यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रक्षा
यर्मिया 26 : 16
16 तब अधिकारीहरू र ती सबै मानिसहरूले पूजाहारीहरू र अगमवक्ताहरूलाई भने, “यी मानिस प्राणदण्डको योग्य छैनन्। यिनले हामीलाई परमप्रभु हाम्रा परमेश्वरको नाउँमा यी कुरा भनेका हुन्।”
प्रेरित 4 : 13
13 जब तिनीहरूले पत्रुस र यूहन्नाको साहस देखे, र यिनीहरू अशिक्षित र साधारण मानिसहरू रहेछन् भनी थाहा पाए, तब तिनीहरू छक्क परे, र यिनीहरू येशूको साथमा रहन्थे भन्ने तिनीहरूले थाहा पाए।
प्रेरित 5 : 29
29 तर पत्रुस र प्रेरितहरूले भने, “हामीले मानिसहरूको होइन तर परमेश्वरको आज्ञा पालन गर्नैपर्छ।
प्रेरित 23 : 6
6 तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।”
प्रेरित 24 : 21
21 केवल यही एक कुरा मात्र हो, जो मैले तिनीहरूका बीचमा उभी कराएर भनेको थिएँ, ‘मरेकाहरूका पुनरुत्थानको विषयमा आज तपाईंहरूका सामुन्ने मेरो मुद्दा चलिरहेको छ’।”
Leave a Reply