यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् योजनाहरू बनाउँदै
हितोपदेश 15 : 22
22 परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्।
हितोपदेश 16 : 3
3 तैंले गर्ने जुनसुकै कुरा परमप्रभुलाई सुम्पिदे, र तेरा योजनाहरू सफल हुनेछन्।
यर्मिया 1 : 5
5 “मैले तँलाई गर्भमा रच्नभन्दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्मनभन्दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्ति एक अगमवक्ता नियुक्त गरें।”
हितोपदेश 16 : 9
9 मानिसले आफ्नो हृदयमा आफ्नो चाँजो मिलाउँछ, तर परमप्रभुले नै त्यसका कदमहरूको निर्धारण गर्नुहुन्छ।
याकूब 4 : 13 – 17
13 “आज वा भोलि हामी फलानो सहरमा जाऔंला, त्यहाँ एक वर्ष बिताऔंला र व्यापार गरेर नाफा गरौंला”
14 भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिन्दगी के छ? तिमीहरू त तुवाँलो हौ, जो केही बेरको निम्ति देखा पर्छ, अनि हराइहाल्छ।
15 यसको सट्टामा त तिमीहरूले यसो भन्नुपर्ने, “यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौंला र यस्तो-उस्तो गरौंला।”
16 तर अहिले तिमीहरू आ-आफ्ना शेखीमा धाक लाउँछौ। यस्तो सबै शेखी खराब हो।
17 यसकारण जसले भलाइ गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ।
आमोस 3 : 7
7 निश्चय नै परमप्रभु परमेश्वरले आफ्ना दास, अगमवक्ताहरूलाई आफ्नो रहस्य प्रकट नगरीकन केही गर्नुहुन्न।
Leave a Reply