यौन अनैतिकता

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् यौन अनैतिकता

१ कोरिन्थी 6 : 18
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।

१ थेसलोनिकी 4 : 3 – 5
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।
4 पवित्रता र आदरसाथ आफ्‍नो निम्‍ति पत्‍नी लिनू, सो तिमीहरू प्रत्‍येकले जान,
5 तर परमेश्‍वरलाई नचिन्‍ने अविश्‍वासीहरूजस्‍तै कामुकताको कुवासनामा नबस।

१ कोरिन्थी 10 : 13
13 मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ।

मत्ती 5 : 28
28 तर म तिमीहरूलाई भन्‍दछु, जसले कोही स्‍त्रीलाई कामवासनाको इच्‍छाले हेर्दछ, त्‍यसले अघिबाटै आफ्‍नो हृदयमा त्‍यससँग व्‍यभिचार गरिसकेको हुन्‍छ।

१ यूहन्‍ना 1 : 9
9 यदि हामीले आफ्‍ना पापहरू स्‍वीकार गर्‍यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्‍छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्‍छ, किनकि उहाँ विश्‍वासयोग्‍य र धर्मी हुनुहुन्‍छ।

हिब्रू 13 : 4
4 सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्‍बन्‍ध नबिटुलिओस्, किनकि दुराचारी र व्‍यभिचारीहरूको इन्‍साफ परमेश्‍वरले गर्नुहुन्‍छ।

एफिसी 5 : 5
5 किनकि यो त तिमीहरू निश्‍चय नै जान, कि कुनै व्‍यभिचारी कि अशुद्ध मानिस अथवा लोभी मानिसलाई (जो मूर्तिपूजक हो) ख्रीष्‍ट र परमेश्‍वरको राज्‍यमा कुनै उत्तराधिकार छैन।

१ कोरिन्थी 6 : 9 – 10
9 अधर्मीहरू परमेश्‍वरका राज्‍यको हकदार हुँदैनन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? धोका नखाओ— अनैतिकहरू, मूर्तिपूजकहरू, व्‍यभिचारीहरू, समलिङ्गीहरू, पुरुषगामीहरू,
10 चोरहरू, लोभीहरू, मतवालाहरू, निन्‍दा गर्नेहरू, लुटाहाहरू परमेश्‍वरका राज्‍यको हकदार हुनेछैनन्‌।

१ कोरिन्थी 7 : 2
2 तर व्‍यभिचारसम्‍बन्‍धी परीक्षा अनेक भएका हुनाले हरेक मानिसको आफ्‍नै पत्‍नी होस्, र हरेक स्‍त्रीको पनि आफ्‍नै पति होस्‌।

१ कोरिन्थी 6 : 13 – 20
13 “भोजन पेटको निम्‍ति, र पेट भोजनको निम्‍ति हो।” तर परमेश्‍वरले दुवैलाई नाश गर्नुहुनेछ। शरीर व्‍यभिचारको निम्‍ति होइन, तर प्रभुको निम्‍ति हो, र प्रभु शरीरको निम्‍ति हुनुहुन्‍छ।
14 परमेश्‍वरले आफ्‍नो शक्तिले प्रभुलाई जीवित पार्नुभयो, र हामीलाई पनि उहाँको शक्तिद्वारा जीवित पार्नुहुनेछ।
15 तिमीहरूका शरीर ख्रीष्‍टका अङ्गहरू हुन्‌ भन्‍ने के तिमीहरूलाई थाहा छैन? त के म ख्रीष्‍टका अङ्गहरू लिएर तिनलाई वेश्‍याका अशुद्ध अङ्ग तुल्‍याऊँ? यो कदापि नहोस्‌!
16 वेश्‍यासँग जोडिने मानिस शरीरमा त्‍यससँग एक हुन्‍छ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? किनकि यस्‍तो लेखिएको छ, “ती दुवै एउटै शरीर हुनेछन्‌।”
17 तर जो प्रभुसँग एक हुन्‍छ, त्‍यो उहाँसँग आत्‍मामा एउटै हुनेछ।
18 व्‍यभिचारदेखि अलग बस। अरू जुनसुकै पाप जो मानिसले गर्दछ, त्‍यो शरीरबाट बाहिर हुन्‍छ, तर व्‍यभिचार गर्ने मानिसले आफ्‍नै शरीरको विरुद्धमा पाप गर्दछ।
19 तिमीहरूको शरीर पवित्र आत्‍माको मन्‍दिर हो, जुन पवित्र आत्‍मा तिमीहरूले परमेश्‍वरबाट पाएका छौ, र उहाँ तिमीहरूभित्र वास गर्नुहुन्‍छ भन्‍ने के तिमीहरूलाई थाहा छैन? तिमीहरू स्‍वयम्‌ आफ्‍नै होइनौ।
20 तिमीहरू मोल तिरेर किनिएका हौ। यसकारण तिमीहरूका शरीरमा परमेश्‍वरको महिमा गर।

१ थेसलोनिकी 4 : 3
3 किनकि परमेश्‍वरको इच्‍छा जो तिमीहरूको पवित्रकरण पनि हो, सो यो हो कि तिमीहरू व्‍यभिचारबाट अलग बस।

कलस्सी 3 : 5
5 यसकारण तिमीहरूमा जो सांसारिक स्‍वभावका कुराहरू छन्‌ तिनलाई मार: व्‍यभिचार, अशुद्धता, कामुकता, खराब इच्‍छा र लोभ, जो मूर्तिपूजा हो।

गलाती 5 : 19
19 पापमय स्‍वभावका कामहरू प्रत्‍यक्ष छन्, जो यी नै हुन्‌— व्‍यभिचार, अपवित्रता, लम्‍पटपना,

२ तिमोथी 2 : 22
22 यसकारण जवानीका अभिलाषाहरू त्‍याग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूका साथसाथै धार्मिकता, विश्‍वास, प्रेम र शान्‍तिको लक्ष्य राख।

१ पत्रुस 2 : 11
11 प्रिय हो, म तिमीहरूलाई आग्रहपूर्वक बिन्‍ती गर्दछु, कि विदेशी र प्रवासीहरू हौ भनी जानेर तिमीहरूका आत्‍माको विरुद्धमा लड़ाइँ गर्ने शारीरिक अभिलाषाहरूबाट अलग रहो।

मर्कूस 7 : 20 – 23
20 उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।
21 किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,
22 लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।
23 यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

यूहन्‍ना 8 : 34
34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, पाप गर्ने प्रत्‍येक पापको कमारो हो।

लेवीहरू 18 : 22
22 “‘स्‍त्रीहरूसँगझैँ पुरुषसँग सम्‍भोग नगर्‌। त्‍यो घृणित कार्य हो।

२ कोरिन्थी 6 : 14
14 अविश्‍वासीहरूसँग एउटै जुवामा ननारिओ। किनकि धर्म र अधर्मको के साझेदारी हुन्‍छ? अथवा अँध्‍यारोसँग उज्‍यालोको के सहभागिता?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *