रहस्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रहस्य

कलस्सी 2 : 1 – 3
1 तिमीहरूले यो जान भन्‍ने म चाहन्‍छु, कि कसरी तिमीहरू र लाउडिकियामा भएकाहरू, र मेरा मुखै नदेख्‍ने सबैका खातिर म कठोर परिश्रम गर्दछु,
2 कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्‍साहित होऊन्, र पक्‍का समझका परिपूर्णताको सम्‍पत्ति र परमेश्‍वरका रहस्‍यको ज्ञान, अर्थात्‌ ख्रीष्‍टलाई प्राप्‍त गरून्‌।
3 उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्‍पत्ति लुकेका छन्‌।

एफिसी 3 : 2 – 6
2 तिमीहरूका निम्‍ति मलाई सुम्‍पिएको परमेश्‍वरका अनुग्रहको जिम्‍मेवारीको विषयमा तिमीहरूले पनि सुनेका छौ भन्‍ने मलाई लागेको छ।
3 जुनचाहिँ प्रकाशद्वारा मलाई थाहा गराइएको रहस्‍य हो। जसको विषयमा मैले तिमीहरूलाई अघिबाटै छोटकरीमा लेखेको पनि थिएँ।
4 जब तिमीहरू यो पढ्‌छौ, ख्रीष्‍टको रहस्‍यबारे मेरो आन्‍तरिक समझ के छ, सो तिमीहरू बुझ्‍न सक्‍छौ।
5 जुन कुरा उहाँका पवित्र प्रेरितहरू र अगमवक्ताहरूलाई पवित्र आत्‍माद्वारा अहिले प्रकट भएको छ, त्‍यो अरू पुस्‍ताका मानिसहरूलाई जनाइएको थिएन,
6 अर्थात्‌ सुसमाचारद्वारा नै अन्‍यजातिहरू सह-उत्तराधिकारीहरू हुन्, एउटै शरीरका अङ्गहरू र ख्रीष्‍ट येशूमा रहेको प्रतिज्ञाका साझेदार हुन्‌।

१ तिमोथी 3 : 16
16 हामी स्‍वीकार गर्दछौं, कि हाम्रो विश्‍वासको रहस्‍य अति महान्‌ छ: उहाँ स्‍वयम्‌ शरीरमा प्रकट हुनुभयो, पवित्र आत्‍माद्वारा धर्मी ठहरिनुभयो, स्‍वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूका माझमा प्रचारिनुभयो, संसारमा विश्‍वास गरिनुभयो, महिमामा माथि उचालिनुभयो।

एफिसी 5 : 28 – 32
28 त्‍यसरी नै पतिहरूले पनि आ-आफ्‍ना पत्‍नीलाई आफ्‍नै शरीरलाई झैँ प्रेम गर्नुपर्छ। आफ्‍नी पत्‍नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ।
29 किनकि कुनै मानिसले कहिल्‍यै आफ्‍नो शरीरलाई घृणा गर्दैन, तर त्‍यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्‍टले पनि आफ्‍नो मण्‍डलीको निम्‍ति गर्नुहुन्‍छ,
30 किनभने हामी उहाँका शरीरको अङ्ग हौं।
31 “यसकारण मानिसले आफ्‍ना आमा-बुबालाई छोड़ेर आफ्‍नी पत्नीसँग मिलिरहन्‍छ, र ती दुवै एउटै शरीर हुनेछन्‌।”
32 यो एउटा गम्‍भीर रहस्‍य हो, अनि यो कुरा म ख्रीष्‍ट र मण्‍डलीको सम्‍बन्‍धमा बोल्‍दछु।

मत्ती 13 : 11 – 13
11 उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई त स्‍वर्ग-राज्‍यका रहस्‍यहरूको ज्ञान दिइएको छ, तर तिनीहरूलाई भने दिइएको छैन।
12 किनकि जससँग छ, त्‍यसलाई दिइनेछ, र त्‍यससँग प्रशस्‍त हुनेछ। तर जससँग छैन, त्‍यससँग भएको पनि त्‍यसबाट खोसिनेछ।
13 यसैकारण म तिनीहरूसँग दृष्‍टान्‍तमा बोल्‍दछु: ‘किनभने तिनीहरू हेर्न त हेर्छन्, तर देख्‍दैनन्, सुन्‍न त सुन्‍छन्, तर सुनेर बुझ्‍दैनन्‌।’

उपदेशक 12 : 13 – 14
13 अब सबै कुरा सुनिएका छन्‌— कुराको निष्‍कर्ष यही हो। परमेश्‍वरको भय राख र उहाँका आज्ञाहरू पालन गर। किनभने मानिसले गर्नुपर्ने सारा कर्तव्‍य यही नै हो।
14 किनकि हामीले गरेको हरेक काम, असल होस्‌ वा खराब होस्, प्रत्‍येक गुप्‍त कुरासमेत सबैको न्‍याय परमेश्‍वरले गर्नुहुनेछ।

कलस्सी 1 : 25 – 27
25 तिमीहरूका खातिर मलाई दिइएको ईश्‍वरीय कार्यअनुसार परमेश्‍वरको वचन सम्‍पूर्ण रूपले प्रचार गर्न म धर्म-सेवक भएँ—
26 युग-युग र पुस्‍तौँदेखि गुप्‍त रहेको यो रहस्‍य अब उहाँका सन्‍तहरूलाई प्रकट भएको छ।
27 यस रहस्‍यको महिमामय सम्‍पत्ति अन्‍यजातिहरूमा कति महान्‌ छ, त्‍यो कुरा आफ्‍ना सन्‍तहरूलाई प्रकट गर्न परमेश्‍वरले चुन्‍नुभयो। यो रहस्‍य ख्रीष्‍ट तिमीहरूमा हुनु हो, जो महिमाको आशा हो।

यूहन्‍ना 6 : 50 – 71
50 स्‍वर्गबाट ओर्लिआउने रोटी यही हो, जसले यो खान्‍छ त्‍यो मर्नेछैन।
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”
52 तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्‍नो देह खान दिन सक्‍छ?”
53 येशूले तिनीहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन।
54 मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु।
55 किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो।
56 मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु।
57 जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ।
58 स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।”
59 उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो।
60 यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?”
61 तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ?
62 तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो?
63 जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।
64 तर तिमीहरूमध्‍ये कति छन्, जसले विश्‍वास गर्दैनन्‌।” किनभने विश्‍वास नगर्नेहरू को-को हुन्, र उहाँलाई धोका दिने को हुनेछ भनी येशूलाई सुरुदेखि नै थाहा थियो।
65 अनि उहाँले भन्‍नुभयो, “यसैकारण मैले तिमीहरूलाई भनेको हुँ, ‘यदि पिताबाट दिइएको छैन भने कोही मानिस मकहाँ आउन सक्‍दैन।”
66 यसपछि उहाँका चेलाहरूमध्‍ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्‌न छोड़े।
67 येशूले बाह्रैलाई भन्‍नुभयो, “के तिमीहरू पनि मलाई त्‍यागेर जाने?”
68 सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्‍त जीवनका वचन छन्‌
69 र हामीले विश्‍वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”
70 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के म आफैले तिमीहरू बाह्रै जनालाई छानेको होइनँ र? र तिमीहरूमध्‍येको एक जनाचाहिँ दियाबलस [1] हो।”
71 यो उहाँले सिमोन इस्‍करियोतको छोरो यहूदाको विषयमा भन्‍नुभएको थियो, किनभने बाह्रमध्‍ये एक जना भएर पनि त्‍यसले उहाँलाई धोका दिन आँटेको थियो।

भजनसंग्रह 14 : 1 – 4
1 सङ्गीत-निर्देशकको निम्‍ति दाऊदको भजन [1] मूर्खले [1] आफ्‍नो मनमा भन्‍छ, “ईश्‍वर छँदैछैन।” तिनीहरू भ्रष्‍ट भएका छन्‌, तिनीहरू नीच काम गर्दछन्‌। यस्‍तो कोही पनि छैन जसले असल गर्दछ।
2 परमप्रभुले स्‍वर्गबाट मानिसका सन्‍तानलाई हेर्नुहुन्‍छ, यो जान्‍नलाई कि समझदार हुने र परमेश्‍वरलाई खोज्‍ने कोही छ?
3 तिनीहरू सबै कुबाटोतिर लागेका छन्‌। तिनीहरू सबै एकसाथ भ्रष्‍ट भएका छन्‌। कसैले असल गर्दैन, अहँ, असल गर्ने एक जना पनि छैन।
4 के दुष्‍ट काम गर्नेहरूले कहिल्‍यै सिक्‍नेछैनन्‌? रोटी खाएझैँ तिनीहरूले मेरा मानिसहरूलाई भक्षण गर्छन्‌, अनि परमप्रभुलाई पुकार्दैनन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *