योआश

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् योआश

२ राजाहरू 13 : 25
25 तब यहोआहाजका छोरा येहोआशले तिनका पिता यहोआहाजबाट हजाएलका छोरा बेन-हददले लड़ाइँ गरी लिएका सहरहरू फेरि फिर्ता लिए। येहोआशले तीन पल्‍ट उनलाई जिते, र यसरी इस्राएलका सहरहरू तिनले फिर्ता लिए।

२ राजाहरू 13 : 12
12 येहोआशको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै कार्यहरू र तिनका उपलब्‍धिहरू, यहूदाका राजा अमस्‍याहसँगको लड़ाइँसमेत के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

२ राजाहरू 14 : 15
15 यहोआहाजको राजकालका अरू घटनाहरू र तिनले गरेका कार्यहरू र तिनका उपलब्‍धिहरू, र यहूदाका राजा अमस्‍याहको विरुद्ध गरेको युद्ध के ती इस्राएलका राजाहरूका इतिहासको पुस्‍तकमा लेखिएका छैनन्‌ र?

२ इतिहास 25 : 24
24 तिनले ओबेद-एदोमको जिम्‍मामा राखिदिएका, परमप्रभुको मन्‍दिरमा भेट्टाएका सबै सुन र चाँदी र सबै भाँड़ाहरू, र राजमहलमा भएका बहुमूल्‍य थोकहरू र राजकैदीहरूलाई पनि लगे, अनि तिनी सामरियामा फर्के।

२ राजाहरू 13 : 13
13 येहोआश आफ्‍ना पित्रहरूसित सुते, र यारोबाम तिनीपछि सिंहासनमा बसे। येहोआश इस्राएलका राजाहरूसित सामरियामा गाड़िए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *