यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रहबाम
१ राजाहरू 11 : 43
43 त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा रहबाम राजा भए।
२ इतिहास 9 : 31
31 त्यसपछि तिनी आफ्ना पित्रहरूसित सुते, र आफ्ना पिता दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा रहबाम राजा भए।
१ राजाहरू 12 : 15
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्तो स्थिति ल्याउनुभएको थियो।
२ इतिहास 10 : 15
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनभने शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्नुभएको वचन पूरा हुन उहाँले यस्तो परिस्थिति ल्याउनुभएको थियो।
१ राजाहरू 12 : 24
24 ‘परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना दाजुभाइ इस्राएलको विरुद्धमा युद्ध गर्न उक्लेर नजाओ। तिमीहरू हरेक आ-आफ्नो घर फर्केर जाओ, किनकि यो काम मैले गरेको हो’।” यसैले परमप्रभुले तिनीहरूलाई हुकुम गर्नुभएझैँ तिनीहरूले परमप्रभुको वचन पालन गरेर तिनीहरू आ-आफ्नो घर गए।
२ इतिहास 10 : 19
19 अनि त्यस दिनदेखि आजसम्मै इस्राएल दाऊदका घरानाको विरुद्धमा बागी भएको छ।
२ इतिहास 11 : 4
4 ‘परमप्रभु यसो भन्नुहुन्छ: तिमीहरू आफ्ना दाजुभाइहरूको विरुद्धमा युद्ध गर्न उक्लेर नजाओ। तिमीहरू हरेक आ-आफ्नो घरमा फर्केर जाओ, किनभने यो काम मैले गरेको हो’।” यसैकारण तिनीहरूले परमप्रभुका वचन पालन गरे, र यारोबामको विरुद्धमा आफ्नो धावा त्यागिदिए।
२ इतिहास 11 : 23
23 यहूदा र बेन्यामीनका जम्मै इलाकाहरू र सबै सुरक्षित सहरहरूको जिम्मा आफ्ना कोही छोराहरूलाई दिएर तिनले आफ्नो बुद्धिमानी देखाए। तिनले तिनीहरूका निम्ति प्रशस्त खानेकुरा सञ्चय गरे, र तिनीहरूका निम्ति पत्नी पनि लिए।
१ राजाहरू 14 : 28
28 जहिले-जहिले राजा परमप्रभुको मन्दिरमा पस्थे, तहिले-तहिले ती रक्षकहरूले ती ढालहरू बोक्थे, र त्यसपछि तिनीहरूले रक्षक बस्ने कोठामा ती फेरि राख्थे।
२ इतिहास 12 : 12
12 रहबामले आफूलाई विनम्र तुल्याएकाले गर्दा परमप्रभुको क्रोध तिनीबाट हट्यो, र तिनी पूरै नष्ट भएनन्। अनि यहूदाको उन्नति पनि भइरह्यो।
१ राजाहरू 14 : 31
31 रहबाम आफ्ना पित्रहरूसित सुते, र तिनीहरूसित तिनी दाऊदको सहरमा गाड़िए। तिनकी आमाको नाउँ नामा थियो। तिनी एक अम्मोनी थिइन्। तिनीपछि तिनका छोरा अबिया राजा भए।
२ इतिहास 12 : 16
16 रहबाम आफ्ना पित्रहरूसित सुते, र दाऊदको सहरमा गाड़िए। तिनीपछि तिनका छोरा अबिया राजा भए।
मत्ती 1 : 7
7 सोलोमन रहबामका पिता, रहबाम अबियाका पिता, अबिया आसाका पिता,
Leave a Reply