यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रक्सी खपत
हितोपदेश 20 : 1
1 दाखमद्य उपहास गर्ने हो, र मदिराचाहिँ कचिङ्गल मच्चाउने हो, यी कुराहरूको लतमा रुमलिनेहरू बुद्धिमान् हुँदैनन्।
एफिसी 5 : 18
18 दाखमद्यले नमात्तिओ, कारण त्यो विलासिता हो, तर पवित्र आत्माले भरिपूर्ण होओ।
१ तिमोथी 5 : 23
23 अघिजस्तो पानी मात्र खाने नगर, तर तिम्रो पेटको लागि र घरीघरी बिरामी भएकोले गर्दा अलि-अलि दाखमद्य पिउने गर।
रोमी 14 : 21
21 उचित त यो हुन्छ, कि मासु नखानु, मद्यपान नगर्नु, तथा कुनै यस्तो काम नगर्नु जसद्वारा तिम्रो भाइलाई बाधा हुन्छ।
१ कोरिन्थी 6 : 10
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
गलाती 5 : 21
21 डाह, पियक्कड़पन, अश्लील मोजमज्जा र यस्तै अरू, जसका विषयमा म तिमीहरूलाई चेताउनी दिन्छु, र अघि पनि दिएकै हुँ। जस-जसले यस्ता कामहरू गर्दछन्, परमेश्वरका राज्यका हकदार बन्नेछैनन्।
हितोपदेश 23 : 29 – 35
29 कष्ट कसलाई हुन्छ? शोक कसलाई हुन्छ? कलह कसलाई हुन्छ? गुनासो कसलाई हुन्छ? कसलाई अनावश्यक चोटपटक लाग्छ? कसका आँखाहरू रगतजस्ता राता हुन्छन्?
30 तिनीहरूकै जो मद्यमै भुलिरहन्छन्, जुनहरू मिश्रित मद्यको प्याला चाख्न जान्छन्।
31 रातो दाखमद्यमा एकटक लगाएर नहेर्, जब त्यो कचौरामा राख्दा फीँज उठ्छ, जब त्यो सहजै उँधो जान्छ!
32 अन्त्यमा त्यसले सर्पले झैँ डस्छ, र गोमनले झैँ विष हालिदिन्छ।
33 तेरा आँखाले अनौठा दृश्यहरू देख्नेछन्, र तेरो मनले अलमल्याउने कुराहरू विचार गर्नेछ।
34 महासमुद्रमा सुतिरहेझैँ तँलाई हुनेछ, मस्तूलका डोरीको मास्तिर झुण्डिरहेझैँ तँ हुनेछस्।
35 तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूझुँला, र म अझ पिउन सक्नेछु?”
१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्वरका राज्यको हकदार हुँदैनन् भन्ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, लुटाहाहरू परमेश्वरका राज्यको हकदार हुनेछैनन्।
तीतस 2 : 2
2 वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ़ हुन सिकाऊ।
तीतस 2 : 3
3 यसरी नै वृद्ध स्त्रीहरू आचार-व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदख्वाइँ नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश देऊ। जे असल छ, तिनीहरूले त्यही सिकाऊन्।
लूका 1 : 15
15 किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्।
१ पत्रुस 4 : 1 – 5
1 जसरी ख्रीष्टले शरीरमा दुःख भोग्नुभयो, त्यसरी नै तिमीहरूले पनि त्यही किसिमको विचार धारण गर, किनभने जसले शरीरमा दुःख भोगेको छ, त्यसले पाप गर्न छोड़ेको हुन्छ।
2 यसरी त्यसले आफ्नो जीवनको रहल समय फेरि मानिसको कुइच्छामा होइन, तर परमेश्वरको इच्छामा बिताउँछ।
3 बितेका दिनमा अन्यजातिहरूले गरेझैँ तिमीहरूले व्यभिचार, कुवासना, मद्यपान, मोजमज्जा, पियक्कड़पन र घृणित मूर्तिपूजामा प्रशस्त समय बितायौ।
4 तिमीहरू तिनीहरूसँग भ्रष्टताको बाटोमा नहिँड़ेका देखेर तिनीहरू छक्क पर्छन्, र तिमीहरूको बदख्वाइँ गर्छन्।
5 तर जीवित र मृतकहरूका न्याय गर्न तत्पर हुनुहुनेलाई तिनीहरूले लेखा दिनुपर्नेछ।
व्यवस्था 14 : 26
26 आफ्नो इच्छाअनुसार गाईबस्तु, भेड़ा, दाखमद्य वा अरू मद्य, जे भए पनि, त्यही पैसाले किनेर आफ्नो परिवारसहित तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको सामु खाएर आनन्द मनाउनू।
रोमी 13 : 13
13 दिउँसोजस्तै गरी हामी ठीकसँग चलौं। मोजमज्जामा, पियक्कडपनमा, व्यभिचारमा, भ्रष्टाचारमा, झगड़ामा र डाहमा होइन।
यशैया 5 : 11
11 धिक्कार तिनीहरूलाई, जो मद्य पिउन बिहानै उठ्छन्, जो मातेर चूर हुन राती अबेरसम्म बस्छन्!
न्यायकर्ताहरू 13 : 4
4 अब मैले भनेझैँ तिमीले गर्नू, होशियार होऊ, दाखमद्य वा अरू मत्ताएको मद्य नपिउनू, र कुनै अशुद्ध भोजन नखानू,
दानिएल 1 : 8
8 तर दानिएलले राजकीय भोजन र दाखमद्य खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे, र तिनले यसरी आफैलाई अशुद्ध नपार्नलाई प्रमुख अधिकृतसँग अनुमति मागे।
लूका 7 : 34
34 मानिसको पुत्र आयो, अनि उसले खायो र पियो, अनि तिमीहरू भन्दछौ, ‘हेर, एउटा घिचुवा र पियक्कड़, कर उठाउनेहरू र पापीहरूको मित्र!’
तीतस 3 : 1
1 शासकहरू र अधिकारीहरूका वशमा रहनू र उनीहरूका आज्ञाकारी हुनू, र कुनै पनि ईमानदार काममा तत्पर रहनू भनी तिनीहरूलाई याद दिलाइदेऊ।
Leave a Reply