येशूको जन्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशूको जन्म

यशैया 9 : 6
6 किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।

मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।
21 तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌:
23 “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे।
25 मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल [1] राखिनेछ।

लूका 2 : 7
7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

लूका 2 : 39
39 जब तिनीहरूले परमप्रभुको व्‍यवस्‍थाअनुसार सबै काम गरी सिद्ध्याए, तब तिनीहरू गालीलको आफ्‍नै सहर नासरतमा फर्के।

मत्ती 2 : 1
1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,

मत्ती 2 : 1 – 12
1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,
2 “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।”
3 जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो।
4 अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे।
5 तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌:
6 ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।”
7 तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए।
8 तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।”
9 तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो।
10 जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए।
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।
12 अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

गलाती 4 : 4 – 5
4 तर समयको पूर्णतामा परमेश्‍वरले आफ्‍ना पुत्रलाई पठाउनुभयो। उहाँ एउटी स्‍त्रीबाट जन्‍मनुभयो, तथा व्‍यवस्‍थाको अधीनमा जन्‍मनुभयो।
5 व्‍यवस्‍थाको अधीनमा रहनेहरूलाई मोल तिरेर छुटाउनलाई उहाँ पठाइनुभयो, ताकि हामी पुत्रको पूरा हक प्राप्‍त गर्न सकौं।

लूका 1 : 26 – 38
26 छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल स्‍वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
27 तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो।
28 स्‍वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्‍छ।”
29 तर तिनी त्‍यस कुराले साह्रै विचलित भइन्, र यो कस्‍तो किसिमको अभिवादन हो भनी मनमा सोच्‍न लागिन्‌।
30 स्‍वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ।
31 अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ।
32 उहाँ महान्‌ हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33 उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्‍य गर्नुहुनेछ, र उहाँको राज्‍यको अन्‍त्‍य हुनेछैन।”
34 मरियमले स्‍वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्‍छ, किनकि म एक कन्‍या हुँ।”
35 स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।
36 हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्‍थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्‌।
37 किनकि परमेश्‍वरको निम्‍ति कुनै कुरा असम्‍भव छैन।”
38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्‌।” तब स्‍वर्गदूत तिनीबाट बिदा भए।

लूका 2 : 21
21 आठौँ दिनमा बालकको खतना हुँदा उहाँको नाउँ येशू राखियो, जुन नाउँ उहाँ गर्भमा आउन अघि स्‍वर्गदूतले दिएका थिए।

लूका 2 : 11
11 आज दाऊदको सहरमा तिमीहरूका निम्‍ति एक जना मुक्तिदाताको जन्‍म भएको छ, जो ख्रीष्‍ट प्रभु हुनुहुन्‍छ।

यूहन्‍ना 8 : 28
28 यसकारण येशूले भन्‍नुभयो, “जब तिमीहरूले मानिसको पुत्रलाई माथि उचाल्‍नेछौ, म उही हुँ भनी तिमीहरूले थाहा पाउनेछौ, र म आफ्‍नै अधिकारमा केही गर्दिनँ, तर पिताले सिकाउनुभएका कुराहरू बोल्‍दछु भनी जान्‍नेछौ।

लूका 1 : 35
35 स्‍वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्‍मा तिमीमा आउनुहुनेछ, र सर्वोच्‍चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

मीका 5 : 2
2 “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।”

१ कोरिन्थी 15 : 22
22 किनकि जसरी आदममा सबै मर्दछन्, त्‍यसै गरी ख्रीष्‍टमा सबै जीवित पारिनेछन्‌।

यूहन्‍ना 3 : 16 – 17
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।
17 किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

मत्ती 2 : 22 – 23
22 तर यहूदियामा आफ्‍ना बुबा हेरोदको ठाउँमा अर्खिलाउसले राज्‍य गरिरहेका छन्‌ भन्‍ने सुनेर तिनी त्‍यता जान डराए, र सपनामा चेताउनी पाएर तिनी गालीलको प्रदेशमा गए।
23 तिनी गएर नासरत भन्‍ने नगरमा बसे। यसरी अगमवक्ताहरूद्वारा बोलिएको वचन पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”

मत्ती 2 : 11
11 अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *