यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् युवा पुरुष
प्रस्थान 24 : 5
5 तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए।
१ राजाहरू 12 : 15
15 यसरी राजाले ती मानिसहरूको कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई उहाँले भन्नुभएको वचन पूरा हुनलाई परमप्रभुले यस्तो स्थिति ल्याउनुभएको थियो।
२ इतिहास 10 : 8
8 तर ती धर्म-गुरुहरूले दिएको सल्लाह तिनले इन्कार गरे, र तिनले आफूसित बढ़ेका र तिनले सेवा गर्ने जवान मानिसहरूको सल्लाह लिएर तिनीहरूलाई सोधे,
भजनसंग्रह 119 : 9
9 जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो।
भजनसंग्रह 148 : 13
13 यिनीहरू सबैले परमप्रभुको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र महान् छ, उहाँको महिमा पृथ्वी र आकाशभन्दा पनि उच्च छ।
हितोपदेश 1 : 33
33 तर मैले भनेको कुरा जस-जसले सुन्छन् तिनीहरू सुरक्षामा जिउनेछन्, र हानि-नोक्सानीको डरैविना ढुक्क रहनेछन्।”
हितोपदेश 2 : 22
22 तर दुष्टहरू देशबाट जरैसमेत उखेलिनेछन्, र विश्वासघातीहरू झारझैँ फ्याँकिनेछन्।
हितोपदेश 3 : 35
35 बुद्धिमान्ले इज्जत प्राप्त गर्दछ, तर मूर्खहरूलाई उहाँले लज्जित तुल्याउनुहुनेछ।
हितोपदेश 4 : 27
27 दाहिने देब्रेतिर नलाग्, सबै दुष्ट कुराबाट आफ्ना खुट्टा अलग राख्।
हितोपदेश 5 : 23
23 अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भर्माउनेछ।
हितोपदेश 31 : 3
3 तेरो बल स्त्रीलाई दिएर नसिद्धया, तेरो ताकत त्यस्तालाई नदे जसले राजाहरूको पतन गराउँछन्।
हितोपदेश 6 : 35
35 त्यसले कुनै क्षतिपूर्ति ग्रहण गर्नेछैन, जत्तिसुकै घूसले पनि त्यसलाई मनाउन सकिँदैन।
हितोपदेश 7 : 27
27 त्यसको घर पाताल जाने बाटो हो, जसले मृत्युका कोठाहरूतिर पुर्याउँछ।
हितोपदेश 10 : 1
1 बुद्धिमान् छोराले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर मूर्ख छोराले आफ्नी आमालाई पिरोल्छ।
हितोपदेश 13 : 1
1 बुद्धिमान् छोराले आफ्ना बुबाको अर्तीमा ध्यान दिन्छ, तर खिल्ली उड़ाउनेले हप्की सुन्दैन।
हितोपदेश 15 : 5
5 मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ, तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ।
हितोपदेश 15 : 20
20 बुद्धिमानी छोराले बुबालाई हर्षित तुल्याउँछ, तर मूर्ख मानिसले आफ्नी आमालाई तुच्छ ठान्छ।
हितोपदेश 17 : 2
2 बुद्धिमान् नोकरले अयोग्य छोरामाथि हुकुम चलाउनेछ, र दाजुभाइहरूसरह पैतृक-सम्पत्तिको अंश पाउनेछ।
हितोपदेश 17 : 25
25 मूर्ख छोराले आफ्ना बुबामाथि अफसोस, र त्यसलाई जन्माउनेमाथि तीतोपन ल्याउँछ।
हितोपदेश 19 : 13
13 मूर्ख छोरा त्यसका बुबाको लागि सर्वनाश हो, र मुखाले पत्नी नित्य परिरहने तपतपे झरीजस्तै हो।
हितोपदेश 19 : 27
27 ए मेरो छोरा, अर्ती सुन्न छोडिस् भने, तँ ज्ञानका वचनहरूदेखि बहकिनेछस्।
हितोपदेश 20 : 29
29 जवान मानिसहरूको महिमा तिनीहरूको बल हो, फुलेको केश वृद्धहरूको गौरव हो।
हितोपदेश 23 : 35
35 तैंले भन्नेछस्, “तिनीहरूले मलाई हिर्काउँछन्, तर मलाई चोट लाग्दैन! तिनीहरू मलाई पिट्छन्, तर मलाई थाहै हुँदैन! म कहिले ब्यूझुँला, र म अझ पिउन सक्नेछु?”
हितोपदेश 24 : 34
34 दरिद्रता तँमाथि डाँकूझैँ, र अभावचाहिँ सशस्त्र मानिसझैँ आइलाग्नेछ।
हितोपदेश 27 : 11
11 हे मेरो छोरा, बुद्धिमान् बन्, र मेरो हृदयलाई आनन्दित तुल्या, तब मलाई हेलचेक््रयाइँको व्यवहार गर्ने जोसुकैलाई पनि म जवाफ दिन सक्नेछु।
हितोपदेश 28 : 7
7 व्यवस्था पालन गर्नेचाहिँ विवेकी छोरो हो, तर खन्चुवाको सङ्गत गर्नेले आफ्ना बुबामाथि बेइज्जत ल्याउँछ।
हितोपदेश 29 : 3
3 बुद्धि प्रेम गर्ने मानिसले आफ्ना बुबालाई खुशी तुल्याउँछ, तर वेश्याहरूको सङ्गत गर्नेले आफ्नो सम्पत्ति बेकाममा उड़ाउँछ।
Leave a Reply