येशू हाम्रो पति हुनुहुन्छ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू हाम्रो पति हुनुहुन्छ

यशैया 54 : 5
5 किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ।

यशैया 54 : 1 – 17
1 “हे बाँझी स्‍त्री, गीत गा! हे सुत्‍केरी पीडामा कहिल्‍यै नपरेकी स्‍त्री, तँ जसले कहिल्‍यै बालक जन्‍माएकी छैनस्, आनन्‍दले करा। किनकि बाँझी स्‍त्रीका सन्‍तान विवाहित स्‍त्रीका भन्‍दा ज्‍यादा हुनेछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
2 “तेरो पालको ठाउँ बढ़ा। तेरो पालका पर्दाहरू तन्‍का। तेरा डोरीहरू लामो पार्, र तेरा कीलाहरू बलियो गर्‌।
3 किनकि तँ बढ़ेर दाहिने र देब्रेतिर फैलिनेछस्, र तेरा सन्‍तानले जाति-जातिहरूलाई उनीहरू बसेको ठाउँबाट निकाल्‍नेछन्, र उनीहरूका निर्जन सहरहरूमा ती बसोबास गर्नेछन्‌।
4 “नडरा, तँ शर्ममा पर्नेछैनस्‌। अनादरको भय नमान्, तँ होच्‍याइनेछैनस्‌। तैंले आफ्‍नो जवानीपनको लाजलाई भुल्‍नेछस्‌ र तेरो विधवापनको निन्‍दा तैंले फेरि कहिल्‍यै सम्‍झनेछैनस्‌।
5 किनकि तेरा सृष्‍टिकर्ता तेरा पति हुनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो— इस्राएलका परमपवित्र तेरा उद्धारक हुनुहुन्‍छ। उहाँ सारा पृथ्‍वीका परमेश्‍वर कहलाइनुहुन्‍छ।
6 त्‍यागिएकी र आत्‍मामा दु:खित भएकी, तरुणावस्‍थामा विवाह भएर पछि त्‍यागिएकी पत्‍नीलाई झैँ तेरा परमप्रभुले तँलाई फेरि बोलाउनुहुनेछ,” तेरा परमेश्‍वर भन्‍नुहुन्‍छ।
7 “केही क्षणको निम्‍ति मैले तँलाई त्‍यागेको थिएँ, तर अगाध कृपासित म तँलाई फेरि ल्‍याउनेछु।
8 रीसको झोँकमा क्षणभरको निम्‍ति मैले मेरो मुख तँदेखि लुकाएको थिएँ, तर अनन्‍त प्रेम देखाएर म तँलाई कृपा गर्नेछु,” परमप्रभु तेरा उद्धारक भन्‍नुहुन्‍छ।
9 “यो त मेरो निम्‍ति नोआको पालोका दिनहरूजस्‍तै छ, किनकि जसरी मैले नोआको समयमा शपथ खाएको थिएँ, कि म जलप्रलयको पानीले पृथ्‍वीलाई फेरि डुबाउनेछैनँ, त्‍यसरी नै अबदेखि तँमाथि म रीस गर्नेछैनँ, म तँलाई कहिल्‍यै हप्‍काउनेछैनँ भनी मैले शपथ खाएको छु।
10 पर्वतहरू हल्‍लाइए र डाँड़ाहरू हटाइए तापनि तेरो निम्‍ति मेरो अटूट प्रेम हटाइनेछैन, न त मेरो शान्‍तिको करार भङ्ग हुनेछ,” तँलाई कृपा गर्नुहुने परमप्रभु भन्‍नुहुन्‍छ।
11 “हे दु:खमा परेकी, आँधीबेहरीले पछारिएकी र सान्‍त्‍वना नपाएकी सहर, हेर्, म फिरोजा पत्‍थरले तँलाई बनाउनेछु, नीरले तेरो जग बसाल्‍नेछु।
12 मानिकले तेरो सुरक्षा-पर्खाल, र चम्‍कने रत्‍नहरूले तेरा मूल ढोका र बहुमूल्‍य रत्‍नहरूले तेरा सारा पर्खाल बनाउनेछु।
13 तेरा सबै छोराहरू परमप्रभुबाट सिकाइनेछन्, र तेरा छोराछोरीहरूलाई ठूलो शान्‍ति मिल्‍नेछ।
14 धार्मिकतामा तँ स्‍थापित हुनेछस्‌। अत्‍याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्‍यो तेरो नजिक आउनेछैन।
15 कसैले तँलाई आक्रमण गरे तापनि त्‍यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्‍यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ।
16 “हेर, आगोको भुङ्‌ग्रो फुक्‍ने, र आफ्‍नो कामको निम्‍ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्‍टि गरें। र उत्‍पात गरेर नष्‍ट गर्नेलाई पनि मैले नै सृष्‍टि गरेको हुँ।
17 तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्‍न सक्‍नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्‌। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्‍पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

२ कोरिन्थी 11 : 2
2 ईश्‍वरीय डाहले म तिमीहरूप्रति डाही भएको छु। एउटै पतिकी पवित्र दुलहीको रूपमा तिमीहरूलाई प्रस्‍तुत गर्न मैले ख्रीष्‍टसँग तिमीहरूको मगनी गरिदिएँ।

होशे 2 : 19
19 म तँलाई सधैँको निम्‍ति मेरी पत्‍नी तुल्‍याउनेछु। म धार्मिकता र न्‍यायमा दृढ़ प्रेम र माया गरेर तँलाई पत्‍नी तुल्‍याउनेछु।

होशे 2 : 20
20 म तँलाई ईमानदारीमा मेरी पत्‍नी तुल्‍याउनेछु, र तैंले परमप्रभुलाई चिन्‍नेछस्‌।”

होशे 2 : 14 – 17
14 “यसैकारण अब म त्‍यसलाई फकाएर मरुभूमिमा लानेछु, र त्‍यससित मायालु कुरा गर्नेछु।
15 त्‍यहाँ म त्‍यसलाई त्‍यसका दाखबारीहरू फिर्ता गर्नेछु, र आकोरको [1] बेँसीलाई चाहिँ आशाको ढोका तुल्‍याइदिनेछु। त्‍यहाँ त्‍यसले आफ्‍नो युवावस्‍थाका दिनमा जस्‍तै र मिश्रदेशबाट आएको दिनमा झैँ गीत गाउनेछ।
16 परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन तैंले मलाई ‘मेरा पति’ भन्‍नेछस्, र ‘मेरा मालिक’ भन्‍नेछैनस्‌।
17 म बाल देवताहरूका नाउँ त्‍यसको मुखबाट हटाइदिनेछु, र तिनीहरूका नाउँको उच्‍चारण फेरि कहिल्‍यै हुनेछैन।

प्रकाश 19 : 7 – 9
7 हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌।
8 चहकिलो र स्‍वच्‍छ मलमलको वस्‍त्र पहिरन तिनलाई दिइयो।” चहकिलो मलमलको वस्‍त्र सन्‍तहरूका धार्मिक कार्य हुन्‌।
9 अनि ती स्‍वर्गदूतले मलाई भने, “यो लेख, थुमाका विवाहको भोजमा निमन्‍त्रणा पाउनेहरू धन्‍यका हुन्‌।” तिनले फेरि मलाई भने, “परमेश्‍वरका सत्‍य वचनहरू यी नै हुन्‌।”

प्रकाश 21 : 1 – 27
1 तब मैले नयाँ आकाश र नयाँ पृथ्‍वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्‍वी बितिगएका थिए। समुद्र त अब छँदैथिएन।
2 अनि मैले परमेश्‍वरबाट दुलहाको निम्‍ति दुलही जस्‍तै गरी सिङ्गारिएर तयार पारिराखेकी, अर्थात्‌ पवित्र सहर, नयाँ यरूशलेम स्‍वर्गबाट तलतिर झरिरहेको देखें।
3 सिंहासनबाट यसो भन्‍ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्‍वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्‍वर आफै तिनीहरूका परमेश्‍वर भएर तिनीहरूसँग रहनुहुनेछ।
4 उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्‍यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्‌।”
5 सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्‍नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्‍याउँछु।” उहाँले यसो पनि भन्‍नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्‍य छन्‌।”
6 उहाँले मलाई भन्‍नुभयो, “अब सिद्धियो। म अल्‍फा र ओमेगा हुँ, आदि र अन्‍त्‍य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।
7 जसले विजय प्राप्‍त गर्छ त्‍यसले यो उत्तराधिकार पाउनेछ, र म त्‍यसका परमेश्‍वर हुनेछु, र त्‍योचाहिँ मेरो छोरो हुनेछ।
8 तर डरपोकहरू, अविश्‍वासीहरू, घिनलाग्‍दा भएकाहरू, हत्‍याराहरू, व्‍यभिचारीहरू, जादूगरहरू, मूर्तिपूजकहरू र झूटा बोल्‍नेहरू सबैको हिस्‍सा आगो र गन्‍धक दन्‍कने कुण्‍डमा हुनेछ। यो दोस्रो मृत्‍यु हो।
9 तब ती सात अन्‍तिम विपत्तिले भरिएका सात कचौरा हुने सात स्‍वर्गदूतहरूमध्‍ये एक जना आएर मलाई यसो भने, “आऊ, म तिमीलाई थुमाकी पत्‍नी, उहाँकी दुलही देखाउनेछु।”
10 तिनले मलाई पवित्र आत्‍मामा एउटा ठूलो र उच्‍च पर्वतमा लगे, र परमेश्‍वरबाट स्‍वर्गदेखि तलतिर झरिरहेको पवित्र सहर यरूशलेम मलाई देखाए।
11 त्‍यसमा परमेश्‍वरको महिमा थियो, र त्‍यसको चमक बहुमूल्‍य रत्‍नहरू तथा बिल्‍लौर स्‍फटिकजस्‍तो चहकिलो थियो।
12 त्‍यसको वरिपरि ठूलो र अल्‍गो पर्खाल थियो, र त्‍यसमा बाह्र ढोका थिए। ढोकाहरूमा बाह्र स्‍वर्गदूत थिए। ती ढोकाहरूमा इस्राएलका बाह्रै कुलका नाउँ लेखिएका थिए।
13 पूर्वमा तीन ढोकाहरू, उत्तरमा तीन, दक्षिणमा तीन र पश्‍चिममा तीन ढोकाहरू थिए।
14 सहरको पर्खालका बाह्र जग थिए। तीमाथि थुमाका बाह्रै प्रेरितहरूका बाह्र नाउँ लेखिएका थिए।
15 सहर र त्‍यसका ढोकाहरू र पर्खाल नाप्‍नलाई मसँग बोल्‍नेसँग एउटा सुनको नाप्‍ने टाँगो थियो।
16 त्‍यो सहर वर्गाकार थियो। त्‍यसको चौडाइ र लमाइ समान थियो। तिनले त्‍यस टाँगोले नाप्‍दा त्‍यो सहर दुई हजार चार सय किलोमिटर थियो। त्‍यसको लमाइ, चौडाइ र उचाइ बराबर थियो।
17 स्‍वर्गदूतले त्‍यसको पर्खाल पनि नापे, र मानिसले चलाएको नापअनुसार त्‍यो पैँसट्ठी मिटर थियो।
18 त्‍यो पर्खाल बिल्‍लौरले बनेको थियो, र सहरचाहिँ निखुर सुनले बनेको थियो र सफा काँचजस्‍तै त्‍यो चम्‍कन्‍थ्‍यो।
19 पर्खालका जगहरू अनेक किसिमका बहुमूल्‍य रत्‍नहरूले जड़िएका थिए। पहिलो जग बिल्‍लौरको, दोस्रो नीर, तेस्रो हरित रत्‍न, चौथो पन्‍ना,
20 पाँचौँ आनिक्‍स, छैटौँ लालमणि, सातौँ पीतमणि, आठौँ बेरूज, नवौँ पुष्‍पराज, दशौँ लसुने, एघारौँ नीलमणि र बाह्रौँ, कटेलाको थियो।
21 ती बाह्र ढोकाचाहिँ बाह्र मोतीका थिए। प्रत्‍येक ढोका मोतीको थियो। त्‍यस सहरको सड़क चहकिलो शीशाजस्‍तै निखुर सुनको थियो।
22 मैले त्‍यस सहरमा कुनै मन्‍दिर देखिनँ, किनकि त्‍यहाँको मन्‍दिर स्‍वयम्‌ परमेश्‍वर सर्वशक्तिमान्‌ र थुमा नै हुनुहुन्‍छ।
23 त्‍यो सहर उज्‍यालो गराउन सूर्य र चन्‍द्रमाको खाँचो छैन, किनभने परमेश्‍वरको महिमा नै त्‍यसको उज्‍यालो हो। त्‍यहाँको बत्तीचाहिँ थुमा आफै हुनुहुन्‍छ।
24 त्‍यहाँकै उज्‍यालोमा जाति-जातिहरू हिँड्‌डुल गर्नेछन्‌। पृथ्‍वीका राजाहरूले आफ्‍ना वैभव त्‍यसमा ल्‍याउनेछन्‌।
25 दिनमा त्‍यसका ढोकाहरू कुनै किसिमले बन्‍द हुनेछैनन्, र त्‍यहाँ रात नै हुनेछैन।
26 तिनीहरूले जाति-जातिहरूका वैभव र सम्‍मान त्‍यसभित्र ल्‍याउनेछन्‌।
27 तर थुमाका जीवनको पुस्‍तकमा नाउँ लेखिएकाहरूबाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्‍ने कुनै किसिमले पनि त्‍यसभित्र पस्‍नेछैन।

यहूदा 1 : 3 – 19
3 प्रिय हो, हामी सबै सहभागी भएका उद्धारको विषयमा लेख्‍न म साह्रै उत्‍सुक भएको छु, त्‍यसैले सन्‍तहरूलाई सदाकालको निम्‍ति सुम्‍पिएको विश्‍वास रक्षा गर भन्‍ने निवेदन गर्न तिमीहरूलाई लेख्‍न मैले आवश्‍यक ठाने।
4 किनकि धेरै अघिदेखि नै दण्‍डका भागीदार ठहरिएका कोही-कोही मानिसहरू गुप्‍त रूपले तिमीहरूका माझमा पसिसकेका छन्‌। यिनीहरू ईश्‍वरहीन मानिसहरू हुन्, जसले हाम्रा परमेश्‍वरको अनुग्रहलाई विलासितामा परिणत गरेका छन्, र हाम्रा एकमात्र स्‍वामी र प्रभु, येशू ख्रीष्‍टलाई इन्‍कार गर्छन्‌।
5 तिमीहरूले यी सब कुरा एक पल्‍ट जानेकै थियौ, तापनि अहिले म तिमीहरूलाई याद दिलाउन चाहन्‍छु, कि मिश्रदेशबाट बचाएर ल्‍याइएका मानिसहरूमध्‍ये विश्‍वास नगर्नेहरूलाई परमप्रभुले पछिबाट नष्‍ट पार्नुभयो।
6 आफ्‍नो अधिकारको मर्यादा कायम नराखेर उचित वासस्‍थान त्‍याग्‍ने स्‍वर्गदूतहरूलाई उहाँले पातालको अन्‍धकारमा न्‍यायको त्‍यस ठूलो दिनसम्‍म अनन्‍त बन्‍धनमा राख्‍नुभएको छ,
7 जसरी सदोम र गमोरा र तिनका आसपासका सहरहरू, जुनहरू व्‍यभिचार गरेर अस्‍वाभाविक कामवासनामा फसेका थिए, तिनीहरू अनन्‍त अग्‍निको दण्‍ड भोगेर उदाहरण बनेका छन्‌।
8 त्‍यसै गरी सपना देख्‍ने यी मानिसहरूले आफ्‍ना शरीरलाई अशुद्ध तुल्‍याउँछन्, अधिकार इन्‍कार गर्छन्‌ र स्‍वर्गीय प्राणीहरूको निन्‍दा गर्छन्‌।
9 तर प्रधान दूत मिखाएलले पनि मोशाका लाशको विषयमा दियाबलससँग विवाद गर्दा त्‍यसलाई निन्‍दापूर्ण दोष लाउन साहस नगरी “प्रभुले तँलाई हप्‍काऊन्” भनेथे।
10 तर आफूले नबुझेका कुराहरूको यिनीहरू ठट्टा गर्छन्, र निर्बुद्धि पशुहरूले झैँ प्राकृतिक ज्ञानले जान्‍ने कुराहरूद्वारा नै यिनीहरूको विनाश हुन्‍छ।
11 तिनीहरूलाई धिक्‍कार छ! किनकि तिनीहरू कयिनको चालमा हिँड्‌छन्, लाभको खातिर बालामको भूलमा फस्‍दछन्‌ र कोरहको विद्रोहमा जस्‍तै नष्‍ट हुन्‍छन्‌।
12 तिमीहरूका प्रीतिभोजमा यिनीहरू कलङ्क हुन्‌। किनकि यिनीहरू आफ्‍नै मात्र ख्‍याल राखी धन्‍दै नमानी बेसरी खान्‍छन्‌ र पिउँछन्‌। तिनीहरू बतासले उड़ाइलैजाने पानीविनाको बादलसरह छन्, हिउँदका फलहीन वृक्षजस्‍ता, जो दुई पल्‍ट मरिसकेका र जरैसमेत उखेलिएका हुन्‍छन्‌।
13 तिनीहरू समुद्रका उर्लदा छालहरूजस्‍तै हुन्, जसले तिनीहरूका आफ्‍नै निर्लज्‍जताको फीँज उकेल्‍छन्‌। यी बत्तिएका दिशाहीन ताराहरूजस्‍ता छन्, जसका निम्‍ति पातालको अन्‍धकार अनन्‍तको लागि राखिएको छ।
14 आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो,
15 सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌।”
16 फतफताउनेहरू, असन्‍तोषीहरू, आफ्‍ना कुइच्‍छाअनुसार हिँड्‌नेहरू, घमण्‍डी कुरा बोल्‍नेहरू र लाभको निम्‍ति मानिसहरूको चापलूसी गर्नेहरू यी नै हुन्‌।
17 तर प्रिय हो, तिमीहरूले चाहिँ हाम्रा प्रभु येशू ख्रीष्‍टका प्रेरितहरूले अघिबाटै भनेका कुराहरू सम्‍झ।
18 तिनीहरूले भनेका थिए, “आखिरी समयमा आफ्‍नै भक्तिहीन वासनाको पछि लागेर गिल्‍ला गर्नेहरू हुनेछन्‌।”
19 फूट ल्याउ‍नेहरू, सांसारिक मानिसहरू र पवित्र आत्‍मा नभएका मानिसहरू यिनै हुन्‌।

प्रकाश 2 : 1 – 22
1 एफिससका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा सात वटा तारा आफ्‍नो दाहिने हातमा लिने र सात वटा सुनका सामदानका बीचमा हिँड्‌नेले भन्दछ।
2 तिम्रा कामहरू, तिम्रो परिश्रम र सहनशीलता मलाई थाहा छ, र तिमीले खराब मानिसहरूलाई सहन सक्‍दैनौ तर तिनीहरू जसले प्रेरित हुँ त भन्‍दछन्, तर वास्‍तवमा होइनन्, त्‍यस्‍तालाई जाँचेर झूटा भेटाएका छौ भनी म जान्‍दछु।
3 म जान्‍दछु, तिमीहरूले धैर्यपूर्वक सहेका छौ, र मेरो नाउँको खातिर कष्‍ट भोगेका छौ। अनि तिमीहरू थकित भएका छैनौ।
4 तर तिम्रा विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्‍यागिदिएका छौ।
5 यसकारण कहाँबाट तिमी खसेका छौ, सो सम्‍झ, र पश्‍चात्ताप गर, अनि तिमीले पहिले गरेका काम गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चात्ताप गरेनौ भने, तिम्रो सामदान त्‍यसको ठाउँबाट हटाउनेछु।
6 तर तिमीहरूमा यो कुरा त छ, कि तिमीहरूले मैले जस्‍तै निकोलाइटसहरूका काम घृणा गर्छौ।
7 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ त्‍यसलाई परमेश्‍वरको स्‍वर्गलोकमा भएको जीवनको रूखबाट खान दिनेछु।
8 अनि स्‍मुर्नाका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा आदि र अन्‍त्‍यले भन्‍दछ, जो मरेको थियो, र फेरि जीवित भयो।
9 म तिम्रा कष्‍टहरू र तिम्रो दरिद्रतालाई जान्‍दछु। तर तिमी त धनी नै छौ। म तिनीहरूलाई चिन्‍दछु, जसले आफूलाई यहूदी हौं त भन्‍छन्, तर वास्‍तवमा तिनीहरू होइनन्‌। तिनीहरूले गरेका निन्‍दा म जान्‍दछु। तिनीहरू शैतानको सभाघर हुन्‌।
10 तिमीले भोग्‍नै लागेका कष्‍टहरूसँग नडराओ। हेर, दियाबलसले [1] तिमीहरूमध्‍ये कतिलाई तिमीहरूका जाँचको निम्‍ति कैदमा हाल्‍न आँटेको छ, र तिमीहरूलाई दशै दिन कष्‍ट हुनेछ। तिमी मृत्‍युसम्‍मै विश्‍वासी होओ, र म तिमीलाई जीवनको मुकुट दिनेछु।
11 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई दोस्रो मृत्‍युदेखि केही हानि हुनेछैन।
12 अनि पर्गाममका मण्‍डलीका दूतलाई यो लेख: यी कुरा धारिलो दुईधारे तरवार साथमा हुनेले भन्‍दछ,
13 मलाई थाहा छ, तिमी कहाँ बस्‍छौ, त्‍यहीँ जहाँ शैतानको सिंहासन छ। तरै पनि तिमीहरू मेरो नाउँमा स्‍थिर बस्‍छौ। मेरो विश्‍वासयोग्‍य साक्षी एन्‍टिपासको समयमा पनि ममाथिको आफ्‍नो विश्‍वास तिमीहरूले त्‍यागेनौ। शैतान बस्‍ने ठाउँमा तिमीहरूकै माझमा तिनी मारिए।
14 तर तिमीहरूका विरुद्धमा मसँग केही कुराहरू छन्, किनभने तिमीहरूसँग यस्‍ता कोही-कोही छन्, जसले बालामको शिक्षा मान्‍छन्‌। इस्राएलीहरूका अगाडि ठोकरको कारण बनून्‌ भनी मूर्तिहरूलाई चढ़ाएको भोजन खान र व्‍यभिचार गर्न बालामले बालाकलाई सिकाए।
15 यसरी नै तिमीकहाँ निकोलाइटसहरूका शिक्षा पालन गर्नेहरू पनि कति जना छन्‌।
16 यसकारण पश्‍चात्ताप गर, नत्रता म तिमीकहाँ चाँड़ै आउँछु, र मेरो मुखको तरवारले तिनीहरूसँग लड़ाइँ गर्नेछु।
17 जसको कान छ, त्‍यसले सुनोस्, पवित्र आत्‍माले मण्‍डलीहरूलाई के भन्‍नुहुन्‍छ। जसले जित्‍छ, त्‍यसलाई म गुप्‍त-मन्‍नको केही भाग दिनेछु, र म त्‍यसलाई नयाँ नाउँ लेखिएको एउटा सेतो पत्‍थर दिनेछु, जो पाउनेले बाहेक अरू कसैले जान्‍दैन।
18 अनि थिआटीराको मण्‍डलीका दूतलाई यो लेख: यी कुरा परमेश्‍वरको पुत्रले भन्‍दछ, जसका आँखा आगोका ज्‍वालाजस्‍ता, जसका पाउ टल्‍काइराखेको काँसाजस्‍ता छन्‌।
19 तिम्रा काम, तिम्रो प्रेम, तिम्रो विश्‍वास, तिम्रो सेवा र तिम्रो धैर्यपूर्ण सहनशीलता मलाई थाहा छ। तिम्रा पछिल्‍ला काम अघिल्‍लाभन्‍दा बढ़ी छन्‌।
20 तर तिम्रो विरुद्धमा मैले यो भन्‍नु छ: तिमी ईजेबेल भन्‍ने स्‍त्रीलाई सहन गर्छौ। त्‍यसले आफैलाई अगमवादिनी भन्‍छे, र मेरा सेवकहरूलाई व्‍यभिचार गर्न र मूर्तिहरूलाई चढ़ाइएको भोजन खान सिकाउँछे, र यसरी तिनीहरूलाई बहकाउँछे।
21 मैले त्‍यसलाई पश्‍चात्ताप गर्ने समय दिएँ, तर त्‍यसले आफ्‍नो व्‍यभिचारबाट पश्‍चात्ताप गर्न इन्‍कार गरी।
22 हेर, म त्‍यसलाई रोग-शय्‍यामा फालिदिनेछु, र त्‍यससँग व्‍यभिचार गर्नेहरूले त्‍यसले गरेका कामहरूबाट पश्‍चात्ताप गरेनन्‌ भने म तिनीहरूलाई महासङ्कष्‍टमा फालिदिनेछु।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *