येशू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू

यूहन्‍ना 11 : 35
35 येशू रुनुभयो।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

यशैया 9 : 6
6 किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

हिब्रू 1 : 3
3 उहाँ नै परमेश्‍वरका महिमाको प्रतिबिम्‍ब र परमेश्‍वरकै स्‍वभावको वास्‍तविक प्रतिरूप हुनुहुन्‍छ, र सम्‍पूर्ण विश्‍वलाई आफ्‍नो शक्तिको वचनले सम्हाल्‍नुहुन्‍छ। पापको शुद्धि गर्नुभएपछि महिमित परमेश्‍वरको दाहिने बाहुलीपट्टि उच्‍च स्‍थानमा उहाँ विराजमान हुनुभयो।

यूहन्‍ना 10 : 11
11 म असल गोठालो हुँ। असल गोठालाले आफ्‍ना भेड़ाहरूका निम्‍ति आफ्‍नो प्राण अर्पण गर्छ।

यूहन्‍ना 6 : 51
51 स्‍वर्गबाट ओर्लिआएको जिउँदो रोटी म नै हुँ। कसैले यो रोटी खायो भने त्‍यो सधैँभरि जिउनेछ। र जुन रोटी म संसारका जीवनको लागि दिनेछु, त्‍योचाहिँ मेरो देह हो।”

प्रेरित 5 : 31
31 परमेश्‍वरले इस्राएलको पश्‍चात्तापको लागि र तिनीहरूका पापहरूको क्षमा दिन उहाँलाई राजा र मुक्तिदाता तुल्‍याईकन आफ्‍नो दाहिने बाहुलीले उच्‍च पार्नुभयो।

प्रकाश 22 : 13
13 म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ।

यूहन्‍ना 5 : 30
30 “म आफै केही गर्न सक्‍दिनँ। जस्‍तो म सुन्‍छु, त्‍यस्‍तै न्‍याय म गर्छु, र मेरो न्‍याय ठीक ठहर्छ, किनकि म आफ्‍नो इच्‍छा खोज्‍दिनँ, तर मलाई पठाउनुहुनेको इच्‍छा खोज्‍दछु।

प्रकाश 17 : 14
14 तिनीहरूले थुमाको विरुद्धमा युद्ध गर्नेछन्, र थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनकि उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्‍छ। उहाँको साथमा हुनेहरूचाहिँ बोलाइएका, चुनिएका र विश्‍वासयोग्‍य हुन्‌।”

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

प्रकाश 5 : 12
12 तिनीहरू चर्को सोरले यसो भनिरहेका थिए, “मारिएका थुमा सामर्थ्‍य, वैभव, बुद्धि, शक्ति सम्‍मान, महिमा, र स्‍तुति ग्रहण गर्ने योग्‍यका हुनुहुन्‍छ।”

हिब्रू 4 : 15
15 किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो।

प्रकाश 1 : 5
5 विश्‍वासयोग्‍य साक्षी येशू ख्रीष्‍टदेखि, मृतकबाट प्रथम जीवित हुनुभएको, तथा पृथ्‍वीका राजाहरूका शासकको तर्फबाट। हामीलाई प्रेम गर्नुहुने र आफ्‍नो रगतले हामीलाई हाम्रा पापबाट स्‍वतन्‍त्र पार्नुहुनेलाई,

हिब्रू 2 : 9
9 तर हामी येशूलाई देख्‍तछौं। उहाँ अलि बेरको निम्‍ति स्‍वर्गदूतहरूभन्‍दा केही तल होच्‍याइनुभयो, मृत्‍युको कष्‍टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्‍वरको अनुग्रहद्वारा हरेक मानिसको निम्‍ति उहाँले मृत्‍युको स्‍वाद चाखून्‌।

यर्मिया 23 : 5
5 परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्नेछन्‌।

मत्ती 4 : 23
23 अनि येशू तिनीहरूका सभाघरहरूमा सिकाउँदै, राज्‍यको सुसमाचार प्रचार गर्दै, र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालीलभरि घुम्‍नुभयो।

हिब्रू 4 : 14
14 आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं।

१ यूहन्‍ना 4 : 10
10 प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *