रहस्य खोल्दै

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रहस्य खोल्दै

१ कोरिन्थी 2 : 10
10 परमेश्‍वरले हाम्रा निम्‍ति पवित्र आत्‍माद्वारा त्‍यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्‍माले प्रत्‍येक कुरा खोज्‍नुहुन्‍छ, परमेश्‍वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्‍छ।

हितोपदेश 11 : 13
13 कुरौटेले गोप्‍य भरोसामा आघात पुर्‍याउँछ, तर विश्‍वसनीय मानिसले कुरा गुप्‍तमै राख्‍छ।

१ पत्रुस 2 : 1 – 25
1 यसकारण सबै दुष्‍टता, सबै छल-कपट र ईर्ष्‍या, र सबै निन्‍दाहरूलाई त्‍याग।
2 नयाँ जन्‍मेका बालकहरूजस्‍तै शुद्ध आत्‍मिक दूधको तृष्‍णा गर, र त्‍यसबाट तिमीहरू आफ्‍नो मुक्तिमा बढ्‌दैजान सक्‍नेछौ।
3 किनकि प्रभु कृपालु हुनुहुन्‍छ भन्‍ने कुराको स्‍वाद तिमीहरूले पाएका छौ।
4 उहाँकहाँ जाओ, जो जीवित पत्‍थर हुनुहुन्‍छ। मानिसहरूबाट इन्‍कार हुनुभएको, तर परमेश्‍वरको दृष्‍टिमा उहाँ चुनिनुभएको र बहुमूल्‍य हुनुहुन्‍छ।
5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्‍य आत्‍मिक बलिदान चढ़ाउने पवित्र पूजाहारीगिरीको निम्‍ति जीवित पत्‍थरहरूझैँ आत्‍मिक घर बन्‍दैजाओ।
6 किनभने धर्मशास्‍त्रमा भनिएको छ, “हेर, सियोनमा एउटा छानिएको र बहुमूल्‍य कुने-ढुङ्गो म बसाल्‍छु, र जसले उहाँमाथि विश्‍वास गर्छ त्‍यो शर्ममा पर्नेछैन।”
7 यसकारण तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूका निम्‍ति त उहाँ बहुमूल्‍य हुनुहुन्‍छ, तर विश्‍वास नगर्नेहरूका निम्‍ति चाहिँ, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो।”
8 र, “एउटा ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ, एउटा चट्टान, जसले तिनीहरूलाई लोट्‌न लगाउँछ।” किनकि तिनीहरू वचन उल्‍लङ्घन गर्छन्‌ र लोट्‌छन्‌। तिनीहरूका निम्‍ति यस्‍तै हुन तोकिएको थियो।
9 तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीगिरी, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ। उहाँले तिमीहरूलाई अन्‍धकारदेखि उहाँका उदेकको ज्‍योतिमा ल्‍याउनुभयो, ताकि तिमीहरू उहाँका आश्‍चर्यपूर्ण कार्यहरूको घोषणा गर्न सक।
10 एक पल्‍ट तिमीहरू प्रजा थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका प्रजा भएका छौ। एक पल्‍ट तिमीहरूले कृपा पाएका थिएनौ, तर अब तिमीहरूले कृपा पाएका छौ।
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।
12 अन्‍यजातिहरूका बीचमा तिमीहरूको चालचलन असल होस्‌। कसैले तिमीहरूलाई कुकर्मी भनी तिमीहरूका विरुद्धमा बोले तापनि तिनीहरूले तिमीहरूका असल कामहरू देखून्, र आगमनको दिनमा तिनीहरूले परमेश्‍वरको महिमा गरून्‌।
13 प्रभुको खातिर मानिसको हरेक शासनको अधीनमा बस, चाहे त्‍यो सर्वोच्‍च राजाको होस्,
14 अथवा हाकिमहरूको होस्, जो दुष्‍ट काम गर्नेहरूलाई दण्‍ड दिन र असल काम गर्नेहरूलाई प्रशंसा गर्न उहाँद्वारा खटाइएका हुन्‍छन्‌।
15 किनकि परमेश्‍वरको इच्‍छा यही छ, कि असल गरेर नै तिमीहरूले मूर्ख मानिसहरूको अज्ञानतालाई चूप गराउनुपर्छ।
16 स्‍वतन्‍त्र मानिसहरूझैँ जीवन बिताओ। स्‍वतन्‍त्रतालाई कुकर्म गर्ने बहाना नबनाओ, तर परमेश्‍वरका दासहरूझैँ भएर चल।
17 सबै मानिसहरूलाई आदर गर। भाइबन्‍धुलाई प्रेम गर। परमेश्‍वरसँग डराओ। राजाको आदर गर।
18 कमारा हो, सम्‍पूर्ण आदरपूर्वक आफ्‍ना मालिकहरूका अधीनमा बस। तिमीहरूमाथि दयालु र भला हुनेहरूका अधीनमा मात्र होइन, तर निर्दयीहरूका अधीनमा पनि।
19 परमेश्‍वरलाई सम्‍झेर कुनै मानिसले अन्‍यायपूर्ण कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय छ।
20 किनभने तिमीहरूले खराब काम गरेर कुटाइ खाँदा धैर्यसँग सह्यौ भने यसमा ठूलो कुरो के छ र? तर तिमीहरूले असल गरेर पनि दुःख भोग्‍नुपर्दा धैर्यसँग सहन्‍छौ भने यो परमेश्‍वरमा ग्रहणयोग्‍य हुन्‍छ,
21 किनकि यसैको निम्‍ति तिमीहरू बोलाइएका हौ। ख्रीष्‍टले पनि तिमीहरूका निम्‍ति कष्‍ट भोग्‍नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्‌नुपर्छ।
22 “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”
23 तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन। दुःख भोग्‍नुहुँदा उहाँले धम्‍की दिनुभएन। तर उचित न्‍याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्‍नुभयो।
24 हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।
25 किनभने तिमीहरू भेड़ाहरूझैँ बरालिरहेका थियौ, तर अब तिमीहरूका आत्‍माको गोठाला र संरक्षककहाँ फर्किआएका छौ।

आमोस 3 : 7
7 निश्‍चय नै परमप्रभु परमेश्‍वरले आफ्‍ना दास, अगमवक्ताहरूलाई आफ्‍नो रहस्‍य प्रकट नगरीकन केही गर्नुहुन्‍न।

हिब्रू 10 : 16 – 20
16 “ती दिनपछि तिनीहरूसँग बाँध्‍ने मेरो करार यही हो, परमप्रभु भन्‍नुहुन्‍छ, तिनीहरूका हृदयमा म मेरो व्‍यवस्‍था राखिदिनेछु, र तिनीहरूका मनमा पनि म त्‍यो लेखिदिनेछु।”
17 तब उहाँ भन्‍नुहुन्‍छ, “तिनीहरूका पाप र तिनीहरूका दुष्‍कर्महरू म फेरि सम्‍झनेछैनँ।”
18 अब जहाँ यी सबैको क्षमा हुन्‍छ, त्‍यहाँ अब फेरि पापको निम्‍ति कुनै बलि छैन।
19 यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ।
20 हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं।

१ इतिहास 2 : 1 – 55
1 इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
2 दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर।
3 यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्‍त्री शूआ थिइन्‌। यहूदाका जेठा छोरा एर्‌ले परमप्रभुलाई अप्रसन्‍न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो।
4 तब यहूदाकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌। यहूदाका जम्‍मा छोराहरू पाँच जना भए।
5 फारेसका छोराहरू: हेस्रोन र हामूल।
6 जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्‍मा पाँच जना थिए।
7 कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्‍ट ल्‍याए।
8 एतानका छोरा: अजर्याह।
9 हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।
10 रामचाहिँ अम्‍मीनादाबका पिता थिए, र अम्‍मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।
11 नहशोन सल्‍मोनका पिता थिए, र सल्‍मोन बोअजका पिता थिए।
12 बोअज ओबेदका पिता थिए, र ओबेद यिशैका पिता थिए।
13 यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ,
14 काहिँला नतनेल, अन्‍तरे राद्दै,
15 जन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता थिए।
16 तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।
17 अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्‍माएली येतेर थिए।
18 हेस्रोनका छोरा कालेबकी आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।
19 जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌।
20 हूरचाहिँ ऊरीका पिता थिए, र ऊरी बजलेलका पिता थिए।
21 पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्‍माइन्‌।
22 सगूब याईरका पिता थिए। याईरले गिलादका तेईस वटा सहर कब्‍जा गरे।
23 (तर गशूर र अरामले तिनीहरूबाट हब्‍बात-याईर र केनात, त्‍यसका बस्‍तीहरूसमेत जम्‍मा साठी वटा सहर कब्‍जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्‍तान थिए।
24 हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्‍नी अबियाले तिनको निम्‍ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।
25 हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।
26 यरहमेलकी अर्की एउटी पत्‍नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्‌।
27 यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।
28 ओनामका छोराहरू: शम्‍मै र यादा। शम्‍मैका छोराहरू: नादाब र अबीशूर।
29 अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌।
30 नादाबका छोराहरू: सेलेद र अप्‍पेम। सेलेद निस्‍सन्‍तान भएर मरे।
31 अप्‍पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।
32 शम्‍मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्‍सन्‍तान भएर मरे।
33 जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्‍तान यी नै थिए।
34 शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्‌। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।
35 यही दास यरहासित शेशानले आफ्‍नी छोरीलाई विवाह गरिदिए, र तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌।
36 अत्तै नातानका पिता, नातान जाबादका पिता,
37 जाबाद एपलालका पिता, एपलाल ओबेदका पिता,
38 ओबेद येहूका पिता, येहू अजर्याहका पिता,
39 अजर्याह हेलेसका पिता, हेलेस एलासाका पिता,
40 एलासा सिस्‍मैका पिता, सिस्‍मै शल्‍लूमका पिता,
41 शल्‍लूम यकम्‍याहका पिता, यकम्‍याह एलीशामाका पिता थिए।
42 यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।
43 हेब्रोनका छोराहरू: कोरह, तप्‍पूह, रेकेम र शेमा।
44 शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्‍मैका पिता थिए।
45 शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए।
46 कालेबकी उपपत्‍नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्‌। हारान गाजेजका पिता थिए।
47 यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।
48 कालेबकी उपपत्‍नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्‌।
49 तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌। कालेबकी छोरी अक्‍सा थिइन्‌।
50 कालेबका सन्‍तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल,
51 बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप।
52 किर्यत-यारीमका पिता शोबालका सन्‍तान: हारोए, मानहतीहरूका आधा, र
53 किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्‍तोलीहरूका सन्‍तान भए।
54 सल्‍माका सन्‍तान: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, अनि
55 याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू: तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्‍मतबाट आए।

सपन्‍याह 1 : 18
18 परमप्रभुका क्रोधको दिनमा न त तिनीहरूको चाँदीले न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ। उहाँका डाहको आगोले सारा संसारै भस्‍म पारिनेछ, किनकि पृथ्‍वीमा बस्‍नेहरू सबैलाई उहाँले अचानक भस्‍म पार्नुहुनेछ।”

१ तिमोथी 2 : 1 – 15
1 सर्वप्रथम म आग्रह गर्दछु, कि सबै मानिसहरूका निम्‍ति नम्र-निवेदन, प्रार्थना र मध्‍यस्‍थ-बिन्‍ती र धन्‍यवाद चढ़ाइऊन्,
2 राजाहरू र सबै उच्‍च पदमा भएकाहरूका निम्‍ति पनि, ताकि हामी निर्धक्‍क र शान्‍तिपूर्ण भएर हरप्रकारले धार्मिक र आदरणीय जीवन बिताउन सकौं।
3 हाम्रा मुक्तिदाता परमेश्‍वरको दृष्‍टिमा यो असल र ग्रहणयोग्‍य छ।
4 सबै मानिसहरूले मुक्ति पाऊन्‌ र तिनीहरू सत्‍यको ज्ञानमा आऊन्‌ भन्‍ने इच्‍छा उहाँ गर्नुहुन्‍छ।
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।
6 उहाँले सबैका छुटकाराका मोलको निम्‍ति आफैलाई सुम्‍पिदिनुभयो, जुन कुराको गवाही ठीक समयमा दिइयो।
7 यसको खातिर म प्रचारक र प्रेरित नियुक्त भएँ, र विश्‍वास र सत्‍यतामा अन्‍यजातिहरूका निम्‍ति चाहिँ शिक्षक। म साँचो भन्‍दछु, म ढाँट्‌दिनँ।
8 यसकारण सबै ठाउँमा पुरुषहरूले पवित्र हात उठाएर विनाक्रोध र विनाविवाद प्रार्थना गरून्‌ भन्‍ने म चाहन्‍छु।
9 यसै गरी म चाहन्‍छु, कि स्‍त्रीहरूले सरलता र भद्रतासाथ सुहाउँदो वस्‍त्र पहिरून्, केशको बढ़ी सिङ्गार गरेर, सुन, मोती र बहुमूल्‍य वस्‍त्रहरू पहिरेर होइन,
10 तर असल कामद्वारा सुसज्‍जित होऊन्, जो परमेश्‍वरको भक्ति गर्ने स्‍त्रीहरूलाई सुहाउँछ।
11 स्‍त्रीले पूर्ण दीनतासाथ चूपचाप बसेर सिकून्‌।
12 तर स्‍त्रीले पुरुषलाई सिकाउने र पुरुषमाथि अधिकार जमाउने काममा म अनुमति दिन्‍नँ, तर तिनी चूपचापै रहून्‌।
13 किनभने आदम नै पहिले सृजिएका हुन्, त्‍यसपछि हव्‍वा।
14 आदम छलिएका होइनन्, तर स्‍त्रीचाहिँ छलिएर अपराधमा फसेकी हुन्‌।
15 तरै पनि, यदि तिनी सुशीलतासाथ विश्‍वास, प्रेम र पवित्रतामा रहिन्‌ भने, बालक जन्‍ममा तिनी बचाइनेछिन्‌।

कलस्सी 1 : 26
26 युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *