यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू परमेश्वर हुनुहुन्थ्यो
यूहन्ना 10 : 30
30 पिता र म एक हौं।”
१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्ति त एउटै परमेश्वर पिता हुनुहुन्छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्ति हामी जिउँदछौं— हाम्रा निम्ति एउटै प्रभु, येशू ख्रीष्ट हुनुहुन्छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।
यूहन्ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तो थियो।
यूहन्ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।
यूहन्ना 8 : 58
58 येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु।”
यूहन्ना 1 : 2
2 उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो।
यूहन्ना 20 : 28
28 थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!”
यशैया 9 : 6
6 किनभने हाम्रा निम्ति एक जना बालकको जन्म भएको छ। हाम्रा निम्ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ।
यूहन्ना 1 : 1
1 आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो, अनि वचन परमेश्वर हुनुहुन्थ्यो।
यूहन्ना 10 : 30 – 33
30 पिता र म एक हौं।”
31 यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए।
32 येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?”
33 यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।”
हिब्रू 1 : 8
8 तर पुत्रको विषयमा चाहिँ उहाँ भन्नुहुन्छ, “हे परमेश्वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति रहिरहन्छ, र न्यायको राजदण्ड तपाईंका राज्यको राजदण्ड हो।
मर्कूस 12 : 29
29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ।
यूहन्ना 8 : 28
28 यसकारण येशूले भन्नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्दछु भनी जान्नेछौ।
यूहन्ना 8 : 24
24 मैले तिमीहरूलाई भनें, ‘तिमीहरू आफ्ना पापमा मर्नेछौ,’ किनभने म उही हुँ भनेर तिमीहरूले विश्वास गरेनौ भने आफ्ना पापमा मर्नेछौ’।”
फिलिप्पी 2 : 5 – 7
5 तिमीहरूमा यस्तो मन होस्, जो ख्रीष्ट येशूमा पनि थियो।
6 परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तुजस्तो ठान्नुभएन।
7 तर आफैलाई रित्त्याईकन कमाराको रूप धारण गरेर, तथा मनुष्य भएर जन्मनुभयो।
Leave a Reply