक्षिणपट्टि पाल टाँग्नुपर्थ्यो।
30 कहातीहरूका परिवारहरूका मुखिया उज्जीएलका छोरा एलीजापान थिए।
31 सन्दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै सरसामानहरू तिनीहरूको जिम्मामा थिए।
32 हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए।
33 मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्।
34 एक महिना र त्यसभन्दा उँभोका पुरुषहरूको गन्तीअनुसार ती ६,२०० थिए।
35 मरारीहरूका परिवारहरूका मुखिया अबीहेलका छोरा सूरीएल थिए। तिनीहरूले पवित्र वासस्थानको उत्तरपट्टि पाल टाँग्नुपर्थ्यो।
36 मरारीहरूलाई पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरू,
37 चारैतिरका चोकका खामाहरू तिनका आधारहरू, कीलाहरू र डोरीहरूको जिम्मा थियो।
38 पवित्र वासस्थानको पूर्वतिर, भेट हुने पालको अगि घाम झुल्कनेपट्टि मोशा, हारून र तिनका छोराहरूले पाल टाँग्नुपर्थ्यो। तिनीहरूलाई इस्राएलीहरूका निम्ति पवित्रस्थानको जिम्मा थियो। त्यसको नजिक आउने अन्य मानिस मारिओस्।
39 मोशा र हारूनले परमप्रभुको आज्ञाबमोजिम गनेका एक महिना र उँभोका उमेरका लेवीहरूको जम्मै संख्या २२,००० थियो।
40 तब परमप्रभुले मोशालाई भन्नुभयो, “एक महिना र उँभोका इस्राएलीहरूका सबै जेठो-जेठो छोराहरूलाई तिनीहरूका नाउँसमेत गन्ती गर्।
41 इस्राएलीहरूका जेठाहरूका सट्टामा तैंले लेवीहरूलाई ले। यसरी नै इस्राएलीहरूका गाईबस्तुका पहिले बियाएकाहरूका सट्टामा लेवीहरूका गाईबस्तु ले। म परमप्रभु हुँ।”
42 यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्ती गरे।
43 एक महिना र बढ़ी उमेरका जेठा-जेठाको नाउँअनुसारको जम्मै संख्या २२,२७३ थियो।
44 फेरि परमप्रभुले मोशालाई भन्नुभयो,
45 “इस्राएलीहरूका जेठा छोराहरूका सट्टामा लेवीहरू र तिनीहरूका गाईबस्तुहरूका सट्टा लेवीहरूका गाईबस्तुहरू ले। लेवीहरूचाहिँ मेरा हुनेछन्। म परमप्रभु हुँ।
46 अनि लेवीहरूको गन्तीबाट बेसी भएका इस्राएलीहरूका दुई सय त्रिहत्तर जना जेठा छोराहरूका छुटकाराको निम्ति,
47 पवित्रस्थानको शेकेलबमोजिम [1] तैंले प्रत्येकको निम्ति पाँच शेकेल ले। एक शेकेल बीस गेराको हुन्छ।
48 अनि थप गरिएका इस्राएलीहरूका छुटकाराको दामचाहिँ तैंले हारून र त्यसका छोराहरूलाई दिनू।”
49 यसरी लेवीहरूद्वारा छुटकारा दिइएकाहरूका उब्रेका जनहरूबाट मोशाले छुटकाराको पैसा लिए।
50 तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्मा गरे, जो पवित्रस्थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल [2] थिए।
51 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यो छुटकाराको पैसा तिनले हारून र तिनका छोराहरूलाई दिए।
यूहन्ना 14 : 6
6 येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।
गलाती 1 : 6 – 9
6 मलाई आश्चर्य लागिरहेछ, कि ख्रीष्टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ।
7 वास्तवमा अर्को सुसमाचार छैन, तर यस्ता कोहीकोही छन्, जसले ख्रीष्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्।
8 हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्।
9 हामीले अघिदेखि नै भनेजस्तै म फेरि अहिले पनि भन्दछु, तिमीहरूले जुन सुसमाचार ग्रहण गरेका छौ, त्यसको विपरीत अरू कसैले तिमीहरूलाई प्रचार गर्दछ भने, त्यो श्रापित होस्।
यूहन्ना 3 : 16
16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।
२ कोरिन्थी 6 : 14 – 18
14 अविश्वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्छ? अथवा अँध्यारोसँग उज्यालोको के सहभागिता?
15 ख्रीष्टको बेलिआलसँग के सरोकार? वा विश्वास गर्नेको विश्वास नगर्नेसित के समानता?
16 मूर्तिहरूसँग परमेश्वरको मन्दिरको के सम्झौता? किनभने हामी जीवित परमेश्वरका मन्दिर हौं, जसरी परमेश्वरले भन्नुभएको छ, “म तिनीहरूमा वास गर्नेछु, र तिनीहरूका बीचमा हिँड्डुल गर्नेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, अनि तिनीहरू मेरा प्रजा हुनेछन्”
17 “यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
18 म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।”
१ यूहन्ना 2 : 22 – 23
22 झूटो को हो? झूटो त्यो हो, जसले येशू नै ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा इन्कार गर्दछ। पिता र पुत्रलाई जसले इन्कार गर्छ, ख्रीष्ट विरोधी त्यही हो।
23 पुत्रलाई इन्कार गर्ने कुनै मानिसमा पिता हुनुहुन्न। जसले पुत्रलाई स्वीकार गर्छ, त्यससँग पिता हुनुहुन्छ।
यूहन्ना 1 : 1 – 5
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
4 उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो।
5 त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन।
Leave a Reply