यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् योक, लाक्षणिक
लेवीहरू 26 : 13
13 म परमप्रभु तिमीहरूका परमेश्वर हुँ। तिमीहरू मिश्रीहरूका कमारा नहोओ भनेर मैले तिमीहरूलाई मिश्रबाट निकाली ल्याएँ। मैले तिमीहरूका जुवाका काठ भाँचेर तिमीहरूलाई शिर ठाड़ो गरी हिँड्ने तुल्याएको छु।
यशैया 9 : 4
4 किनकि तपाईंले त्यसको बोझाको जुवा र त्यसको काँधको नोल, र त्यसलाई अत्याचार गर्नेको लाठो मिद्यानको हारको दिनमा भएझैँ चकनाचूर पारिदिनुभएको छ।
यशैया 10 : 27
27 त्यो दिन तिनीहरूको बोझा तिमीहरूका काँधबाट, र तिनीहरूको जुवा तिमीहरूका घिच्राबाट उठाइनेछ, र तिमीहरू मोटाएको कारण जुवा भाँचिनेछ।
यर्मिया 2 : 20
20 “धेरै अघि नै तैंले आफ्नो जुवा भाँचिदिइस्, र बन्धनहरू फुकाइस्, र भनिस्, ‘म तपाईंको सेवा गर्नेछैनँ!’ साँच्चै, हरेक डाँड़ामाथि, र हरेक झ्याम्म परेको रूखमुनि तँ वेश्याझैँ ढल्किस्।
यर्मिया 5 : 5
5 यसकारण म तिनीहरूका अगुवाहरूकहाँ जानेछु, र तिनीहरूसँग कुरा गर्नेछु। निश्चय नै तिनीहरू परमप्रभुको मार्ग, र आफ्ना परमेश्वरका मार्गहरूलाई जान्दछन्।” तर एक मतका भएर तिनीहरूले जुवा पनि भाँचिदिएका थिए, र बन्धन छिनालिदिएका थिए।
यर्मिया 28 : 2
2 “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु।
यर्मिया 28 : 4
4 अनि यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाबाट लगिएका सबै निर्वासित भएकाहरूलाई म फेरि यस ठाउँमा फर्काएर ल्याउनेछु,’ परमप्रभु भन्नुहुन्छ, ‘किनभने म बेबिलोनका राजाको जुवा भाँचिदिनेछु’।”
यर्मिया 28 : 10
10 तब हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट त्यो जुवा निकालेर भाँचिदिए।
यर्मिया 30 : 8
8 “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन म त्यो जुवा तिनीहरूको काँधबाट भाँचिदिनेछु, र म तिनीहरूको बन्धन फुकाइदिनेछु। विदेशीहरूले कहिल्यै तिनीहरूलाई दास बनाउनेछैनन्।
विलाप 1 : 14
14 “मेरा पापहरू एक जुवामा बाँधिएका छन्। उहाँकै हातद्वारा ती बाँधिए, ती मेरो काँधमा राखिएका छन्, परमप्रभुले मेरो बल घटाउनुभएको छ। उहाँले मलाई तिनीहरूका हातमा पारिदिनुभयो, जसको म सामना गर्न सक्दिनँ।
विलाप 3 : 27
27 आफ्नो युवावस्थामा नै जुवा बोक्नु मानिसलाई असल हुन्छ।
मत्ती 11 : 30
30 किनकि मेरो जुवा सजिलो छ, र मेरो भारी हलुको छ।”
प्रेरित 15 : 10
10 यसकारण चेलाहरूका काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पिता-पुर्खाले न हामीले बोक्न सक्यौं।
Leave a Reply