यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येहु
१ राजाहरू 16 : 1
1 त्यसपछि बाशाको विरुद्धमा हनानीका छोरा येहूकहाँ परमप्रभुको यो वचन आयो:
१ राजाहरू 16 : 7
7 त्यसबाहेक परमप्रभुको दृष्टिमा गरेका सबै खराबी र तिनले गरेका कामहरूद्वारा उहाँलाई रीस उठाइएको र यारोबामको घरानाजस्तै भएको कारणले— अनि तिनले त्यसलाई नाश गरेको कारणले पनि— बाशा र तिनको घरानाकहाँ परमप्रभुको यो वचन हनानीका छोरा येहू अगमवक्ताद्वारा आयो।
१ राजाहरू 16 : 12
12 परमप्रभुले येहू अगमवक्ताद्वारा बाशाको विरुद्धमा भन्नुभएअनुसार यसरी जिम्रीले बाशाका जम्मै परिवारलाई नाश गरे।
२ इतिहास 19 : 2
2 हनानीका छोरा दर्शी येहू तिनलाई भेट्न आए। येहूले यहोशापातलाई भने, “के दुष्टलाई सहायता र परमप्रभुका शत्रुहरूसँग मित्रता गरेर तपाईं खुशी हुनुहुन्छ? यसैकारण परमप्रभुको क्रोध तपाईंमाथि आइपर्नेछ। तपाईंले दु:ख पाउनुहुनेछ।
२ इतिहास 20 : 34
34 यहोशापातको राजकालका अरू घटनाहरू सुरुदेखि अन्त्यसम्मै हनानीका छोरा येहूको इतिहासमा लेखिएका छन्। ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा गाभिएका छन्।
१ राजाहरू 19 : 16
16 तब निम्शीको छोरो येहूलाई पनि इस्राएलको राजा, र हाबिल-महोलाको शाफातको छोरो एलीशालाई तँपछि आउने अगमवक्ता अभिषेक गर्।
२ राजाहरू 9 : 14
14 यसैले निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे। अब योराम र सबै इस्राएलीहरूले अरामका राजा हजाएलको विरुद्धमा रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,
२ राजाहरू 9 : 37
37 ईजेबेलको लाश यिजरेलको त्यही ठाउँमा मलझैँ पड़िरहनेछ, ताकि कसैले भन्न नसकोस्, ‘यो ईजेबेल हो’।”
२ राजाहरू 10 : 28
28 यसरी येहूले इस्राएलमा बालको पूजालाई खतम गरिदिए।
२ इतिहास 22 : 9
9 त्यसपछि तिनले अहज्याहलाई खोजे। येहूका मानिसहरूले तिनलाई सामरियामा फेला पारे। तिनीहरूले अहज्याहलाई येहूकहाँ ल्याएर मारे। “आफ्नो पूरा हृदयले परमप्रभुको अगुवाइ खोज्ने तिनै यहोशापातका छोरा यिनी हुन्” भनेर तिनीहरूले तिनलाई गाड़िदिए। त्यसपछि अहज्याहका घरानाको कोही पनि राज्य गर्न शक्तिशाली भएन।
२ राजाहरू 10 : 33
33 यर्दन नदीको पूर्वतिर गिलादका सबै देश (गाद, रूबेन र मनश्शेको देश) अर्नोन खोलानेरको अरोएरदेखि गिलाद भएर बाशानसम्मै हजाएलले इस्राएलीहरूलाई परास्त गरे।
१ राजाहरू 19 : 17
17 हजाएलको तरवारबाट उम्कनेलाई येहूले मार्नेछ, र येहूको तरवारबाट उम्कनेलाई एलीशाले मार्नेछ।
२ राजाहरू 10 : 30
30 परमप्रभुले येहूलाई भन्नुभयो, “मेरो दृष्टिमा जे कुरो असल थियो त्यो तैंले पूरा गरिस्, र मेरो मनमा भएका सबै कुरा आहाबको घरानालाई गरिस्। त्यसैकारण तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।”
२ राजाहरू 15 : 12
12 यसरी परमप्रभुले येहूलाई भन्नुभएको कुरा पूरा भयो: “तेरा सन्तान चौथो पुस्तासम्म इस्राएलको राजगद्दीमा बस्नेछन्।”
होशे 1 : 4
4 तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्ड दिनेछु, र इस्राएलको राज्य अन्त्य गरिदिनेछु।
२ राजाहरू 10 : 35
35 येहू आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाड़िए। अनि तिनीपछि तिनका छोरा यहोआहाज राजा भए।
१ इतिहास 2 : 38
38 ओबेद येहूका पिता, येहू अजर्याहका पिता,
Leave a Reply