राक्षस उपस्थिति

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् राक्षस उपस्थिति

१ यूहन्‍ना 4 : 1
1 प्रिय हो, जुनसुकै आत्‍मालाई विश्‍वास नगर, तर आत्‍माहरू परमेश्‍वरबाट आएका हुन्‌ कि होइनन्‌ भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्‌।

प्रकाश 13 : 1 – 18
1 समुद्रबाट एउटा पशु निस्‍किआएको मैले देखें, जसका दश वटा सीङ र सात वटा शिर थिए। त्‍यसका सीङमा दश वटा मुकुट थिए, र त्‍यसका शिरमा ईश्‍वर-निन्‍दाको नाउँ थिए।
2 मैले देखेको त्‍यो पशु चितुवाजस्‍तै थियो, त्‍यसका खुट्टाहरू भालूका जस्‍ता थिए, र त्‍यसको मुख सिंहको जस्‍तो थियो। त्‍यस अजिङ्गरले त्‍यस पशुलाई आफ्‍नो शक्ति, आफ्‍नो सिंहासन र ठूलो अधिकार दियो।
3 त्‍यसको एउटा शिरमा चाहिँ घातक चोट लागेको जस्‍तो देखिन्‍थ्‍यो, तर त्‍यसको चोट निको भयो। अनि सारा पृथ्‍वी छक्‍क परेर त्‍यस पशुको पछिपछि लाग्‍यो।
4 मानिसहरूले अजिङ्गरको पूजा गर्दथे, किनकि त्‍यसले आफ्‍नो अधिकार पशुलाई दिएको थियो। तिनीहरूले यसो भन्‍दै पशुको पूजा गरे, “यो पशुजस्‍तो अरू को छ? यसको विरुद्धमा को लड्‌न सक्‍ने?”
5 त्‍यसलाई अहङ्कारी र ईश्‍वर-निन्‍दक शब्‍दहरू उच्‍चारण गर्ने मुख दिइयो। त्‍यसलाई बयालीस महिनासम्‍म अधिकार चलाउने अनुमति दिइयो।
6 परमेश्‍वरको विरुद्धमा निन्‍दा गर्न, उहाँको नाउँ र उहाँको वासस्‍थान, र स्‍वर्गमा बस्‍नेहरूसमेत सबैको निन्‍दा गर्नलाई त्‍यसले आफ्‍नो मुख खोल्‍यो।
7 अनि त्‍यसलाई सन्‍तहरूसँग लड़ाइँ गर्न र तिनीहरूलाई जित्‍न अनुमति दिइयो। सबै कुलहरू, मानिसहरू, भाषाहरू र जातिहरूमाथि त्‍यसलाई अधिकार दिइयो।
8 र पृथ्‍वीमा वास गर्ने सबैले त्‍यस पशुको पूजा गर्नेछन्, अर्थात्‌ तिनीहरूले, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाका जीवनको पुस्‍तकमा लेखिएको छैन।
9 जसको कान छ त्‍यसले सुनोस्‌—
10 कैदमा जानुपर्ने कैदमा नै जानेछ, तरवारले मारिनेचाहिँ तरवारले नै मारिनेछ। सन्‍तहरूको सहनशीलता र विश्‍वास यसैमा छ।
11 अनि पृथ्‍वीबाट निस्‍किरहेको अर्को एउटा पशु मैले देखें। त्‍यसको पनि थुमाका जस्‍तै दुई वटा सीङ थिए, र अजिङ्गरजस्‍तै त्‍यो बोल्‍दथ्‍यो।
12 त्‍यसले पहिलो पशुको उपस्‍थितिमा त्‍यही पशुको सारा अधिकार चलाउँदथ्‍यो, र पृथ्‍वी र त्‍यसका सम्‍पूर्ण बासिन्‍दाहरूलाई पहिलो पशुको पूजा गर्न लाउँथ्‍यो, जसको घातक चोट निको भएको थियो।
13 मानिसका आँखाको अगि आकाशबाट पृथ्‍वीमा आगो झार्नेजस्‍ता ठूला-ठूला चिन्‍हहरू पनि त्‍यसले गर्‍यो।
14 पहिलो पशुको उपस्‍थितिमा जुन चमत्‍कार देखाउने शक्ति त्‍यसलाई दिइएको थियो, त्‍यहीद्वारा त्‍यसले पृथ्‍वीका बासिन्‍दाहरूलाई बहकायो। तरवारको चोट खाएर पनि जीवित भएको त्‍यस पहिलो पशुको सम्‍मानमा एउटा मूर्ति बनाउने हुकुम त्‍यसले तिनीहरूलाई दियो।
15 त्‍यस पहिलो पशुको मूर्तिमा सास हालिदिने अनुमति त्‍यसलाई दिइयो, यस हेतुले कि पशुको त्‍यो मूर्ति बोल्‍न सकोस्, र त्‍यस पशुको मूर्तिलाई नपुज्‍नेहरू मारिऊन्‌।
16 अनि त्‍यसले साना र ठूला, धनी र गरीब, फुक्‍का र कमारा सबैलाई तिनीहरूका दाहिने हात वा निधारमा छाप लगाउन लायो।
17 त्‍यो छाप नभईकन कसैले पनि किनमेल गर्न नपाउने भयो। त्‍यो छापचाहिँ त्‍यस पशुको नाउँ वा त्‍यसका नाउँको संख्‍या हो।
18 बुद्धिमत्ता यसैमा छ: जसको समझ छ, त्‍यसले त्‍यस पशुको संख्‍या जोडोस्, किनकि त्‍यो कुनै मानिसको संख्‍या हो, र यो संख्‍याचाहिँ छ सय छयसट्ठी हो।

एफिसी 6 : 12
12 किनकि हामीहरूको युद्ध शरीर र रगतको विरुद्ध होइन, तर प्रधानताहरूका विरुद्ध, शक्तिहरूका विरुद्ध, वर्तमान अन्‍धकारका सांसारिक शासकहरूका विरुद्ध र स्‍वर्गीय स्‍थानहरूमा भएका दुष्‍ट्याइँका आत्‍मिक सेनाहरूका विरुद्ध हो।

प्रकाश 12 : 9
9 त्‍यो ठूलो अजिङ्गर तल फालियो— त्‍यो प्राचीन सर्प, जो सारा संसारलाई बहकाउने दियाबलस वा शैतान हो। त्‍यो पृथ्‍वीमा फ्‍याँकियो र त्‍यसका दूतहरू त्‍यसका साथसाथै फ्‍याँकिए।

उत्‍पत्ति 6 : 1 – 22
1 जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे,
2 तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आ-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए।
3 तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
4 त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए।
5 पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।
6 पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो।
7 त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।”
8 तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
9 नोआको वृत्तान्‍त यही हो। आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे।
10 नोआका तीन जना छोराहरू जन्‍मे— शेम, हाम र येपेत।
11 परमेश्‍वरको दृष्‍टिमा पृथ्‍वी भ्रष्‍ट भएको र उपद्रवले भरिएको थियो।
12 जब परमेश्‍वरले पृथ्‍वीमाथि दृष्‍टि गर्नुभयो तब त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो, किनकि पृथ्‍वीमा भएका सबै मानिसहरूले आफ्‍ना चालचलन भ्रष्‍ट पारिसकेका थिए।
13 यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “सबै मानिसहरूको अन्‍त्‍य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्‍वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्‍वीसमेत नाश गर्नेछु।
14 तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्राले लिप्‍नू।
15 तैंले त्‍यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्‌।
16 जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू।
17 जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ।
18 तर तँसँगचाहिँ म आफ्‍नो करार स्‍थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्‍नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्‌।
19 सबै जीवित प्राणीमध्‍ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्‌।
20 पक्षीहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्‍ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्‌।
21 हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।”
22 परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *