येशुआ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशुआ

१ इतिहास 24 : 11
11 नवौँ येशूअको, दशौँ शकन्‍याहको,

एज्रा 2 : 36
36 पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३

नहेम्‍याह 7 : 39
39 पूजाहारीहरू: येशूअको वंशबाट यदायाहका परिवारका ९७३

२ इतिहास 31 : 15
15 दल-दलअनुसार ठूला-साना सङ्गी-पूजाहारीहरूलाई ठीक-ठीक हिस्‍सा बाँड्‌न पूजाहारीहरूका सहरहरूमा अदन, मिन्‍यामीन, येशूअ, शमायाह, अमर्याह र शकन्‍याहले कोरेलाई ईमानदारीसाथ सहायता गरे।

एज्रा 2 : 40
40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४

नहेम्‍याह 7 : 43
43 लेवीहरू: होदबिया र कादमीएलका वंशबाट येशूअका परिवारका ७४

एज्रा 2 : 2
2 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्‍याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्‍शान, मिस्‍पार, बिग्‍वै, रेहूम र बानाहाका साथ आएका थिए। इस्राएलको प्रजाका पुरुषहरूको नामावली:

नहेम्‍याह 7 : 7
7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्‍याह, अजर्याह, राम्‍याह, नहमानी, मोर्दकै, बिल्‍शान, मिसपेरेत, बिग्‍वै, नेहूम र बानाहका साथमा आएका थिए।

नहेम्‍याह 12 : 1
1 शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्किआएका पूजाहारीहरू र लेवीहरू यिनै हुन्‌:

नहेम्‍याह 12 : 10
10 येशूअ योयाकीमका पिता थिए। योयाकीम एल्‍यासीबका पिता थिए। एल्‍यासीब योयादाका पिता थिए।

एज्रा 3 : 2
2 तब परमेश्‍वरका जन मोशाको व्‍यवस्‍थामा तोकिएअनुसार होमबलि चढ़ाउन योसादाकका छोरा येशूअ र तिनका सङ्गी-पूजाहारीहरू अनि शालतिएलका छोरा यरुबाबेल र तिनका सहयोगीहरू इस्राएलका परमेश्‍वरको वेदी निर्माण गर्ने काममा लागे।

एज्रा 3 : 13
13 आनन्‍दले कराएको सोर र रोएको सोर कसैले ठम्‍याउन सकेन, किनभने मानिसहरूले कराएको सोर चर्को थियो। त्‍यो आवाज टाढ़ा-टाढ़ासम्‍म पनि सुनिन्‍थ्‍यो।

एज्रा 4 : 3
3 तर यरुबाबेल, येशूअ, र इस्राएलका बाँकी रहेका परिवारका मुखियाहरूले उनीहरूलाई यसो भने, “यो भवन, जो हामी हाम्रा परमेश्‍वरको निम्‍ति निर्माण गरिरहेका छौं, त्‍यसमा तिमीहरूको केही सम्‍बन्‍ध छैन। फारसका महाराजा कोरेसले हामीलाई आज्ञा गर्नुभएझैँ हाम्रा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति यो भवन हामी मात्र निर्माण गर्नेछौं।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *