यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशूकी आमा मरियम
लूका 1 : 38
38 अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
यूहन्ना 19 : 25 – 27
25 यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए।
26 जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!”
27 तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो, “हेर, तिम्री आमा!” त्यस बेलादेखि त्यस चेलाले उनलाई आफ्नै घरमा लगे।
यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल [1] राखिनेछ।
प्रकाश 12 : 5
5 त्यस स्त्रीले सारा जातिलाई फलामको डन्डाले शासन गर्ने एउटा छोरो जन्माई। त्यसको बालक परमेश्वरकहाँ उठाइएर उहाँको सिंहासनमा लगियो।
प्रेरित 1 : 14
14 कति जना स्त्रीहरू र येशूकी आमा मरियम अनि उहाँका भाइहरूका साथ यिनीहरू सबै एक मनका भएर निरन्तर प्रार्थना गरिरहन्थे।
मर्कूस 3 : 31 – 35
31 तब उहाँकी आमा र उहाँका भाइहरू त्यहाँ आए, र बाहिरै खड़ा भएर उहाँलाई डाकिपठाए।
32 भीड उहाँको वरिपरि बसिरहेको थियो र तिनीहरूले उहाँलाई भने, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंलाई बाहिर खोज्दैछन्।”
33 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मेरी आमा र मेरा भाइहरू को हुन्?”
34 अनि आफ्नो वरिपरि चारैतिर हेरेर उहाँले भन्नुभयो, “हेर, यी नै हुन् मेरी आमा र मेरा भाइहरू।
35 किनकि जसले परमेश्वरको इच्छा पालन गर्छ त्यो नै मेरो भाइ र मेरी बहिनी र मेरी आमा हुन्।”
उत्पत्ति 3 : 15
15 तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु। त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्।”
यूहन्ना 2 : 1 – 11
1 तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
2 येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए।
3 दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”
4 येशूले तिनलाई भन्नुभयो, “हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्। मेरो समय अझसम्म आएको छैन।”
5 उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्नुभएबमोजिम तिमीहरूले गर।”
6 अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्पाहरू राखिएका थिए।
7 येशूले तिनीहरूलाई भन्नुभयो, “घ्याम्पाहरू पानीले भर।” तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए।
8 उहाँले तिनीहरूलाई भन्नुभयो, “अलिकता उघाएर भोजका मुखियाकहाँ लैजाओ।” तिनीहरूले सो लगे।
9 भोजका मुखियाले त्यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने,
10 “हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ। तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोड़ेछौ।”
11 उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्टको जन्म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्छा नगरी तिनलाई गुप्तमै त्याग्ने इच्छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ।
21 तिनले एउटा पुत्र जन्माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्:
23 “हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्नी पत्नीको रूपमा स्वीकार गरे।
25 मरियमले पुत्र नजन्माउञ्जेल योसेफले तिनीसँग सहवास गरेनन्। योसेफले उहाँको नाउँ येशू राखे।
लूका 1 : 39 – 45
39 ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्,
40 र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्।
41 जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्,
42 र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो।
43 ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्।
44 किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो।
45 तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।”
मत्ती 12 : 46
46 येशू भीड़हरूसँग बोलिरहनुभएको बेला, उहाँका आमा र भाइहरू बाहिर खड़ा थिए, र उहाँसँग कुरा गर्न चाहन्थे।
लूका 1 : 46 – 55
46 अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ,
47 र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ।
48 किनकि उहाँले आफ्नी दासीको दीनतामा कृपा-दृष्टि गर्नुभएको छ, हेर, अब उप्रान्त सबै पुस्ताले मलाई धन्यकी भन्नेछन्।
49 किनभने उहाँ, जो शक्तिशाली हुनुहुन्छ, उहाँले मेरो निम्ति महान् काम गर्नुभएको छ। उहाँको नाउँ पवित्र छ।
50 उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहनेछ।
51 उहाँले आफ्नो बाहुलीको सामर्थ्य प्रकट गर्नुभएको छ। उहाँले मनभित्रको कल्पनामा घमण्ड गर्नेहरूलाई छरपष्ट पार्नुभएको छ।
52 उहाँले शक्तिशालीहरूलाई तिनीहरूका सिंहासनबाट हटाउनुभएको छ, र दीनहरूलाई उचाल्नुभएको छ।
53 भोकाएकाहरूलाई उहाँले असल चीजहरूले तृप्त पार्नुभएको छ, र धनीहरूलाई उहाँले रित्तै हात पठाउनुभएको छ।
54 उहाँले आफ्नो कृपा स्मरण गरेर आफ्नो सेवक इस्राएललाई सहायता दिनुभएको छ,
55 र हाम्रा पुर्खाहरूलाई भन्नुभएझैँ, अब्राहाम र उनको भावी सन्तानलाई सदाकालको निम्ति दया देखाउनुभएको छ।”
Leave a Reply