येशुको जन्म

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशुको जन्म

यशैया 9 : 6
6 किनभने हाम्रा निम्‍ति एक जना बालकको जन्‍म भएको छ। हाम्रा निम्‍ति एक जना छोरो दिइएको छ। शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्‍मका सल्‍लाहकार, शक्तिशाली परमेश्‍वर, अनन्‍तका पिता, शान्‍तिका राजकुमार कहलाइनुहुनेछ।

यूहन्‍ना 3 : 16
16 “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌।

लूका 2 : 7
7 तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

यूहन्‍ना 1 : 14
14 अनि वचन देहधारी हुनुभयो, र अनुग्रह र सत्‍यताले पूर्ण भई हाम्रा बीचमा वास गर्नुभयो। हामीले उहाँको महिमा देख्‍यौं, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्‍तो थियो।

यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल [1] राखिनेछ।

१ कोरिन्थी 8 : 6
6 तर हाम्रा निम्‍ति त एउटै परमेश्‍वर पिता हुनुहुन्‍छ, जसबाट सबै थोक हुन आए, अनि उहाँकै निम्‍ति हामी जिउँदछौं— हाम्रा निम्‍ति एउटै प्रभु, येशू ख्रीष्‍ट हुनुहुन्‍छ, जसद्वारा सबै कुरा हुन आए, र जसद्वारा हामी जिउँदछौं।

यूहन्‍ना 1 : 1
1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।

यूहन्‍ना 1 : 3
3 सबै थोक उहाँद्वारा बनिए, र बनिएको कुनै थोक पनि उहाँविना बनिएन।

मत्ती 1 : 18 – 25
18 येशू ख्रीष्‍टको जन्‍म यस प्रकारले भयो: उहाँकी आमा मरियमको मगनी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्‍माद्वारा गर्भवती भएकी थाहा भयो।
19 तर तिनका पति योसेफ धार्मिक मानिस भएका हुनाले, तिनलाई शर्ममा पार्ने इच्‍छा नगरी तिनलाई गुप्‍तमै त्‍याग्‍ने इच्‍छा गरे।
20 तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, “योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ।
21 तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ।”
22 अगमवक्ताद्वारा परमप्रभुले बोल्‍नुभएको वचन पूरा हुनलाई नै यी सबै भएका हुन्‌:
23 “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”
24 योसेफ निद्राबाट ब्‍यूँझे, र परमप्रभुका दूतले उनलाई भनेबमोजिम उनले मरियमलाई आफ्‍नी पत्‍नीको रूपमा स्‍वीकार गरे।
25 मरियमले पुत्र नजन्‍माउञ्‍जेल योसेफले तिनीसँग सहवास गरेनन्‌। योसेफले उहाँको नाउँ येशू राखे।

मत्ती 2 : 1
1 हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *